पश्चिम एसियामा रहेका नेपालीको सुरक्षामा सरकारको प्राथमिकता, आधिकारिक सूचनामा भर पर्न आग्रह


अ+
अ-

काठमाडौं, चैत ७। पश्चिम एसियामा विकसित भइरहेको परिस्थितिका बीच त्यहाँ रहेका नेपाली नागरिकको सुरक्षा र नेपालीको हितलाई सरकारले उच्च प्राथमिकतामा राखेको जनाएको छ। परराष्ट्र मन्त्रालयले नेपालीहरूलाई सतर्क रहन र आधिकारिक सूचनामा मात्र भर पर्न आग्रह गरेको छ।
मन्त्रालयमा हिजाे आयाेजित पत्रकार सम्मेलनमा प्रवक्ता लाेकबहादुर क्षेत्रीले विदेशमा रहेका नेपालीको अवस्थाबारे सरकार निरन्तर निगरानीमा रहेको र आवश्यक परे थप कदम चालिने बताएका छन्।
त्यसैगरी सहसचिव रामकाजी खड्काले आपतकालीन प्रतिकार्य टोलीकाे तेस्रो बैठकको निर्णय, श्रम स्वीकृति अद्यावधिक, विभिन्न नियोगहरूमा द्रुत प्रतिक्रिया टोली गठन तथा उद्धारका लागि दर्ता भएका नेपालीहरूको अवस्थाबारे जानकारी दिएका थिए।
मन्त्रालयले पश्चिम एसियामा रहेका नेपालीलाई अनावश्यक अफवाहमा नलाग्न, प्रतिबन्धित सामग्री साझा नगर्न तथा सम्बन्धित देश र मन्त्रालयले जारी गरेका निर्देशनहरू पालना गर्न आग्रह गरेको छ।
यसैबीच महानिर्देशक तीर्थराज अर्यालले नयाँ राहदानी प्रणालीबारे जानकारी दिँदै परीक्षण कार्य जारी रहेको र कार्यान्वयनका लागि आवश्यक योजना अघि बढाइएको बताएका छन्।
उक्त विषयमा मन्त्रालयले पत्रकार सम्मेलनमार्फत विस्तृत जानकारी सार्वजनिक गरेको हो।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
NewaTimes

More from NewaTimes

Explore more articles by this author
एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक

एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक

एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक...

मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८  बालबालिकाको उद्धार गरी पुनःस्थापना

मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८ बालबालिकाको उद्धार गरी पुनःस्थापना

मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८ बालबालिकाको उद्धार गरी पुनःस्थापना...

आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, कोशीका केही स्थानमा भारी वर्षा हुन सक्ने

आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, कोशीका केही स्थानमा भारी वर्षा हुन सक्ने

आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, कोशीका केही स्थानमा भारी वर्षा हुन सक्ने...

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय...

इरानविरुद्ध तय गरिएको सैन्य आक्रमण स्थगित

इरानविरुद्ध तय गरिएको सैन्य आक्रमण स्थगित

इरानविरुद्ध तय गरिएको सैन्य आक्रमण स्थगित...

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्