८ बैशाख २०८३, मंगलबार

हङकङको ताइ पोमा आगलागी : मृत्यु ९४ पुग्यो, तीन जना पक्राउ


अ+
अ-

काठमाडौं १२। ताइ पोस्थित वाङ फुक काेर्ट आवासीय परिसरमा भएको भीषण आगलागीमा मृत्यु हुनेको संख्या कम्तीमा ९४ पुगेको छ। स्थानीय अधिकारीहरूले बुधबार बिहानसम्मको तथ्यांक अद्यावधिक गर्दै यो संख्यामा एक दमकलकर्मीसमेत समावेश रहेको जानकारी दिएका छन्। ७६ भन्दा बढी घाइतेको उपचार जारी छ, जसमध्ये धेरैजसोको अवस्था गम्भीर छ।

आगो २२ नोभेम्बरकाे राति बाहिरी बाँस स्काफोल्डिङ बाट सुरु भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। स्काफोल्डिङमा प्रयोग गरिएको प्लास्टिक नेट र आगो प्रतिरोध नगर्ने सामाग्रीका कारण आगो तीव्र गतिमा फैलिएको हङकङ प्रहरीले जनाएको छ।

दमकलले सात ब्लक प्रभावित भएको भनी पुष्टि गरेको छ। घटना भएको कम्प्लेक्समा करिब २,००० युनिट र करिब ४,८०० बासिन्दा बसोबास गर्दै आएका थिए। उद्धारका क्रममा ९०० भन्दा बढी बासिन्दालाई अस्थायी शिविरमा सारिएको छ।

अनुसन्धानका क्रममा स्काफोल्डिङ निर्माणमा संलग्न कम्पनीका दुई निर्देशक र एक इञ्जिनियरलाई गम्भीर लापरबाहीको आरोपमा प्रहरीले पक्राउ गरेको छ। प्रहरीले निर्माण सामग्रीले न्यूनतम सुरक्षा मापदण्ड समेत नपुर्‍याएको दाबी गरेको छ।

बेपत्ता रहेका २७९ जनाबारे खोज तथा उद्धार कार्य जारी रहेको अधिकारीहरूले जनाएका छन्। उद्धार टोलीले प्रभावित ब्लकहरूमा अन्तिम पटक प्रवेश गरी संरचना सुरक्षित रहे–नरहेको मूल्यांकन पनि गरिरहेको छ।

घटनापछि हङकङभरि आगो सुरक्षाबारे चर्को आलोचना र बहस सुरु भएको छ। स्थानीय प्रशासनले सबै निर्माण र मर्मत कार्यमा प्रयोग हुने स्काफोल्डिङ तथा बाहिरी आवरण सामग्रीको निरीक्षण कडाइपूर्वक गर्ने जनाएको छ।

एजेन्सीकाे सहयाेगमा

 

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
आज देशमा "लु"देखि हिमपातसम्मकाे प्रक्षेपण

आज देशमा "लु"देखि हिमपातसम्मकाे प्रक्षेपण

आज देशका विभिन्न भू-भागमा मौसम आंशिकदेखि बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज "लु" लाग्नेदेखि हिमपातसम्मका...

नयाँ स्मार्ट सवारीचालक अनुमति पत्रमा ३९ सुरक्षा विशेषताहरू, आई–क्यूआर प्रविधि प्रयोग

नयाँ स्मार्ट सवारीचालक अनुमति पत्रमा ३९ सुरक्षा विशेषताहरू, आई–क्यूआर प्रविधि प्रयोग

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नयाँ स्मार्ट सवारीचालक अनुमति पत्रमा ३९ वटा भिन्न–भिन्न सुरक्षा विशेषताहरू समावेश ग...

जापानको उत्तरी क्षेत्रमा ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्प, टोकियोसम्म धक्का महसुस; सुनामी चेतावनी जारी

जापानको उत्तरी क्षेत्रमा ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्प, टोकियोसम्म धक्का महसुस; सुनामी चेतावनी जारी

जापानको उत्तरी क्षेत्रमा सोमबार ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। स्थानीय समयअनुसार बिहान गएको उक्त भूकम्पले ...

तराई क्षेत्रमा तातो दिन र गर्मीको लहरको चेतावनी, तापक्रम ४० डिग्री माथि पुग्ने सम्भावना

तराई क्षेत्रमा तातो दिन र गर्मीको लहरको चेतावनी, तापक्रम ४० डिग्री माथि पुग्ने सम्भावना

विभागले जोखिमका आधारमा केही जिल्लालाई ‘सतर्क रहनु’ र केहीलाई ‘अद्यावधिक रहनु’ समूहमा राखेको छ। कञ्चनपुर, कैलाली, डडेल्धु...

आर्थिक कूटनीति र डिजिटल सेवा प्रवाहमा जोड दिन नियोगहरूलाई निर्देशन

आर्थिक कूटनीति र डिजिटल सेवा प्रवाहमा जोड दिन नियोगहरूलाई निर्देशन

परराष्ट्र मन्त्रालय ले युरोप र अमेरिकास्थित नेपाली कूटनीतिक नियोगहरूलाई आर्थिक कूटनीति सुदृढ पार्न र सेवा प्रवाहलाई डिजि...

पश्चिम एसियाका अधिकांश देशमा श्रम स्वीकृति पुनः खुला, इराकमा यथावत रोक

पश्चिम एसियाका अधिकांश देशमा श्रम स्वीकृति पुनः खुला, इराकमा यथावत रोक

परराष्ट्र मन्त्री शिशिर खनालका अनुसार परराष्ट्र मन्त्रालयको सिफारिसमा साउदी अरेबिया, यूएई, कतार, कुवेत, बहराइन, ओमान, यम...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्