११ भदौ २०८३, शुक्रबार

काठमाडौंका १० वटा वडाका ५०९ वटा स्थानको मौलिक नाम यकिन : ८ वटा वडामा अध्ययन थालिँदै


अ+
अ-

काठमाडौँ, फागुन १० काठमाडौँ महानगरपालिका १० वडाभित्रका ५०९ वटा स्थानका प्राचीन मौलिक नाम निश्चित भएकाे काठमाडौं महानगरपालिकाले जनाएको छ।

 सम्पदा तथा पर्यटन विभागले एकीकृत सहरी विकास केन्द्रसँगको सहकार्यमा यसअघि चरणमा गरेको अध्ययनबाट ४३० वटा मूल नाम ७९ वटा सहायक नाम एकिन गरेको हो तेस्रो चरणमा थप वटा वडाहरुको मौलिक प्राचीन नाम अध्ययन गर्ने सम्झौता अवसरमा यस सम्बन्धी जानकारी दिइएको हो

 तेस्रो चरणको अध्ययनका लागि कार्यवाहक प्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतको रोहबरमा सम्पदा तथा पर्यटन विभागका प्रमुख कुमारी राई एकीकृत सहरी विकास केन्द्रका कार्यकारी निर्देशन रिजा जोशीले हस्ताक्षर गरेका थिए यस चरणमा वडा नं. १२, १३, १५, २१, २२, २३, २७ २८ का वस्ती तथा स्थानहरुको मौलिक नामको अध्ययन गरिनेछ

 सम्झौता अवसरमा कार्यवाहक प्रमुख डंगोलले, नाम केवल बोलाउनका लागि प्रयोग गरिने शव्द मात्र नभएको उल्लेख गर्दै भनिन्, ‘हरेक नामको पछाडि केही केही तथ्य हुन्छ इतिहास, संस्कृति, सभ्यता तथा समाजको कथा हुन्छ यसकारण नाम राख्ने प्रचलनमा ल्याउने कामलाई हलुका रुपमा लिन हुँदैन नाम सम्बन्धी परिचय पाटी राख्ने विषय उठाउँदै कार्यवाहक प्रमुख डंगोलले भनिन् , ‘परिचय पाटी राख्दा दृश्य प्रदुषण हुने गरी नराख्नुहोला सकेसम्म पहिलेकै ठाउँमा राख्नुहोला नत्र भए हेर्दा आँखा नविझाउने, अरुलाई असर नपार्ने ठाउँमा राख्नुहोला

 पहिलो चरण दोस्रो चरणमा भएका काममध्ये पहिचान भएका ठाउँमा परिचय पाटी राख्ने काम तत्काल सक्नु पर्नेमा जोड दिँदै सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतले भने, ‘नाम लेख्दा एउटै शव्दको प्रयोग गर्नुहोला उहाँले प्रतिनिधि घटना सुनाउँदै भन्नुभयो, ‘इन्द्रचोकमा राखिएको बोर्डमा इन्द्रचोक पनि राखियो वंघ पनि राखियो यसरी नाम राख्दा हामीले फिर्ता गर्न खोजेको इतिहास स्थापित गर्न कठिन हुन्छ त्यसैले, प्राचीन मौलिक नाम नै परिचय पाटीमा राख्नुपर्छ अध्ययन गर्दा प्राप्त भएका कथ्य तथ्यलाई लिखित प्रमाणमा आधारित बनाउन प्रयत्न गर्नु पर्ने, नामलाई स्थानीयले अपनत्व ग्रहण गर्न सक्ने हुनुपर्नेमा संगतको जोड थियो

 विभागका प्रमुख राईका अनुसार यसअघि पहिलो चरणमा वडा नं. , , , १८, २४ को दोस्रो चरणमा वडा नं. , १७, १९, २०, २५ मा अध्ययन भइसकेको अध्ययनका क्रममा वडाभित्र भएका धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्वमा आधारित स्थान तथा वस्तीहरुको मौलिक एवं प्राचीन नामांकरण सम्बन्धी अध्ययन तथा अभिलेखीकरण भएको हो

 अध्ययनका क्रममा धार्मिक, सांस्कृतिक ऐतिहासिक महत्व भएका टोल, बस्ती, मठ, मन्दिर, वहाल, वही, धारा, सत्तल, पाटीहरुको अध्ययनबाट प्राचीन नाम पत्ता लगाइन्छ यसरी पाइएका नामहरुलाई स्थानीयबासी, समुदाय, संस्कृतिविद, पुरातत्वविद, भाषाविद् तथा इतिहासविदहरुसँग नाम पुष्टि गराइन्छ

वडा नं. हाँडीगाउँका नामले परिचित यस ठाउँको प्राचीन नाम नरः हो यस क्षेत्रभित्रका विभिन्न ५२ वटा ठाउँको मौलिक नाम भेटिएको वडा नं. बौद्धको प्राचीन नाम खस्योरः/खास्ती हो यस क्षेत्रभित्रका ५० वटा प्राचीन नाम भेटिएका छन् वडा नं. चाबहिलको प्राचीन नाम चावहीः हो यस क्षेत्रमा ७१ वटा ठाउँको प्राचीन नाम पाइएको वडा नं. १८ नरदेवीको प्राचीन नाम ङेतः हो यस क्षेत्रभित्रका ३६ वटा ठाउँको मौलिक नाम पाइएको वडा नं. २४ मखनका नामले परिचित ठाउँको प्राचीन नाम मखं हो यस क्षेत्रका ४९ वटा मौलिक नाम पाइएका छन ०८० साल जेठ १८ गतेदेखि मंसिर मसान्तसम्म पहिलो चरणमा यी वडाहरुको अध्ययन भएको थियो

 २०८१ बैशाख गतेदेखि असोज मसान्तसम्म दोस्रो चरणको अध्ययन भयो यस चरणमा अध्ययन गरिएको वडा नं. जयबागेश्वरीको प्राचीन नाम पनि जयवागेश्वरी नै हो महालक्ष्मी, महाकाली महासरस्वतीका शक्ति मिलेर उत्पत्ति भएकी जयवागेश्वरी तान्त्रिक देवी हुन् यस वडामा मूल १८ वटा सहायक ४४ वटा गरी ६२ वटा ठाउँको मौलिक नाम पाइएको

 वडा नं. १७ धोवी चौरको प्राचीन नाम येँपिख्यः हो यस वडाभित्रका २३ वटा ठाउँको मौलिक नाम पाइएको वडा नं. १९ दमाइटोलका नामले परिचित यस क्षेत्रको प्राचीन नाम दमै टोल हो यस वडाभित्र मुल ३८ तथा सहायक वटा गरी ४७ वटा वटा स्थान प्राचीन नामका पाइएका छन् वडा नं. २० क्षेत्र भीमसेन स्थान हो यस क्षेत्रको प्राचीन नाम तव हो यस वडाभित्र ४९ वटा ठाउँको मौलिक नाम पाइएको वडा नं. २५ मासंगल्ली कोे नाम मसां गल्ली हो अध्ययनका क्रममा यस वडाभित्र मुल ४७ तथा सहायक २६ वटा गरी ७३ वटा वटा ठाउँको मौलिक नाम पाइएको काठमाडौं महानगरपालिकाले जनाएको

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
भोटेकोशीमा पुनः लेदोसहित पानीको बहाव बढ्यो, उच्च सतर्कता अपनाउन आग्रह

भोटेकोशीमा पुनः लेदोसहित पानीको बहाव बढ्यो, उच्च सतर्कता अपनाउन आग्रह

भोटेकोशीमा पुनः लेदोसहित पानीको बहाव बढ्यो, उच्च सतर्कता अपनाउन आग्रह...

रसुवा बाढी : जलविद्युत् आयोजनाको सुरुङबाट दुई जनाको सकुशल उद्धार

रसुवा बाढी : जलविद्युत् आयोजनाको सुरुङबाट दुई जनाको सकुशल उद्धार

रसुवामा बाढी : जलविद्युत् आयोजनाको सुरुङबाट दुई जनाको सकुशल उद्धार...

रसुवाको भोटेकोशी बाढी : ९७७ जना सम्पर्कविहीन, ४६९ शव फेला

रसुवाको भोटेकोशी बाढी : ९७७ जना सम्पर्कविहीन, ४६९ शव फेला

रसुवाको भोटेकोशी बाढी : ९७७ जना सम्पर्कविहीन, ४६९ शव फेला...

रसुवा सीमाक्षेत्र नजिकै ठूलो ताल बन्यो, तीन दिनभित्र फुट्न सक्ने चीनको चेतावनी

रसुवा सीमाक्षेत्र नजिकै ठूलो ताल बन्यो, तीन दिनभित्र फुट्न सक्ने चीनको चेतावनी

रसुवा सीमाक्षेत्र नजिकै ठूलो ताल बन्यो, तीन दिनभित्र फुट्न सक्ने चीनको चेतावनी...

रसुवामा ३३६ जनाको हवाई उद्धार, ४५ विदेशी नागरिक

रसुवामा ३३६ जनाको हवाई उद्धार, ४५ विदेशी नागरिक

रसुवामा ३३६ जनाको हवाई उद्धार, ४५ विदेशी नागरिक...

बाढी प्रभावितलाई डब्लुएचओको स्वास्थ्य सामग्री सहयोग

बाढी प्रभावितलाई डब्लुएचओको स्वास्थ्य सामग्री सहयोग

बाढी प्रभावितलाई डब्लुएचओको स्वास्थ्य सामग्री सहयोग...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्