३१ जेठ २०८३, आइतबार

चुनावी घोषणापत्रमा यौन तथा प्रजनन स्वास्थ्य अधिकार समेट्न दलहरूलाई ध्यानाकर्षण


अ+
अ-

काठमाडौँ, माघ १४ । आगामी २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै राजनीतिक दलहरूले तयार पार्ने चुनावी घोषणापत्रमा यौन तथा प्रजनन स्वास्थ्य अधिकार समावेश गर्न महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडि) र सेन्टर फर रिप्रोडक्टिभ राइट्स (सिआरआर)ले ले संयुक्त रूपमा ध्यानाकर्षण गरेका छन्।

एफडब्लुएलडि र सिआरआरका प्रतिनिधिहरूले नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी लगायत प्रमुख राजनीतिक दलका केन्द्रीय कार्यालयमा पुगेर दल नेतृत्वलाई ध्यानाकर्षण पत्र बुझाएका हुन्। वकालत पत्रमार्फत आगामी नेतृत्वले प्रजनन स्वास्थ्य सेवाको सवाललाई नीतिगत प्राथमिकतामा राख्न आग्रह गरिएको छ।

वकालत पत्रमा राजनीतिक दलहरूले घोषणापत्रमा समेट्नुपर्ने मुख्य अपेक्षा तथा प्रतिबद्धताका विषयहरू उल्लेख गरिएको छ। जसअन्तर्गत यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी कानुन, विशेषगरी गर्भपतनसँग सम्बन्धित कानुनमा आवश्यक परिमार्जन र सुधार गर्ने प्रतिबद्धता जनाउन माग गरिएको छ।

त्यसैगरी परिवार नियोजन तथा गर्भपतन सेवा सहित प्रजनन स्वास्थ्यका सबै सेवा पहुँचयोग्य, सर्वसुलभ र गुणस्तरीय बनाउने, साथै ती सेवाको सुनिश्चितता गर्ने विषयलाई घोषणापत्रमा स्पष्ट रूपमा समावेश गर्न आग्रह गरिएको छ।

किशोर–किशोरीहरूको यौन तथा प्रजनन स्वास्थ्य अधिकार सुनिश्चित गर्न बृहत यौनिकता शिक्षाको प्रभावकारी कार्यान्वयनमा राजनीतिक प्रतिबद्धता जनाउनुपर्ने उल्लेख गरिएको छ।

यसैगरी प्रसूति सेवा तथा सुरक्षित मातृत्व सेवा स्थानीय तहसम्म विस्तार गरी पहुँचयोग्य, सर्वसुलभ र गुणस्तरीय बनाउने विषयलाई पनि दलहरूको घोषणापत्रमा समावेश गर्नुपर्ने एफडब्लुएलडि र सिआरआरको माग छ।

एफडब्लुएलडि र सिआरआरले यौन तथा प्रजनन स्वास्थ्य अधिकारलाई मानवअधिकारको आधारभूत हिस्साका रूपमा स्वीकार गर्दै आगामी निर्वाचनपछि बन्ने नेतृत्वले यस क्षेत्रमा ठोस नीतिगत तथा कार्यक्रमगत प्रतिबद्धता जनाउने अपेक्षा व्यक्त गरेका छन्।

 
 

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक

एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक

एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक...

मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८  बालबालिकाको उद्धार गरी पुनःस्थापना

मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८ बालबालिकाको उद्धार गरी पुनःस्थापना

मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८ बालबालिकाको उद्धार गरी पुनःस्थापना...

आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, कोशीका केही स्थानमा भारी वर्षा हुन सक्ने

आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, कोशीका केही स्थानमा भारी वर्षा हुन सक्ने

आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, कोशीका केही स्थानमा भारी वर्षा हुन सक्ने...

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय...

इरानविरुद्ध तय गरिएको सैन्य आक्रमण स्थगित

इरानविरुद्ध तय गरिएको सैन्य आक्रमण स्थगित

इरानविरुद्ध तय गरिएको सैन्य आक्रमण स्थगित...

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्