चुनावका लागि मनोनयन दर्ता हुँदै


अ+
अ-

काठमाडौं, माघ, आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत देशका सबै जिल्लामा मनोनयन दर्ता हुन थालेकाे निर्वाचन आयोगले शुक्रबार विशेष सूचनामार्फत मनोनयन दर्ता, समय व्यवस्थापन तथा आचारसंहिता पालनासम्बन्धी व्यवस्था स्पष्ट पारेको हो। कार्यतालिका सार्वजनिक गरिएको छ। मनोनयन दर्ताको पूर्वसन्ध्यामा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले अपिल जारी गर्दै

"लोकतन्त्रको सुन्दर पक्ष भन्नेकै चुन्ने चुनिने अधिकार हो। त्यहाँ मतदाताको स्वतन्त्र इच्छा पनि जाहेर हुन्छ। नागरिकको इच्छालाई कसैले पनि निषेध गर्न सक्दैन।यसमा सबैको भूमिका उत्तिकै महत्त्वपूर्ण रहन्छ।सबै सरोकारवालाले निर्वाचनलाई निष्ठापूर्वक सम्पन्न गर्ने प्रयोजनलाई सहयोग गर्नुहुन्छ भन्ने आयोगले विश्वास गर्छ" भनेका छन्

मनोनयन पत्र दाखिल गर्नुपर्ने उम्मेदवार मनोनयनस्थल पुग्नसक्नुभएन भने आफ्नो वारेसमार्फत मनोनयन दाखिला गर्ने कानुनले व्यवस्था दिएकाे छ। आयाेगले विभिन्न निर्देशिकामार्फत यसको जानकारी गराएकाे छ।

उम्मेदवारी कायम गर्न जाँदा बाजागाजा लगायतका तडकभडक कानुनले पूर्णरुपमा निषेध गरेको छ। आचारसंहिताले निषेध गरेको छ।

सूचनाअनुसार मनोनयन दर्ताको दिन बिहान १० बजेदेखि बेलुका बजेसम्म विभिन्न राजनीतिक दलका उम्मेदवारहरूले तोकिएको समयअनुसार मनोनयन दर्ता गर्नेछन्। मनोनयन प्रक्रियालाई व्यवस्थित बनाउन दलअनुसार फरकफरक समय निर्धारण गरिएको छ।

निर्वाचन आयोगले मनोनयन दर्ताको क्रममा निर्वाचन आचारसंहिता २०८२ को पूर्ण पालना गर्न सबै दल तथा उम्मेदवारलाई निर्देशन दिएको छ। मनोनयन दर्ताको दिन निर्वाचन अधिकृतको कार्यालय वरपर सवारी साधनको चाप व्यवस्थापन गर्न अनावश्यक सवारी साधन प्रवेशमा रोक लगाइने आवश्यक सवारी साधन अन्यत्र पार्किङ गर्नुपर्ने व्यवस्था गरिएको छ।

त्यसैगरी, मनोनयन दर्ताका क्रममा भीडभाड कम गर्न प्रत्येक उम्मेदवारको प्रस्तावकसमर्थकसहित पाँच जनाभन्दा बढी व्यक्ति निर्वाचन अधिकृतको कार्यालयमा प्रवेश गर्न नपाउने स्पष्ट गरिएको छ।

निर्वाचन आयोगले तोकिएको समय, अनुशासन आचारसंहिता पालना गरी मनोनयन दर्ता प्रक्रियालाई शान्तिपूर्ण व्यवस्थित बनाउन सबै राजनीतिक दल तथा उम्मेदवारसँग सहयोगको अपेक्षा गरेको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
NewaTimes

More from NewaTimes

Explore more articles by this author
कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प

कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प

कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प...

पर्यटन विधेयकमा नियमनभन्दा प्रवर्द्धन र सहजीकरणमा जोड दिनुपर्छ : सभापति उदास

पर्यटन विधेयकमा नियमनभन्दा प्रवर्द्धन र सहजीकरणमा जोड दिनुपर्छ : सभापति उदास

पर्यटन विधेयकमा नियमनभन्दा प्रवर्द्धन र सहजीकरणमा जोड दिनुपर्छ : सभापति उदास...

नेपाल–चीन सम्बन्ध थप सुदृढ बनाउनेमा प्रधानमन्त्री शाहको जोड

नेपाल–चीन सम्बन्ध थप सुदृढ बनाउनेमा प्रधानमन्त्री शाहको जोड

नेपाल–चीन सम्बन्ध थप सुदृढ बनाउनेमा प्रधानमन्त्री शाहको जोड...

भारतसँगको सम्बन्ध थप सुदृढ बनाउने प्रधानमन्त्री शाहको जोड

भारतसँगको सम्बन्ध थप सुदृढ बनाउने प्रधानमन्त्री शाहको जोड

भारतसँगको सम्बन्ध थप सुदृढ बनाउने प्रधानमन्त्री शाहको जोड...

लुटपाटमा संलग्न चार जना पक्राउ

लुटपाटमा संलग्न चार जना पक्राउ

लुटपाटमा संलग्न चार जना पक्राउ...

विपद्का जोखिम पहिचान तथा बहु–जोखिम अध्ययन आवश्यक : डा. उप्रेती

विपद्का जोखिम पहिचान तथा बहु–जोखिम अध्ययन आवश्यक : डा. उप्रेती

विपद्का जोखिम पहिचान गरी बहु–जोखिम अध्ययन आवश्यक : डा. उप्रेती...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्