नेपाली इन्जिनियर सुरज गाैतमलाई एशियाली ‘यंग इन्जिनियर प्रोफेशनल एचिभमेन्ट अवार्ड’

काठमाडौं, कार्तिक १२ । नेपाली इन्जिनियर सुरज गाैतमले एशियाली स्तरमा प्रतिष्ठित ” याेङ इन्जिनियर प्राेफेशनल अचिभमेन्ट अवार्ड” प्राप्त गरेका छन्। यो पुरस्कार एशियन सिभिल इन्जिनियरिङ काेअर्डिनेटिङ काउन्सिल (ACECC) ले दक्षिण कोरियाको जेजुमा सम्पन्न CECAR10 सम्मेलनकाे अवसरमा प्रदान गरेको हो।
पुरस्कार प्राप्त इन्जिनियर सुरजले नेपालमै बसेर अनुसन्धान, नवप्रवर्तन र स्थानीय ज्ञानमा आधारित प्राविधिक समाधान विकास गर्ने यात्रालाई निरन्तरता दिँदै आएका छन्। उनले विगत एक दशकदेखि फेलोशिप, इनोभेशन, नागरिक विज्ञान र फ्रन्टियर टेक्नोलोजी प्रवर्द्धनमा योगदान पुर्याउँदै आएका छन्।
उनकाे नेतृत्वमा नेपालमा जलवायु र विपद् व्यवस्थापनमा आधारित डिजिटल प्रविधिहरू — Digital and Spatial Technologies for Anticipatory Action — सफलतापूर्वक विकास गरी नेपाल, बङ्गलादेश र अफ्रिकी देशहरूमा विस्तार भइरहेको छ।
गोरखा भूकम्पदेखि लिएर मेलम्चीकाे डिब्री फ्लो, कोभिड–१९ महामारी, २०२४ को क्लाउडबर्स्ट र बारम्बारकाे मनसुनजन्य विपदसम्मका चुनौतीहरूमा उनले विभिन्न टोली र समुदायहरूसँग मिलेर सक्रिय भूमिका खेलेका छन्।
यस्तै, उनले ACECC Future Leaders र U-Inspire Alliance जस्ता अन्तर्राष्ट्रिय मञ्चमार्फत १७ देशका युवाअभियन्ता र १४ राष्ट्रिय अध्यायका युवाहरूसँग सहकार्य गर्दै नवप्रवर्तन र दिगोपनाको सन्देश फैलाउँदै आएका छन्।

Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment