प्रतिनिधिसभा सदस्य निर्वाचनः निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ५१ लाई स्पष्टीकरण, ३० जवाफ प्राप्त


अ+
अ-

काठमाडौं, माघ २९ । केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म प्राप्त ५१ उजुरी भएकोमा सम्बन्धित राजनीतिक दल तथा उम्मेदवारलाई स्पष्टीकरण सोधिएकोमा ३० वटाको जवाफ प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भनी उजुरी परेका राजनीतिक दल, उम्मेद्वार, सरकारी एवं गैरसरकारी संस्था, सञ्चारमाध्यम र पत्रकारलाई पनि स्पष्टीकरण सोधेको हो । दर्ता भएका सञ्चारमाध्यम र त्यहाँ आबद्ध पत्रकारलाई भने प्रेस काउन्सिल नेपालमार्फत् स्पष्टीकरणलगायत कारबाहीका लागि लेखी पठाइएको आयोगका कानुन अधिकृत मोहनराज जोशीले बताएका छन् ।

आयोगकाअनुसार जिल्लास्तरमा निर्वाचन आचारसंहिना उल्लङ्घनविरुद्धका उजुरी प्राप्त भई आवश्यक कारबाही भइरहेको छ । निर्वाचन आचारसंहिताको प्रभावकारी परिपालना गराई उल्लङ्घनका घटनालाई न्यूनीकरण गर्न आयोगले प्राप्त उजुरीमा आवश्यक जाँचबुझ र कारवाहीको प्रक्रिया अघि बढाइरहेको छ । आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि केन्द्रीय आचारसंहिता अनुगमन समिति, जिल्ला आचारसंहिता अनुगमन समिति, जिल्ला आचारसंहिता अनुमगन अधिकृत तथा सम्बन्धित निर्वाचन कार्यालय क्रियाशील रहेको आयोगका कानुन अधिकृत मोहनराज जोशीले बताए ।

जिल्लास्तरमा आचारसंहिता अनुमगनलाई प्रभावकारी बनाई कार्यान्वयन सुनिश्चितताका लागि निर्वाचन आचारसंहिता, २०८२ को दफा ३२ बमोजिम ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीलाई आर्थिक बाहेकका अन्य विषयमा र प्रमुख कोष नियन्त्रकलाई आर्थिक विषयमा अनुगमन गर्न आचारसंहिता अनुगमन अधिकृत तोकिएको छ । 
छोटो समयमै सबै जिल्लामा सरोकारवालालाई आचारसंहिताबारे जानकारी गराउने र आचारसंहिता पालना गर्ने प्रतिवद्धता गराउने कार्य प्रभावकारी रूपमा भइरहेको आयोगले जनाएको छ । जिल्लास्तरमा आएका उजुरीका सम्बन्धमा जिल्लाबाटै स्पष्टीकरण सोधी जवाफ माग गरेर दोषी देखिएकालाई कानुनी कारवाहीको प्रक्रिया अघि बढाइएको पनि जनाइएको छ ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
NewaTimes

More from NewaTimes

Explore more articles by this author
रसुवा बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ जना अझै सम्पर्कविहीन

रसुवा बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ जना अझै सम्पर्कविहीन

रसुवा बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ जना अझै सम्पर्कविहीन...

भोटेकोशी बाढीबारे एडीपीसीको पहिलो विस्तृत स्थलगत मूल्याङ्कन प्रतिवेदन सार्वजनिक

भोटेकोशी बाढीबारे एडीपीसीको पहिलो विस्तृत स्थलगत मूल्याङ्कन प्रतिवेदन सार्वजनिक

भोटेकोशी बाढीबारे एडीपीसीको पहिलो विस्तृत स्थलगत मूल्याङ्कन प्रतिवेदन सार्वजनिक...

रसुवासहित पाँच जिल्लाका १५ स्थानीय तह विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा

रसुवासहित पाँच जिल्लाका १५ स्थानीय तह विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा

रसुवासहित पाँच जिल्लाका १५ स्थानीय तह विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा...

रसुवा बाढी : १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

रसुवा बाढी : १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

रसुवा बाढी : १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार...

रसुवा बाढी : ५३८ शव फेला, ९७७ जना अझै सम्पर्कविहीन

रसुवा बाढी : ५३८ शव फेला, ९७७ जना अझै सम्पर्कविहीन

रसुवा बाढी : ५३८ शव फेला, ९७७ जना अझै सम्पर्कविहीन...

भोटेकोशीमा पुनः लेदोसहित पानीको बहाव बढ्यो, उच्च सतर्कता अपनाउन आग्रह

भोटेकोशीमा पुनः लेदोसहित पानीको बहाव बढ्यो, उच्च सतर्कता अपनाउन आग्रह

भोटेकोशीमा पुनः लेदोसहित पानीको बहाव बढ्यो, उच्च सतर्कता अपनाउन आग्रह...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्