धूस्वां सायमिकी दीपा


अ+
अ-

कुनै समय समृद्ध र पहिचानयुक्त वस्ती थियो, धुलिखेल वरिपरीकै कुनै एउटा गाउँ । इतिहासका आरोह(अवरोहहरुलाई मूक दर्शक भई हेर्दै आएको त्यो गाउँमा एउटा नितान्त नौलो अनुहारको आगमन हुन्छ । र, गाउँमा निदाएका तरंगहरुसँगै दीपाको मनमस्तिष्क पनि तरङ्गित हुन्छ । हलचल र खलबल हुन्छ। सँगसँगै मनमा अनेकौं प्रश्नहरु पनि उठ्छ । एउटा नौलो अनुहार, प्रसिद्ध लेखकका रुपमा गाउँमा चर्चित त्यो पुरुष को होला ? आफ्नै घरमा प्रायः पाहुना भइराख्ने र सबैसित घुलमिल हुने त्यो लेखकसँग मैले मात्रै किन बोल्न नपाउने ? कथा यहींबाट सुरु हुन्छ । 

एउटी महिला, दीपा। एउटा यस्तै अर्को गाउँकी छोरी अर्थात गाउँकी बुहारी, दीपा। बुहारी हुनु परेकोमा भन्दा बुहारी भएकै कारण त्यो मान्छेसित बोल्न नपाउँदा दीपा खिन्न हुन्छे। आफैदेखि रिसाउँछे पनि । यस्तै लेखकको मनमा तर्कना उठिरहन्थ्यो ( आफूसँग सबैले बोल्ने, सबै नजिक नजिक आउन खोज्ने तर, बुहारी एउटी मात्रै टाढा किन ? एक दिन आफ्नो जिज्ञासालाई थाम्न नसकेर बुहारीको सम्बन्धमा लेखकले दीपाको बारेमा परिवारसँग सोधपूछ गर्छ। जसबाट जिज्ञासा शान्त हुनुको बदलामा अझ अझ जिज्ञासा बढ्न थाल्छ । दीपाको हालत पनि लेखकको भन्दा फरक थिएन। यस्तैमा एक दिन दीपाले लेखकलाई माइतीमा बोलाउँछे, कुराकानी गर्नकै लागि।

बिद्रोहको चेतना दीपाले कुनै कितावबाट पाएकी थिइनन्। न कुनै स्कूलबाट नै प्रशिक्षित थिइन् । अरु त अरु, गाउँले परिवेशमा नै सीमित भएकी र गाउँमा बोलिने मातृभाषा बाहेक अन्य नबुझ्ने। पाहुनाको बौद्धिक व्यक्तित्व र दीपाको सामान्य, शिष्ट, निष्कपट एवं उदार हृदयवीच प्रेमको अंकूर प्रस्फूटित हुँदै जान्छ । र, ती दुई ब्यक्त(अब्यक्त सबै भावना र कामनाहरुले एउटा सिर्जना पाउँछ, प्रसिद्ध उपन्यासकार धूस्वां साय्मिको कलमबाट दीपा उपन्यासको रुपमा ।

उपन्यास सत्य घटनामा आधारित छ, दीपा पनि जिउँदो चरित्र हो। तर, उसको वास्तविक नाम त्यो होइन । लेखक धूस्वां सायमि भन्नुहुन्छ, मान्छेअनुसारको नाम नसुहाएको टिप्पणी गर्दा परिवारले न्वारानको जिम्मा मलाई दियो। र, दीपा नाम सबैले मन पराए। त्यसैले जीवित पात्रको काल्पनिक नाम दीपा रहन गयो ।

उपन्यासमा दुबैको कथा र व्यथा समेटिएको छ। कथाभन्दा भावना र शब्दभन्दा कविता बढी रहने धूस्वांको आफ्नै शैलीमा उनिएको उपन्यास दीपामा द्वन्द र अर्न्तर्द्वन्दको एउटा लामो श्रृंखला बनेको छ । उपन्यास प्रकाशनपछि दीपा चरित्रको विषयमा चर्चा हुन थाल्यो, अन्य लेखक र पाठकहरु बीच। दीपा साँच्चै को हुन् त भनी खोजी पनि हुन थाल्यो। लेखककै नजिककी अर्की एउटी परिचित लेखिका, जो विश्वविद्यालयमा प्राध्यापन पनि गर्छिन्, नै दीपा हुन् कि भनेर पनि चर्चा र अनुमान लगाउन थालियो। दीपा आफू नै हो भनेर चिनाउन खोज्ने अन्जान महिलाहरु पनि देखिन थाले । तर दीपा भने आफ्नै परिवेशमा आफ्नै पाराले आजभोली जीवन बिताउँछे, उपन्यासमा जस्तो चरित्र चित्रित छन्

त्यस्तै चरित्र बोकेर।र, लेखक न दीपालाई चिनाउन चाहनु हुन्छ न, दीपाको गाउँलाई नै ।

लोग्नेको घरमा बस्न नसकेर माइतीमा बस्दै आएकी उपन्यासकी दीपा आफूले मन पराएको प्रेमीलाई बीचैमा छाडी पुनः लोग्नेको घर फर्केकोबाट उपन्यासको अन्त्य गरिएको छ। यस अघि विहे भएर लोग्नेको घर गएको लगत्तै दीपालाई आभास हुन्छ, घर त घरजस्तो थिएन। लोग्ने भनाउँदो पनि कठपुतली रहेछ । नयाँ दुलही भएपछि अलि श्रृंगारपटार त गरिने नै भयो तर घरका परिवारले त्यसैलाई अनेक अर्थ लगाएर कुरा लगाउन थाले । कौसीमा एक छिन निस्क्यो भने मात्र पनि तीललाई पहाड बनाइ हाल्थे । यति मात्र होइन, दुलहीको रुप सौन्दर्य हेर्न लालायित टोलका लोग्ने मान्छेहरु तास खेल्ने निहुँमा दिन भर - दिन भर घरमा आएर बस्थे तर उनीहरुलाई रोकटोक थिएन। माइतीबाट आएको एउटा भाइको हात समातेर कोठामा कुरा गरिरहेको दृष्य के देखे, नाठो खेलाएर बसेको भन्ने आरोप उनीमाथि लाथ्यो र यही आरोपमा एक दिन घरबाट निकाल्ने काम पनि भयो। यस्तो परिस्थितिमा माइती आएर बसेकी पात्र दीपाको सर्म्पर्क एउटा अर्को लोग्ने मान्छेसित हुन पुग्छ जो घरपरिवार र परिवेशसित सन्तुष्ट छैन, घरलाई झ्यालखानाको रुपमा हेर्छ र आफ्नो घर छाडी एउटा काम लिएर गाउँमा बस्न आइरहेको छ । एक्लोपनको अनुभवले सताइँएका यी दुबै यस परिस्थितिमा नजिकिन पुग्छन्। कथा बढ्दै जान्छ।एउटा निर्णायक मोडमा आइपुगेकै बेला लोग्नेको घरबाट ससुरा मरेको भनी लिन आइपुग्छ र सामाजिक मान्यताअनुसार लोग्नेको घर र्फकन्छन् । पाठकको लागि उपन्यास वियोगान्त हो तर वास्तविक जीवन भने त्यस्तो छैन । लेखक आफ्नो पात्रको बारेमा भन्नु हुन्छ, "हाम्रो सम्वन्धलाई बदनाम गर्न कसैले एकपल्ट हाम्रो वीच शारीरिक सम्बन्ध रहेको अफवाह पनि फैलाइदियो । र, दीपा रिसाएर माइती गएर बसिदिइन् । उसलाई फर्काउन उसको लोग्ने र अरुहरु पनि सफल हुन सकेन । उनीहरुलाई थाहा छ, मैले भनेको कुरा दीपाले खान्छे भनेर । उसको लोग्नेको अनुरोधमा मैले भनेको कुरा उसले खाइन् पनि । आजभोलि पनि केही समस्या पर्यो भने लोग्ने मलाई गुहार्न आउँछ र म दीपाको अविभावक जस्तै छु ।

केही वर्षघि मात्रै को कुरा हो, लेखकको जीवनसाथी बसुन्धरा बित्नु भयो । लेखक एक्लो हुनुभयो । एक्लोपन बढ्दै गयो । यस्तैमा एक दिन लेखक दीपाको घरमा पुग्दा परिवारका अन्य सदस्यहरुकै माझमा आफू लेखकसँग जीवन बिताउन तयार भएको दीपाले बताइन् । दीपाको स्वभाव नै त्यस्तो थियो । सबैको अगाडि हाकाहाकी लेखक आफ्नो प्रेमी भएको बताउँछे र यसैमा गौरव पनि मान्छे । उसको परिवारलाई थाहा थियो, दीपा लेखककी प्रेमिका मात्रै हुन्छे, श्रीमती होइन। सम्वन्ध यस्तै थियो र पहिलाजस्तो थियो, अहिले पनि त्यस्तै छ । दुबैको आफ्नै घर संसार छ। दीपा सामान्य जीवन विताउँछे, कहिले काहीं लेखकसित भेट्छे, फोनमा कुराकानी पनि । दीपालाई लेखक बिर्सन सक्नु हुन्न, दीपाकै नाममा "दीपा जनमत" नामले एउटा साहित्यिक पुरस्कारको स्थापना गर्नु भएको छ, साय्मिले । अपठित र गैरसाहित्यिक दीपाकै हातबाट पुरस्कार वितरण गराउने लेखकको चाहना थियो । तर, ठूलो समारोहमा उपस्थित हुन लजाइन् वा प्रस्तुत हुन चाहिनन् । बरु लोग्ने लगायत अन्य आफन्तहरुलाई सो समारोह हर्ेनमात्र पठाइनन् उसले । समारोहको रौनकका बारे पनि सोध्न पछि परिनन् ।

लेखकका कृतिहरु उनी आफै पढ्न त सक्दिनन् तर सबै संगालेर राख्छिन् । लेखकसित अहिले "दीपा" उपन्यास आफ्नो कोठामा छैन । एक दिन विहान लेखकले आफ्नो पात्रसित यो उपन्यास माग्नु हुँदा ठट्टा गर्दै उताबाट हाकाहाकी उनले भनिन्, "पैसा देउ अनि किताव लेउ ।" दीपालाई पंक्तिकारले भेट्न चाहेको कुरा लेखकले फोनमा खबर गर्दा बिना हिचकिचाहट भनिन्, "पठाइदेउ, भेट्छु ।"

 

(धूस्वां सायमिको जीवनकालमा नै स्पेस टाइम दैनिममा प्रकाशित यो लेख नेवाः टाइम्समा पुनःप्रकाशन हुँदै)

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
Basanta Maharjan

More from Basanta Maharjan

Explore more articles by this author
आमा बाबुको मुख हेर्ने पर्व

आमा बाबुको मुख हेर्ने पर्व

आमाबाबुलाई आदरसत्कार नगर्नु भनेर कसले भन्छ र ? तर सबै धार्मिक समुदायमा ‘आमाको मुख हेर्ने’ र ‘बाबुको मुख हेर्ने’ पर्व त छ...

महाराज क्राचल्ल र बौद्ध धर्ममा उनको योगदान

राजा क्राचल्लले आफूलाई ‘परमसौगात’ अर्थात् बुद्धका ठुलो उपासक भनेर चिनाउन मन पराउने राजा हुन् । यसबाट उनी बौद्ध धर्मका उप...

बडामहाराजा नागराज र बौद्ध धर्ममा उनको योगदान

कीर्तिखम्बमा उल्लेखित विवरण राजा नागराज र उनका उत्तराधिकारीहरुका सम्बन्धमा हो । तिब्बती श्रोतहरुले पनि यही विवरण प्रस्तु...

मूर्ति रंगाउनेहरुभन्दा बरु चोर नै राम्राे

मूर्ति रंगाउनेहरुभन्दा बरु चोर नै राम्राे

मूर्ति चोरी हुनु धेरै दुःखदायी हो । झिल्के बनाएर यसको सत्यानाश नै गरिदिनु थप दुःखदायी हो । मूर्तिचोरीमा संलग्न हुनेहरु न...

नेवार समाजमा पाहाँचःह्रे चाड

नेवार समाजमा पाहाँचःह्रे चाड

विभिन्न जातीय समुदायको सांस्कृतिक जीवनको अध्ययन गर्दा एउटा समानता के देखिन्छ भने, वर्षभरिमा जेजति चाड पर्व मनाएपनि त्यसम...

नरेश श्रेष्ठ र फोटोग्राफी

नरेश श्रेष्ठ र फोटोग्राफी

अनेकौं पहिचानहरुको भीडमा एउटा पहिचान हो, फोटोग्राफर नरेश श्रेष्ठ । र, उनको फोटोग्राफी । बहीखाता राखेजस्तै उनी कतिपय ऐतिह...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्