३१ जेठ २०८३, आइतबार

विश्व सर्वाइकल क्यान्सर उन्मूलन दिवसमा दक्षिण–पूर्वी एशियालाई ‘ढीला’ नगर्न विश्व स्वास्थ्य संगठनकाे आह्वान


अ+
अ-

काठमाडौं, मंसिर १ । हरेक दुई मिनेटमा एक महिलाको ज्यान लिने, तर रोकथाम र उपचार दुवै सम्भव रहेको सर्वाइकल क्यान्सरबारे विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) दक्षिण–पूर्वी एशिया क्षेत्रीय कार्यालयले विश्व सर्वाइकल क्यान्सर उन्मूलन दिवसका अवसरमा तत्काल कदम चाल्न सबैलाई आग्रह गरेको छ।

डब्लुएचओका दक्षिण–पूर्वी एशिया क्षेत्रीय कार्यवाहक प्रमुख डा. क्याथरिना ब्योम्हेका अनुसार सन् २०२२ मा मात्र क्षेत्रभर १ लाख ६० हजार नयाँ बिरामी र १ लाख मृत्यु दर्ता भएका थिए, जुन विश्वभारको करिब एक चौथाइ हो। “अब कार्य गर्ने समय हो, सर्वाइकल क्यान्सर समाप्त गर्ने समय हो,” उनले आफ्नो सन्देशमा उल्लेख गरेकी छन्।

२०३० का लागि तीन महत्त्वाकांक्षी लक्ष्य

डब्लुएचओले सर्वाइकल क्यान्सर उन्मूलनका लागि सन् २०३० सम्म हासिल गर्नुपर्ने लक्ष्य तय गरेको छ । जसमा- खोप: १५ वर्ष उमेरभित्र ९० प्रतिशत किशोरीले एचपीभी (HPV) खोप लगाइसक्ने, स्क्रिनिङ: ३५ र ४५ वर्षमा ७० प्रतिशत महिलाले उच्च–गुणस्तरको परीक्षणमार्फत स्क्रिनिङ गर्ने र उपचार: प्रि–क्यान्सर अवस्थाका ९० प्रतिशत तथा इन्भेसिभ क्यान्सर भएका ९० प्रतिशत महिलाले उपचार पाउने रहेका छन् ।

क्षेत्रीय प्रगतिः भुटान लक्ष्यमा पुग्ने पहिलो देश

दक्षिण–पूर्वी एशियाली मुलुकहरूले ‘सार्वजनिक स्वास्थ्य समस्या’का रूपमा सर्वाइकल क्यान्सर समाप्त गर्ने साझा दृष्टिकोणअन्तर्गत उल्लेखनीय प्रगति गरेको डब्लुएचओले जनाएको छ। भुटानले २०३० को सबै अन्तरिम लक्ष्य पूरा गरिसकेको छ।

थाइल्यान्डले ‘क्यान्सर एनीवेयर’ कार्यक्रममार्फत उपचार सेवालाई स्थानीयस्तरसम्म पु¥याएको छ। आठ देशमा एचपीभी खोप राष्ट्रियस्तरमा प्रारम्भ भइसकेको छ। छ देशमा जनसङ्ख्याभित्र स्क्रिनिङ कार्यक्रम सुरु छन्।

तर अधिकांश मुलुकमा खोप र स्क्रिनिङको पहुँच अझै लक्ष्यभन्दा निकै कम रहेको, र उपचार सेवाको गुणस्तर सुनिश्चित गर्न चुनौती बाँकी रहेको डब्लुएचओले बताएको छ।

डब्लुएचओको आह्वान: खोप, स्क्रिनिङ र उपचारमा गति आवश्यक

खोप, परीक्षण र उपचारलाई सुदृढ गर्ने उद्देश्यसहित डब्लुएचओले सदस्य राष्ट्र र साझेदारहरूलाई विशेष कदम उठाउन आग्रह गरेको छ । जसमा एचपीभी खोपको पहुँच ९० प्रतिशतभन्दा माथि पुर्‍याउन, लागत घटाउने र आवश्यक ठाउँमा एकल–डोज लागू गर्न; स्क्रिनिङको गुणस्तर र पहुँच विस्तार गर्न, प्रजनन स्वास्थ्य सेवामा एकीकृत गर्ने, उच्च–प्रदर्शन परीक्षण तथा सेल्फ–स्याम्प्लिङ प्रविधि ल्याउने उल्लेख गरेकाे छ ।

यस्तै, इन्भेसिभ क्यान्सरको उपचारका लागि आवश्यक विशेषज्ञ, उपकरण र औषधि सुनिश्चित गर्न; सम्पूर्ण सेवालाई सार्वभौमिक स्वास्थ्य सुरक्षा योजनामा समावेश गर्न र पहिलो ‘विश्व सर्वाइकल क्यान्सर उन्मूलन दिवस’, प्रतिबद्धताप्रति फेरि जोड दिन आग्रह गरेकाे छ

यस वर्ष विश्व स्वास्थ्य सभा (WHA) ले सर्वाइकल क्यान्सरलाई सार्वजनिक स्वास्थ्य समस्या रूपमा समाप्त गर्ने प्रस्ताव पारित गरेसँगै आज पहिलोपटक विश्व सर्वाइकल क्यान्सर उन्मूलन दिवस मनाइँदैछ।

डा. ब्योम्हेले दक्षिण–पूर्वी एशियाको ‘रोडम्याप फर रिजल्ट्स एन्ड रेसिलिएन्स’ ले क्षेत्रका महिला तथा किशोरीहरूको स्वास्थ्यमा अग्रसर भूमिका निर्वाह गरिरहेको उल्लेख गर्दै भनिन्— “हामी सबैले ढीला नगरी अघि बढ्नुपर्छ। सँगै काम गरेपछि मात्र कुनै महिला सर्वाइकल क्यान्सर जस्तै रोकथाम योग्य रोगले ज्यान गुमाउनु पर्दैन।”

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
काठमाडौं महानगरपालिकाभित्र १२८ ठाउँमा डुवानको जोखिम पहिचान

काठमाडौं महानगरपालिकाभित्र १२८ ठाउँमा डुवानको जोखिम पहिचान

काठमाडौं महानगरपालिकाभित्र १२८ ठाउँमा डुवानको जोखिम पहिचान...

बुद्धका धातु, रामग्राम र श्रद्धाको दर्शन

बुद्धका धातु, रामग्राम र श्रद्धाको दर्शन

बुद्धका धातु, रामग्राम र श्रद्धाको दर्शन...

एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक

एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक

एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक...

मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८  बालबालिकाको उद्धार गरी पुनःस्थापना

मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८ बालबालिकाको उद्धार गरी पुनःस्थापना

मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८ बालबालिकाको उद्धार गरी पुनःस्थापना...

आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, कोशीका केही स्थानमा भारी वर्षा हुन सक्ने

आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, कोशीका केही स्थानमा भारी वर्षा हुन सक्ने

आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, कोशीका केही स्थानमा भारी वर्षा हुन सक्ने...

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्