१२ भदौ २०८३, शनिबार

काठमाडौं महानगरपालिकामा पहिलो पटक शिवरात्रीका लागि समन्वय बैठक


अ+
अ-

काठमाडौँ, माघ २९ काठमाडौँ महानगरपालिकाले शिवरात्री पर्वलाई सुरक्षित व्यवस्थित बनाउन साझेदार कार्यालयका  प्रमुख तथा अधिकारीहरु बोलाएर समन्वय बैठक आयोजना गरेको शिवरात्री पर्व लक्षित यसप्रकारको समन्वय बैठक महानगरपालिकाले पहिलो पटक डाकेको जनाएको

आज महानगरपालिकामा आयोजित बैठकको अध्यक्षता गर्दै कार्यवाहक प्रमुख सुनिता डंगोलले भनिन्, ‘हरेक उत्सवपछिको समीक्षामा यसो गर्न पाएको भए हुन्थ्यो भन्ने गरिन्छ यसपटक त्यस्तो गुनासो गर्नु नपरोस् भनेर समन्वय बैठक गरिएको हो

बैठकमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ, सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत, वातावरण समितिका संयोजक बालकृष्ण महर्जन, काठमाडौँ जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी ओम भट्टराई, उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक बाल नरसिंह राणा, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रकाशमणि शर्मा, कोषाध्यक्ष श्रीधर सापकोटा, जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक कौशलकुमार बुढाथोकी, गुठी संस्थानका प्रशासक शैलेशराज कुँवर, वडाध्यक्ष विमलकुमार होडा, महानगरपालिकाका विभागीय प्रमुखहरु, पुरातत्व विभागका अधिकारी, नेपाल स्काउट, नेपाल रेडक्रस सोसाइटीसहित क्षेत्रका सहभागी थिए

बैठकमा महानगरपालिकाको स्वास्थ्य विभागका प्रमुख दिपककुमार के. सी. ले स्वास्थ्य शिविर आकस्मिक स्वास्थ्योपचार, वातावरण विभागका प्रमुख सरिता राईले सरसफाइ स्वच्छताको योजना, सूचना प्रविधि विभागका प्रमुख अनिरुद्र नेपालले, पशुपति क्षेत्रका संवेदनशील ठाउँहरुमा सीसीटिभी क्यामरा जडान, महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीले पार्किङ् व्यवस्थापन, पैदल मार्गको व्यवस्थापनसहित महानगरपालिकाले गरिरहेका कामका विषयमा जानकारी गराए

महाशिवरात्री पर्वमा पाशुपत क्षेत्रसहित श्रद्धालुहरुको भिड हुने शिव मन्दिरहरुको व्यवस्थापनका लागि हामीले जनशक्ति, स्रोत, साधन उपकरणको परिचालन गरिसकेका छौँ सरसफाइ स्वच्छताका लागि ब्रुमर सञ्चालन गर्ने, पानी छर्किने काम थालिएका छन् कार्यवाहक प्रमुख डंगोलले भनिन्, ‘विगतदेखि सञ्चालन हुँदै आएका स्वास्थ्य शिविरलगायतका कार्यक्रमलाई नियमितता दिनेछौँ यस वर्ष पशुपति क्षेत्रमा दमकल एम्बुलेन्स तैनाथ राख्नेछौँ आकस्मिक स्वास्थ्य सेवा तथा विपदजन्य अन्य प्रतिकार्यका कामका लागि विपद व्यवस्थापन टोलीलाई तयारी अवस्थामा राख्नेछौँ पर्व तयारीबाट थालिएको काम पर्व सञ्चालन हुँदा सकिएपछि पनि हामी नियमित काममा नै हुनेछौँ

महानगरभित्रका शिव मन्दिरहरु सबैमा महानगरपालिकाको समान दृष्टि हुनेछ कार्यवाहक प्रमुख डंगोलले भनिन्, ‘महानगरपालिकाका तर्फबाट सम्पदा तथा पर्यटन समितिका संयोजक तथा पशुपति भएको वडा नम्बर का अध्यक्ष आशामान संगतले संयोजन गर्नुहुनेछ उहाँ (संगत) सँगै छिमेकी वडा नं. का अध्यक्ष बिमलकुमार होडा शिव मन्दिर भएका सम्बन्धित वडाका जनप्रतिनिधिले महानगरपालिकाका तर्फबाट संयोजन गर्नुहुनेछ उनले, पर्व सञ्चालन गर्दा स्थानीयबासीको भूमिकालाई उच्च बनाएर अपनत्व बोध गराउनु पर्ने बताइन्

बैठकमा सम्पदा तथा पर्यटन समितिका संयोजक संगतले, विगतमा पर्व व्यवस्थापनका लागि स्थानीयले निर्वाह गर्दै आएको भूमिका खोसिँदै गएको बताउँदै स्थानीय सहभागी नभएको पर्व जीवन्त हुन नसक्ने बताए अगाडि थपे, ‘समन्वयका लागि हामीले यो नयाँ अभ्यास थालेका हौँ

वैठकमा सहायक जिल्ला अधिकारी भट्टराईले, निर्वाचनका कारण अहिले सुरक्षा संवेदनशीलता भएको उल्लेख गर्दै पर्वलाई पूर्ण सुरक्षित बनाउन प्रतिवद्ध रहेको बताए यस्तै, पत्यका प्रहरी कार्यालयका प्रमुख राणाले, एकीकृत सुरक्षा संयन्त्रबाट श्रद्धालुहरुलाई सहज बनाउने योजना गरिएको जानकारी दिए सशस्त्र प्रहरी उपरीक्षक जीवन के. सी. ले निर्वाचन सुरक्षा कार्यक्रम सुरु भइसकेकोले यस वर्ष जनशक्ति व्यवस्थापनमा थप काम गर्नु पर्ने अवस्था रहेको उल्लेख गरे

गुठी संस्थानले दाउराको व्यवस्था, साधुसन्तको स्वागत, बास तथा विदाइ पूजाका विधिका विषयमा जानकारी गराएको थियो

कोषका सदस्य सचिव सापकोटाका अनुसार यस वर्ष पशुपतिमा करिब लाख श्रद्धालुले मन्दिरको प्रत्यक्ष दर्शन गर्ने अनुमान मन्दिर परिसरमा करिब २० लाख श्रद्धालुहरु आउने अनुमान गरेका छौँ

काठमाडौँको पशुपति क्षेत्रसहित बसन्तपुर क्षेत्रमा रहेको महेन्द्रेश्वर महादेव, वडा नं. ३२ मा रहेको कोटेश्वर महादेवसहित विभिन्न शिव मन्दिरहरुमा श्रद्धालुहरुको भिड हुने गरेको

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
रसुवा बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ जना अझै सम्पर्कविहीन

रसुवा बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ जना अझै सम्पर्कविहीन

रसुवा बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ जना अझै सम्पर्कविहीन...

भोटेकोशी बाढीबारे एडीपीसीको पहिलो विस्तृत स्थलगत मूल्याङ्कन प्रतिवेदन सार्वजनिक

भोटेकोशी बाढीबारे एडीपीसीको पहिलो विस्तृत स्थलगत मूल्याङ्कन प्रतिवेदन सार्वजनिक

भोटेकोशी बाढीबारे एडीपीसीको पहिलो विस्तृत स्थलगत मूल्याङ्कन प्रतिवेदन सार्वजनिक...

रसुवासहित पाँच जिल्लाका १५ स्थानीय तह विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा

रसुवासहित पाँच जिल्लाका १५ स्थानीय तह विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा

रसुवासहित पाँच जिल्लाका १५ स्थानीय तह विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा...

रसुवा बाढी : १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

रसुवा बाढी : १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

रसुवा बाढी : १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार...

रसुवा बाढी : ५३८ शव फेला, ९७७ जना अझै सम्पर्कविहीन

रसुवा बाढी : ५३८ शव फेला, ९७७ जना अझै सम्पर्कविहीन

रसुवा बाढी : ५३८ शव फेला, ९७७ जना अझै सम्पर्कविहीन...

भोटेकोशीमा पुनः लेदोसहित पानीको बहाव बढ्यो, उच्च सतर्कता अपनाउन आग्रह

भोटेकोशीमा पुनः लेदोसहित पानीको बहाव बढ्यो, उच्च सतर्कता अपनाउन आग्रह

भोटेकोशीमा पुनः लेदोसहित पानीको बहाव बढ्यो, उच्च सतर्कता अपनाउन आग्रह...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्