१६ भदौ २०८३, बुधबार

नेपालले रुबेला रोग उन्मूलन गर्न सफल


अ+
अ-

काठमाडौं, भदौ २ । नेपालले रुबेला (German measles) रोगलाई सार्वजनिक स्वास्थ्य समस्याको रूपमा उन्मूलन गर्न सफल भएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले आज घोषणा गरेको छ।

डब्ल्यूएचओ दक्षिण–पूर्व एशिया क्षेत्रीय कार्यालयकी कार्यवाहक प्रमुख डा. क्याथारिना बोहेमेले नेपालले रुबेला उन्मूलनमा पाएको उपलब्धिलाई “देशको नेतृत्वको दृढ संकल्प, स्वास्थ्यकर्मी र स्वयंसेवकहरूको अथक प्रयास, तथा जनसमुदायको सक्रिय सहकार्यको परिणाम” भन्दै प्रशंसा गरेकी छन्।

रुबेला विशेषगरी गर्भवती महिलाका लागि खतरनाक मानिन्छ, जसका कारण गर्भपतन, मृत शिशु जन्म वा आजीवन अशक्तता आउने अवस्था हुन सक्छ। तर यो रोग सुरक्षित र किफायती खोपमार्फत पूर्णरूपमा रोकथाम गर्न सकिने जनाइएको छ।

दक्षिण–पूर्व एशियाली खस्रा–रुबेला उन्मूलन क्षेत्रीय प्रमाणिकरण आयोग (एसइए आरभिसी)ले गत २२–२४ जुलाईमा बसेको वार्षिक बैठकमा नेपालबाट प्रस्तुत रोग अनुगमन र खोप अभियानसम्बन्धी तथ्यांक मूल्याङ्कन गरी नेपाललाई रुबेला उन्मूलनमा सफल भएको प्रमाणिकरण गरेको हो। यससँगै नेपाल, डब्ल्यूएचओ दक्षिण–पूर्व एशियाली क्षेत्रमा रुबेला उन्मूलन गर्ने छैठौँ मुलुक बनेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नेपालले क्षेत्रीय लक्ष्यभन्दा अगावै रुबेला उन्मूलन गरेको उपलब्धि राष्ट्रिय खोप कार्यक्रमको सफलतासँग गाँसिएको उल्लेख गर्दै सबै स्वास्थ्यकर्मी, स्वयंसेवक, समुदाय र सहकार्य गर्ने साझेदार संस्था डब्ल्यूएचओ र गाभीलाई धन्यवाद दिएका छन्। “अब कुनै नेपाली बालबालिकाले खोपमार्फत रोकथाम गर्न सकिने रोगका कारण पीडित हुन नपरोस् भन्ने हाम्रो संकल्प हो,” मन्त्री पौडेलले भने।

नेपालले सन् २०१२ मा ९ महिना देखि १५ वर्ष उमेर समूहलाई लक्षित गरेर रुबेला खोप सुरु गरेको थियो। नियमित खोप कार्यक्रममा २०१६ देखि दोस्रो मात्रा पनि समावेश गरिएको थियो। त्यसयता २०१२, २०१६, २०२० र २०२४ मा चारपटक राष्ट्रिय स्तरमा रुबेला खोप अभियान सञ्चालन गरिएको थियो।

विगतका भूकम्प (२०१५ र २०२३) र कोभिड–१९ महामारी जस्ता चुनौतीका बाबजुद नेपालले २०२४ सम्ममा रुबेला खोपको पहिलो मात्रा कम्तीमा ९५ प्रतिशत बालबालिकालाई पुर्‍याउन सफल भएको डब्ल्यूएचओले जनाएको छ।

नवीन रणनीतिहरू – ‘खोप महिना’ मनाउने, छुटेका बालबालिकासम्म खोप पुर्‍याउने, ‘पूर्ण खोप जिल्ला’ घोषणा गर्ने जस्ता अभ्यासहरूले रुबेला उन्मूलनलाई गति दिएको बताइन्छ। साथै नेपालले हालै विकसित गरेको प्रयोगशाला परीक्षण प्रणाली दक्षिण–पूर्व एशिया क्षेत्रमा पहिलो भएको डब्ल्यूएचओ प्रतिनिधि डा. राजेश साम्भाजीराव पाण्डवले जानकारी दिए।

“नेपालले पाएको सफलता सरकार, स्वास्थ्यकर्मी, साझेदार संस्था र समुदायबीचको घनिष्ठ सहकार्यको परिणाम हो। यस यात्रामा डब्ल्यूएचओले दिन सकेको योगदानमा हामी गर्व गर्छौं,” डा. पाण्डवले भने।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
भोटेकोशी बाढी : हवाई उद्धारबाट ३,९२५ जनाको उद्धार, जलविद्युत् आयोजनाका सुरुङमा खोजी तीव्र

भोटेकोशी बाढी : हवाई उद्धारबाट ३,९२५ जनाको उद्धार, जलविद्युत् आयोजनाका सुरुङमा खोजी तीव्र

भोटेकोशी बाढी : हवाई उद्धारबाट ३,९२५ जनाको उद्धार, जलविद्युत् आयोजनाका सुरुङमा खोजी तीव्र...

भोटेकोशी बाढीमा ११ हजार ९९३ जनाको उद्धार, ३ हजार ९१६ अझै सम्पर्कविहीन

भोटेकोशी बाढीमा ११ हजार ९९३ जनाको उद्धार, ३ हजार ९१६ अझै सम्पर्कविहीन

भोटेकोशी बाढीमा ११ हजार ९९३ जनाको उद्धार, ३ हजार ९१६ अझै सम्पर्कविहीन...

पहिचान भएका शव घरसम्म पुर्‍याउने जिम्मा जिल्ला विपद् व्यवस्थापन समितिलाई

पहिचान भएका शव घरसम्म पुर्‍याउने जिम्मा जिल्ला विपद् व्यवस्थापन समितिलाई

पहिचान भएका शव घरसम्म पुर्‍याउने जिम्मा जिल्ला विपद् व्यवस्थापन समितिलाई...

मुख्य राजमार्गका विभिन्न खण्डमा यातायात अवरुद्ध, रसुवा र धादिङमा बढी समस्या

मुख्य राजमार्गका विभिन्न खण्डमा यातायात अवरुद्ध, रसुवा र धादिङमा बढी समस्या

मुख्य राजमार्गका विभिन्न खण्डमा यातायात अवरुद्ध, रसुवा र धादिङमा बढी समस्या...

रसुवाको टिमुरेमा रियल–टाइम बाढी निगरानी सुरु हुँदै

रसुवाको टिमुरेमा रियल–टाइम बाढी निगरानी सुरु हुँदै

रसुवाको टिमुरेमा रियल–टाइम बाढी निगरानी सुरु हुँदै...

टनेल उद्धारमा तीव्रता, एक शव फेला; आज १०९ जनाको हवाई उद्धार

टनेल उद्धारमा तीव्रता, एक शव फेला; आज १०९ जनाको हवाई उद्धार

टनेल उद्धारमा तीव्रता, एक शव फेला; आज १०९ जनाको हवाई उद्धार...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्