२ असार २०८३, मंगलबार

४९ जना उम्मेदवारहरुले आफ्नो नाम फिर्ता लिए


अ+
अ-

काठमाडाैं, माघ । निर्वाचन आयाेगले फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत माघ गतेदेखि गतेसम्म पहिलो हुने निर्वाचित हुनेतर्फको मनोनयन पत्र दर्ता, उम्मेदवार उपर दावी विरोध छानबिन, उम्मेदवारी फिर्ता लगायतका कार्य सम्पन्न भएका जनाएकाे

त्यस्तै, समानुपातिकतर्फ बन्दसूचीमा रहेका उम्मेदवारहरुको नामावली प्रकाशन, दावी विरोध संकलन लगायतका कार्य समानुपातिकतर्फको मतपत्र छपाई, मतदाता नामवाली छपाई लगायतका कार्यहरु सञ्चालन भएका छन्।

आयाेगका अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको उम्मेदवारको मनोनयन तथा प्रतिनिधि सभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ माघ गते उम्मेदवारहरूको मनोनयन पत्र दर्ता कार्य सम्बन्धित मुख्य निर्वाचन अधिकृत निर्वाचन अधिकृतको कार्यालयमा शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ।

तोकिएको अवधिमा १६५ निर्वाचन क्षेत्रमा ६८ राजनीतिक दल स्वतन्त्र उम्मेदवारसमेत गरी हजार ४८७ मनोनयन पत्र दर्ता भएका थिए। दर्ता उम्मेदवारीमध्ये महिला ३९६, पुरुष हजार ९० अन्य जना रहेका छन्। स्वीकृत निर्वाचन कार्यक्रम अनुसार उम्मेदवारउपरको दाबी विरोधको उजुरी लिने कामसमेत सम्पन्न भई प्राप्त पाँच उजुरीका सम्बन्धमा सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट आवश्यक निर्णयको कार्य सम्पन्न भइसकेको छ।

आयाेगले प्राप्त उजुरीका आधारमा कैलाली निर्वाचन क्षेत्र नम्बर का एक जनाको उम्मेदवारी सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट खारेज भएको जनाएको भने आज निर्धारित समयभित्र ४९ जना उम्मेदवारहरुले आफ्नो नाम फिर्ता लिएका छन्। आजै अन्तिम नामावली प्रकाशन गर्ने उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गर्ने कार्यक्रम रहेका

समानुपातिक निर्वाचन प्रणालीतर्फ

प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलबाट गत पौष १३ १४ गते पेस भएका उम्मेदवारको बन्दसूचीको नामावली प्रतिनिधि सभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को दफा २५ बमोजिम माघ गते सार्वजनिक गरिएको छ। आयाेगले उक्त नामावलीमा ५७ निर्वाचन चिन्हमा ६३ राजनीतिक दलबाट पेस भएका हजार २१३ जना उम्मेदवारको नाम समावेश छ।

बन्दसूचीमा नाम समावेश भएका उम्मेदवारहरुको योग्यता सम्बन्धमा दावी विरोध गर्न चाहने मतदाताले माघ देखि १० गतेसम्म कार्यालय समयमा समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित भई दाबी विरोधमा उजुरी पेश गर्न सकिने व्यवस्था अनुसार उक्त कार्यक्रम जारी रहेको छ।

मतपत्र मतदाता नामावली छपाइ

प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ मतपत्र छपाइको कार्य माघ गतेदेखि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखानामा सुरु भएकोमा हालसम्म डेढ करोड मतपत्रको छपाइ सकिएको आयाेगले जनाएको छ। अब ५० लाख मतपत्र छपाइ हुन बाँकी रहेको छ। सो मतपत्र छपाइ सम्पन्न भए लगत्तै पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ मतपत्रको छपाइ कार्य सुरु हुनेछ। त्यसैगरी मनोनयन पत्र दर्ता प्रयोजनका लागि एक प्रति मतदाता नामावली छपाइ गरी सबै जिल्लामा पुन्याई सकिएको भने अन्य प्रति मतपत्र छपाइ गर्ने कार्य आयोग परिसरमा सुचारु रहेको आयाेगले जनाएको छ।

राष्ट्रियसभा सदस्य निर्वाचन

यस्तै, राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत यही माघ ११ गते हुने मतदान कार्यको लागि आयोगको तर्फबाट गर्नुपर्ने सम्पूर्ण तयारी पूरा भएको पनि आयाेगले जनाएको छ। उम्मेदवारको मनोनयपत्र दर्ता, दाबी-विरोध, छानबिन, अन्तिम नामावली प्रकाशन तथा चुनाव चिन्ह वितरणलगायतका कार्य सम्पन्न भइसकेका छन्। निर्वाचनका लागि मतपत्रसमेत सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पठाइसकिएको आयाेगले बताएको छ। राष्ट्रिय सभा सदस्य निर्वाचनको मतदान माघ ११ गते बिहान :०० बजेदेखि दिउँसो :०० बजेसम्म सम्बन्धित प्रदेशमा तोकिएको मतदान केन्द्रमा हुनेछ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
सामाजिक सञ्जालमा गालीगलौज र धम्की दिनेहरूविरुद्ध कानुनी कारबाही अघि बढाइँदै : सांसद खुश्बु ओली

सामाजिक सञ्जालमा गालीगलौज र धम्की दिनेहरूविरुद्ध कानुनी कारबाही अघि बढाइँदै : सांसद खुश्बु ओली

सामाजिक सञ्जालमा गालीगलौज र धम्की दिनेहरूविरुद्ध कानुनी कारबाही अघि बढाइँदै : सांसद खुश्बु ओली...

प्रहरीको नक्कली परिचयपत्र, लागूऔषध र नगदसहित एक युवक पक्राउ

प्रहरीको नक्कली परिचयपत्र, लागूऔषध र नगदसहित एक युवक पक्राउ

प्रहरीको नक्कली परिचयपत्र, लागूऔषध र नगदसहित एक युवक पक्राउ...

अमेरिका–इरान युद्ध अन्त्यतर्फ : प्रारम्भिक सम्झौतापछि तेलको मूल्य चार प्रतिशतभन्दा बढी घट्यो

अमेरिका–इरान युद्ध अन्त्यतर्फ : प्रारम्भिक सम्झौतापछि तेलको मूल्य चार प्रतिशतभन्दा बढी घट्यो

अमेरिका–इरान युद्ध अन्त्यतर्फ : प्रारम्भिक सम्झौतापछि तेलको मूल्य चार प्रतिशतभन्दा बढी घट्यो...

काठमाडौं महानगरपालिकाभित्र १२८ ठाउँमा डुवानको जोखिम पहिचान

काठमाडौं महानगरपालिकाभित्र १२८ ठाउँमा डुवानको जोखिम पहिचान

काठमाडौं महानगरपालिकाभित्र १२८ ठाउँमा डुवानको जोखिम पहिचान...

बुद्धकाे अस्तिधातु र यसकाे महत्व

बुद्धकाे अस्तिधातु र यसकाे महत्व

बुद्धका धातु, रामग्राम र श्रद्धाको दर्शन...

एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक

एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक

एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्