१ श्रावण २०८३, शुक्रबार

एसिया–प्रशान्त सांस्कृतिक सम्पदा संरक्षण पुरस्कार नेपाललाई


अ+
अ-

काठमाडौं, फागुन ललितपुरको जेष्ठ वर्ण महाविहारलाई मुस्ताङको लोवो न्यीफुग मठलाईअवार्ड अफ मेरिट एसियाप्रशान्त सांस्कृतिक सम्पदा संरक्षण पुरस्कारले विजेताको घोषणा गरेक ाे

युनेस्को क्षेत्रीय कार्यालय बैंककले सन् २०२५ का लागि प्रदान गरिने एसियाप्रशान्त सांस्कृतिक सम्पदा संरक्षण पुरस्कार विजेताको घोषणा नेपालका उल्लेखित सम्पदाहरूलाई गरिएकाे युनेस्को नेपालले आज जारी गरेकाे विज्ञप्तिमा जनाएकाे सन् २०२५ को अवार्ड अन्तर्गत चीन, भारत, जापान, मलेसिया, नेपाल भानुआतुका १० उत्कृष्ट परियोजना छनोट भएका छन्।

यस वर्ष नेपालका दुई परियोजनालेअवार्ड अफ मेरिट प्राप्त गर्दै अन्तर्राष्ट्रिय स्तरमा प्रतिष्ठा हासिल गरेका छन्।

ललितपुरको जेष्ठ वर्ण महाविहारलाईअवार्ड अफ मेरिट

जेष्ठ वर्ण महाविहार संरक्षण परियोजनालेअवार्ड अफ मेरिट प्राप्त गरेको छ। १७औँ शताब्दीको मध्यतिर स्थापना भएको यो महाविहार नेपालका नेवार बौद्ध समुदायका लागि गहिरो धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको स्थल हो।

निर्णायक मण्डलका अनुसार भूकम्पअघिदेखि नै संरचना गम्भीर जीर्ण अवस्थामा रहेको थियो। संरक्षण कार्यलाई अभिलेखीय अनुसन्धान, संरचनात्मक मर्मत, पुरातात्त्विक प्रभाव मूल्याङ्कन तथा विस्तृत संरक्षण योजना तयारीजस्ता समग्र दृष्टिकोणका साथ अघि बढाइएको थियो। यसले दीर्घकालीन उपयोगिता संरचनाको सहनशीलता सुदृढ गर्न सहयोग पुर्याएको उल्लेख गरिएको छ।

परियोजनाको विशेष पक्ष भनेकोजीवित सम्पदा को रूपमा महाविहारको मौलिकता जोगाइनु हो। संरक्षणका क्रममा दैनिक पूजाआजा अवरुद्ध नभई निरन्तर सञ्चालन गरिनु, केन्द्रीय पवित्र संरचनाहरू सुरक्षित राखिनु तथा नियमित मर्मतसम्भारको व्यवस्था मिलाइनुले यसलाई समुदायको आस्थाको केन्द्रका रूपमा निरन्तरता दिएको निर्णायकहरूको टिप्पणी छ।

मुस्ताङको लोवो न्यीफुग मठलाईअवार्ड अफ मेरिट तथा दिगो विकास विशेष मान्यता

 Lowo Nyiphug Namrol Norbuling Monastery संरक्षण परियोजनालेअवार्ड अफ मेरिट सँगै दिगो विकासका लागि विशेष मान्यतापनि प्राप्त गरेको छ।

करिब ५०० वर्ष पुरानो यो मठ तिब्बती पठार क्षेत्रमा पाइने माटोआधारित वास्तुकलाको उत्कृष्ट उदाहरण हो, जसलाई जलवायु परिवर्तनबाट उत्पन्न वर्षा प्राकृतिक प्रभावले जोखिममा पार्दै आएको छ। बासिन्दा भिक्षुहरूले निर्माण विस्तार गर्दै ल्याएको यस परिसरले तिब्बती बौद्ध विहार वास्तुकला मुस्ताङ उपत्यकाको पुरानो गुफाआवास परम्पराको अद्वितीय समिश्रण प्रस्तुत गर्छ।

 निर्णायक मण्डलले विशेष गरी स्थानीय मठ समुदायका अभ्यासकर्तानिर्माताहरूको सक्रिय संलग्नतालाई प्रशंसा गरेको छ। उनीहरूको प्राविधिक दक्षता परम्परागत निर्माण ज्ञानलाई संरक्षण प्रक्रियाको केन्द्रमा राखिएको थियो। भूकम्पपछिको चुनौतीपूर्ण सन्दर्भमा कार्यान्वयन गरिएको यस परियोजनाले आधुनिक भूकम्पप्रतिरोधी प्रविधिलाई आध्यात्मिक महत्त्वप्रति सम्मानजनक ढाँचाभित्र समेट्दै दिगोपनलाई प्राथमिकता दिएको छ।

 परियोजनाले दीर्घकालीन सहनशीलता अभिवृद्धि गर्न नियमित मर्मत प्रणाली सुदृढ गर्नुका साथै स्थानीय समुदायलाई संरक्षकको भूमिकामा निरन्तर सक्षम बनाउने व्यवस्था गरेको छ।

 क्षेत्रीय स्तरमा नेपालका लागि गौरव

 सन् २०२५ को एसियाप्रशान्त सम्पदा पुरस्कारले सांस्कृतिक सम्पदाको संरक्षणमा उत्कृष्ट अभ्यास नवप्रवर्तनलाई प्रोत्साहन गर्ने लक्ष्य राखेको छ। नेपालका यी दुई परियोजनाले भूकम्पपछिको पुनर्निर्माण, परम्परागत ज्ञानको संरक्षण तथा दिगो विकासलाई समेट्दै अन्तर्राष्ट्रिय मञ्चमा देशको सांस्कृतिक सम्पदाको महत्त्व उजागर गरेका छन्।

 यस उपलब्धिलाई नेपालको सांस्कृतिक सम्पदा संरक्षण क्षेत्रका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
अष्टलक्ष्मी शाक्यलाई हृदयघात, अहिले अवस्था सामान्य

अष्टलक्ष्मी शाक्यलाई हृदयघात, अहिले अवस्था सामान्य

अष्टलक्ष्मी शाक्यलाई हृदयघात, अहिले अवस्था सामान्य...

२७ लाख पुराना चालक अनुमति पत्र छपाइ सम्पन्न

२७ लाख पुराना चालक अनुमति पत्र छपाइ सम्पन्न

२७ लाख पुराना चालक अनुमति पत्र छपाइ सम्पन्न...

एक सातासम्म देशभर मनसुनी वर्षा सक्रिय रहने, भारी वर्षाको जोखिम बढ्ने

एक सातासम्म देशभर मनसुनी वर्षा सक्रिय रहने, भारी वर्षाको जोखिम बढ्ने

एक सातासम्म देशभर मनसुनी वर्षा सक्रिय रहने, भारी वर्षाको जोखिम बढ्ने...

सबै भूमिहीन र आवासविहीन परिवारलाई  एकीकृत प्रक्रियाबाट आवास अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड

सबै भूमिहीन र आवासविहीन परिवारलाई एकीकृत प्रक्रियाबाट आवास अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड

सबै भूमिहीन र आवासविहीन परिवारलाई एकीकृत प्रक्रियाबाट आवास अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड...

अमेरिका पुर्‍याइएका तलेजु भवानीका ऐतिहासिक गहना फिर्ता गराउन कार्यवाहक राजदूतमार्फत सहयोगको अपिल

अमेरिका पुर्‍याइएका तलेजु भवानीका ऐतिहासिक गहना फिर्ता गराउन कार्यवाहक राजदूतमार्फत सहयोगको अपिल

अमेरिका पुर्‍याइएका तलेजु भवानीका ऐतिहासिक गहना फिर्ता गराउन कार्यवाहक राजदूतमार्फत सहयोगको अपिल...

अविरल वर्षाले सप्तरीमा लगाइएको धानखेतीमा क्षति

अविरल वर्षाले सप्तरीमा लगाइएको धानखेतीमा क्षति

अविरल वर्षाले सप्तरीमा लगाइएको धानखेतीमा क्षति...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्