१ श्रावण २०८३, शुक्रबार

नेपाल–भारत सुरक्षा सहकार्य सुदृढ गर्न थिंक ट्यांक फोरम सम्पन्न


अ+
अ-

काठमाडौं, माघ २८  नेपालभारतबीच क्षेत्रीय सहनशीलता सुरक्षा सहकार्य सुदृढ गर्ने उद्देश्यसहित नेपालभारत थिंक ट्यांक फोरम काठमाडौंमा सम्पन्न भएको छ।

नेपाल इन्स्टिच्युट अफ इन्टरनेशनल कोअपरेसन एण्ड इन्गेजमेन्ट (NIICE) ले आयोजना गरेको उक्त फोरममा नेपाल भारतका प्रमुख थिंक ट्यांकका वरिष्ठ विज्ञहरूले सहभागिता जनाएका थिए।

कार्यक्रममा भारतको सबैभन्दा पुरानो सैन्य थिंक ट्यांक युनाइटेड सर्भिस इन्स्टिच्युट अफ इन्डियाका महानिर्देशक, अवकाशप्राप्त उपनौसेना प्रमुख सञ्जय जसजित सिंह ले नेपालीहरूको साहस वीरताले भारतीय सेनाको शक्ति तथा राष्ट्रिय सुरक्षामा ऐतिहासिक योगदान दिएको उल्लेख गरे। उनले अग्निवीर योजना भारतीय नागरिकसरह नेपाली नागरिकका लागि पनि खुला रहेको जानकारी दिँदै यसले अनुशासित, प्रेरित सक्षम युवा उत्पादनमार्फत मानव पूँजीमा लगानी गर्ने अवसर प्रदान गर्ने बताए।

भारतका पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार तथा नेशनल स्ट्राटेजिक कन्क्लेव (NatStrat) का संयोजक राजदूत पंकज सरन ले नेपालका युवासँगको अन्तरक्रियाबाट आफू प्रभावित भएको बताउँदै नेपालभारत सम्बन्धको भविष्य निर्माणमा दुवै देशका युवाबीच सहकार्य आवश्यक रहेको धारणा राखे।

इन्डिया फाउन्डेसन का कार्यकारी उपाध्यक्ष आलोक बन्सलले सीमापार आतंकवादबाट भारत प्रत्यक्ष प्रभावित भएको त्यसको असर नेपालमा पनि पर्ने बताए। त्यस्तै, जवाहरलाल नेहरू विश्वविद्यालयकी प्राध्यापक संगीता थाप्लियालले थिंक ट्यांक शैक्षिक संस्थाको भूमिकाले नेपालभारत सम्बन्धलाई थप मजबुत बनाएको उल्लेख गर्दै दुवै सरकारले अनुसन्धान तथा नीति संवादलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिइन्।

काउन्सिल फर स्ट्राटेजिक एण्ड डिफेन्स रिसर्चका सहसंस्थापक डा. गौरव सैनी ले नेपालभारत सीमा व्यापार, संस्कृति जनस्तरीय सम्बन्धका हिसाबले अद्वितीय भए पनि खुला सीमाले मानव बेचबिखन, लागुऔषध तस्करी नक्कली मुद्रा जस्ता साझा सुरक्षा चुनौती सिर्जना गरेको बताए। उनले जनवरी २०२६ मा बिहार प्रहरीले नक्कली नेपाली मुद्रा बरामद गरेको घटना उल्लेख गर्दै दुवै देशबीच सहकार्य आवश्यक रहेको धारणा राखे।

कार्यक्रममा राजनीतिक तथा सुरक्षा विश्लेषक, अवकाशप्राप्त मेजर जनरल बिनोज बस्न्यातले नेपालमा देखिएका जेनेरेसनजी आन्दोलनहरू अप्रत्याशित नभए पनि तिनको स्वरूप चकित पार्ने खालको रहेको बताए। उनले निर्वाचन महत्वपूर्ण भए पनि त्यसले मात्र दीर्घकालीन रणनीतिक स्थायित्व सुनिश्चित नगर्ने चेतावनी दिँदै समावेशी संवाद संस्थागत सुधार अपरिहार्य रहेको बताए।

पब्लिक एक्सन इनिसिएटिभ (PEI) का निर्देशक अनुराग आचार्यले भौतिक पूर्वाधार, व्यापार डिजिटल कनेक्टिभिटीले द्विपक्षीय सम्बन्ध सुधारमा योगदान पुर्याएको उल्लेख गर्दै प्रविधि एकीकरण, धार्मिक तथा सांस्कृतिक पर्यटन खेलकुदलाई नयाँ सम्भावनाका क्षेत्रका रूपमा औंल्याए।

NIICE का कार्यक्रम संयोजक विवेक ध्वज थापा ले भारतलाई उत्तरऔपनिवेशिक शक्ति नभई रणनीतिक साझेदारका रूपमा हेर्नुपर्ने धारणा राख्दै जलस्रोत व्यवस्थापन, जलवायु परिवर्तन सुरक्षा जस्ता साझा चुनौती समाधानका लागि नेपालभारत युवा जलवायु फेलोसिप जस्ता पहल आवश्यक रहेको बताए।

NIICE की निर्देशक सुमित्रा कार्कीले नेपालभारत सम्बन्ध सुदृढ गर्न शैक्षिक तथा नीतिगत संलग्नता बढाउनुपर्नेमा जोड दिँदै भारतमा नेपाल अध्ययन नेपालमा भारत अध्ययनलाई प्रोत्साहन गर्न दुवै सरकारको निरन्तर समर्थन आवश्यक रहेको बताइन्

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
अष्टलक्ष्मी शाक्यलाई हृदयघात, अहिले अवस्था सामान्य

अष्टलक्ष्मी शाक्यलाई हृदयघात, अहिले अवस्था सामान्य

अष्टलक्ष्मी शाक्यलाई हृदयघात, अहिले अवस्था सामान्य...

२७ लाख पुराना चालक अनुमति पत्र छपाइ सम्पन्न

२७ लाख पुराना चालक अनुमति पत्र छपाइ सम्पन्न

२७ लाख पुराना चालक अनुमति पत्र छपाइ सम्पन्न...

एक सातासम्म देशभर मनसुनी वर्षा सक्रिय रहने, भारी वर्षाको जोखिम बढ्ने

एक सातासम्म देशभर मनसुनी वर्षा सक्रिय रहने, भारी वर्षाको जोखिम बढ्ने

एक सातासम्म देशभर मनसुनी वर्षा सक्रिय रहने, भारी वर्षाको जोखिम बढ्ने...

सबै भूमिहीन र आवासविहीन परिवारलाई  एकीकृत प्रक्रियाबाट आवास अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड

सबै भूमिहीन र आवासविहीन परिवारलाई एकीकृत प्रक्रियाबाट आवास अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड

सबै भूमिहीन र आवासविहीन परिवारलाई एकीकृत प्रक्रियाबाट आवास अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड...

अमेरिका पुर्‍याइएका तलेजु भवानीका ऐतिहासिक गहना फिर्ता गराउन कार्यवाहक राजदूतमार्फत सहयोगको अपिल

अमेरिका पुर्‍याइएका तलेजु भवानीका ऐतिहासिक गहना फिर्ता गराउन कार्यवाहक राजदूतमार्फत सहयोगको अपिल

अमेरिका पुर्‍याइएका तलेजु भवानीका ऐतिहासिक गहना फिर्ता गराउन कार्यवाहक राजदूतमार्फत सहयोगको अपिल...

अविरल वर्षाले सप्तरीमा लगाइएको धानखेतीमा क्षति

अविरल वर्षाले सप्तरीमा लगाइएको धानखेतीमा क्षति

अविरल वर्षाले सप्तरीमा लगाइएको धानखेतीमा क्षति...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्