१ श्रावण २०८३, शुक्रबार

तिलौराकोटमा दुर्लभ ‘एप्सिडल’ बौद्ध स्तूप फेला परेपछि बेलायती दूतावासद्वारा बधाई


अ+
अ-

काठमाडौं, फागुन ६ । नेपालस्थित बेलायती दूतावासले तिलौराकोट (कपिलवस्तु)मा दुर्लभ संरचनासहितको ‘एप्सिडल’ बौद्ध स्तूप फेला परेको उपलब्धिमा नेपाल सरकारअन्तर्गतको पुरातत्व विभाग, लुम्बिनी विकास कोष र बेलायतको दूर्ह्याम युनिभर्सिटीलाई बधाई दिएको छ।

दूतावासले यस खोजलाई “असाधारण उपलब्धि” भन्दै शैक्षिक सहकार्यको उत्कृष्ट उदाहरणका रूपमा व्याख्या गरेको छ। उक्त अनुसन्धान तथा उत्खनन कार्य बेलायतको ‘कल्चरल प्रोटेक्सन फन्ड’ (ब्रिटिश काउन्सिलमार्फत) को सहयोगमा सञ्चालन गरिएको हो। दूतावासका अनुसार नेपालले मानवजातिका लागि संरक्षण गर्दै आएको सांस्कृतिक सम्पदाको मानचित्रणमा यस सहकार्यले महत्वपूर्ण योगदान पुर्‍याएको छ।

‘एप्सिडल’ स्तूप के हो ?

अनुसन्धान टोलीका अनुसार ‘एप्सिडल’ भन्नाले पछाडिको भित्तो घुमाउरो ९अगचखभम भलम धबिि० भएको संरचना बुझिन्छ, जसले धार्मिक अनुष्ठानका लागि केन्द्रित ध्यान–आकर्षण सिर्जना गर्छ। यस्तो बनोट बौद्ध वास्तुकलामा अत्यन्तै दुर्लभ मानिन्छ। तिलौराकोट–कपिलवस्तुमा फेला परेको स्तूपको स्थान र संरचनात्मक विन्यास दुबै असाधारण रहेको जनाइएको छ।

तिलौराकोट (कपिलवस्तु) बुद्धकालीन इतिहाससँग जोडिएको महत्वपूर्ण स्थल मानिन्छ। यहाँ भेटिएको एप्सिडल स्तूपले प्रारम्भिक बौद्ध वास्तुकला र धार्मिक अभ्यासबारे नयाँ तथ्य उजागर गर्ने अपेक्षा गरिएको छ। यसले क्षेत्रको पुरातात्विक महत्व थप मजबुत बनाउनुका साथै विश्व सम्पदा संरक्षणका प्रयासलाई पनि सुदृढ गर्ने विश्वास व्यक्त गरिएको छ।

बेलायती दूतावासले नेपालका पुरातात्विक सम्पदाको संरक्षण र अनुसन्धानमा अन्तर्राष्ट्रिय सहकार्य निरन्तर रहने जनाएको छ। विशेषज्ञहरूले भने यस खोजले बौद्ध अध्ययन, प्राचीन वास्तुकला र सांस्कृतिक सम्पदा अनुसन्धानमा नयाँ आयाम थप्ने बताएको छ ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
अष्टलक्ष्मी शाक्यलाई हृदयघात, अहिले अवस्था सामान्य

अष्टलक्ष्मी शाक्यलाई हृदयघात, अहिले अवस्था सामान्य

अष्टलक्ष्मी शाक्यलाई हृदयघात, अहिले अवस्था सामान्य...

२७ लाख पुराना चालक अनुमति पत्र छपाइ सम्पन्न

२७ लाख पुराना चालक अनुमति पत्र छपाइ सम्पन्न

२७ लाख पुराना चालक अनुमति पत्र छपाइ सम्पन्न...

एक सातासम्म देशभर मनसुनी वर्षा सक्रिय रहने, भारी वर्षाको जोखिम बढ्ने

एक सातासम्म देशभर मनसुनी वर्षा सक्रिय रहने, भारी वर्षाको जोखिम बढ्ने

एक सातासम्म देशभर मनसुनी वर्षा सक्रिय रहने, भारी वर्षाको जोखिम बढ्ने...

सबै भूमिहीन र आवासविहीन परिवारलाई  एकीकृत प्रक्रियाबाट आवास अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड

सबै भूमिहीन र आवासविहीन परिवारलाई एकीकृत प्रक्रियाबाट आवास अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड

सबै भूमिहीन र आवासविहीन परिवारलाई एकीकृत प्रक्रियाबाट आवास अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड...

अमेरिका पुर्‍याइएका तलेजु भवानीका ऐतिहासिक गहना फिर्ता गराउन कार्यवाहक राजदूतमार्फत सहयोगको अपिल

अमेरिका पुर्‍याइएका तलेजु भवानीका ऐतिहासिक गहना फिर्ता गराउन कार्यवाहक राजदूतमार्फत सहयोगको अपिल

अमेरिका पुर्‍याइएका तलेजु भवानीका ऐतिहासिक गहना फिर्ता गराउन कार्यवाहक राजदूतमार्फत सहयोगको अपिल...

अविरल वर्षाले सप्तरीमा लगाइएको धानखेतीमा क्षति

अविरल वर्षाले सप्तरीमा लगाइएको धानखेतीमा क्षति

अविरल वर्षाले सप्तरीमा लगाइएको धानखेतीमा क्षति...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्