२१ जेठ २०८३, बिहिबार

काठमाडौंमा नयाँ जीवित देवी कुमारी: आर्यतारा शाक्यलाई प्रतिष्ठित गरिँदै


अ+
अ-

काठमाडौं, असोज १२ । काठमाडौं उपत्यकाको पुरानो र गौरवपूर्ण परम्परा अनुसार यस वर्ष राजधानीले नयाँ जीवित देवी पाउने भएको छ। शाक्य महाविहार संघको पहलमा सुरू गरिएको प्रक्रियापछि अन्ततः इटुम्बहाल निवासी आर्यतारा शाक्यलाई नयाँ कुमारीका रूपमा चयन गरिएको छ।

अनन्त शाक्य र प्रतिष्ठा शाक्यकी सुपुत्री आर्यतारा साढे दुई वर्षभन्दा अलिकति बढी उमेरकी छिन्। गुठी संस्थान र पञ्चाङ निर्णायक समितिको सल्लाहमा सम्पन्न छनोट प्रक्रियाबाट उनी मापदण्ड पूरा गर्ने थोरै उमेरका बालिकामध्येबाट योग्य ठहरिएकी हुन्।

विशेष पूजापाठ तथा परम्परागत विधिबाट आउँदो मंगलवार दिउँसो १२:०५ देखि १२:१६ बीचमा आर्यतारालाई हनुमानढोका दरबारस्थित कुमारी घरको आसनमा विराजमान गराइनेछ। त्यसै अवसरमा हालकी जीवित देवी तृष्णा शाक्यलाई बाजागाजासहित बिदाइ गरिनेछ।

काठमाडौंको कुमारी परम्परा नेवार समुदायको सांस्कृतिक र धार्मिक धरोहर मानिन्छ। हिन्दु र बौद्ध दुवै आस्थासँग गाँसिएको यस परम्परामा कुनै बेला काठमाडौंका बस्ती–बस्तीमा आ–आफ्नै कुमारी हुन्थे। अहिले भने यो प्रचलन मुख्यत: राजधानीकै कुमारी घरमा सीमित भएको छ।

विश्वमै अनौठो मानिने यो प्रचलनप्रति पछिल्ला वर्षहरूमा मानव अधिकार र बाल अधिकारसम्बन्धी बहस समेत हुने गरेको छ। कतिपयले यसलाई बालबालिकामाथिको नियन्त्रण र शोषणको रूपमा व्याख्या गरेका छन्। तर अहिले बालअधिकारका अधिकांश पक्षलाई समेट्दै कुमारीलाई कुमारी घरमै पठनपाठनकाे समेत व्यवस्था गरिएकाे छ । संस्कृति र विश्वाससँग गहिरो जोडिएकाले कुमारी परम्परा निरन्तर अगाडि बढ्दै आएकाे छ।

नेपालका पूर्व राजा, राष्ट्रपतिसहित उच्च पदस्थ व्यक्तिहरूदेखि सर्वसाधारणसम्मले पूजा गर्ने कुमारीलाई नेपाली समाजले ‘जीवित देवी’का रूपमा सम्मान गर्दै आएको छ।

यसपटक आर्यतारा शाक्यलाई नयाँ कुमारीका रूपमा प्रतिष्ठित गरिँदै गर्दा काठमाडौंको सांस्कृतिक इतिहासमा अर्को नयाँ अध्याय थपिने भएको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
मोदी–रवि भेटवार्ता : नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सहकार्य गर्ने प्रतिबद्धता

मोदी–रवि भेटवार्ता : नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सहकार्य गर्ने प्रतिबद्धता

मोदी–रवि भेटवार्ता : नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सहकार्य गर्ने प्रतिबद्धता...

रास्वपाका सभापति रवि लामिछानेद्वारा भाजपाको शीर्ष नेतृत्वसँग भेटवार्ता

रास्वपाका सभापति रवि लामिछानेद्वारा भाजपाको शीर्ष नेतृत्वसँग भेटवार्ता

रास्वपाका सभापति रवि लामिछानेद्वारा भाजपाको शीर्ष नेतृत्वसँग भेटवार्ता...

भारतमा अनलाइन ठगीमा फसेका ४५३ नेपालीको उद्धार, १९ जना नियन्त्रणमा

भारतमा अनलाइन ठगीमा फसेका ४५३ नेपालीको उद्धार, १९ जना नियन्त्रणमा...

‘हिट एक्शन डे’ आज: दक्षिण एशियामा बढ्दो गर्मीको संकट, नेपाल पनि उच्च जोखिममा

‘हिट एक्शन डे’ आज: दक्षिण एशियामा बढ्दो गर्मीको संकट, नेपाल पनि उच्च जोखिममा

‘हिट एक्शन डे’ आज: दक्षिण एशियामा बढ्दो गर्मीको संकट, नेपाल पनि उच्च जोखिममा...

नयाँ क्यान्सर इन्जेक्सनले ट्युमर  हटाएको दाबी, ११ देशमा सफल परीक्षण

नयाँ क्यान्सर इन्जेक्सनले ट्युमर हटाएको दाबी, ११ देशमा सफल परीक्षण

नयाँ क्यान्सर इन्जेक्सनले ट्युमर हटाएको दाबी, ११ देशमा सफल परीक्षण...

५० युनिटभन्दा बढी विद्युत खपतमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको आग्रह

५० युनिटभन्दा बढी विद्युत खपतमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको आग्रह

५० युनिटभन्दा बढी विद्युत खपतमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको आग्रह...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्