१६ भदौ २०८३, बुधबार

पश्चिमी वायू र समुद्री न्यूनचापको प्रभाव : देशका धेरै ठाउँमा वर्षा र हिमपात, बिहिबारदेखि अर्को चक्रवात ‘मोन्था’ को सम्भावित असर


अ+
अ-

काठमाडौं, कार्तिक ११ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज (मंगलबार) देशभर साधारणतया बदली रहने छ। विशेषगरी गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा मध्यम वर्षा वा हिमपातको सम्भावना छ भने बागमती, गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा भारी वर्षा वा हिमपात हुनसक्ने अनुमान गरिएको छ।

आज राति पनि कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश लगायतका पहाडी भू–भागमा बदली रहिरहनेछ भने तराईका अधिकांश भागमा आंशिक बदली रहने सम्भावना छ। मौसमविद्हरूका अनुसार गण्डकी, बागमती र कर्णालीका हिमाली क्षेत्रमा आज रातिसम्म पनि मध्यमदेखि भारी वर्षा र हिमपात हुन सक्छ।

विभागका अनुसार हाल देशमा पश्चिमी वायू प्रणाली को प्रभावसँगै अरब सागरमा बनेको न्यून चापीय क्षेत्र सक्रिय रहेको छ। यही प्रणालीका कारण पछिल्ला दुई दिनदेखि देशका पश्चिमी तथा मध्य भागमा व्यापक वर्षा र हिमपात भइरहेको छ।

मौसमविद् उज्ज्वल न्यौपाने का अनुसार हाल पश्चिममा अरब सागर र पूर्वमा अण्डमान सागर दुवैतर्फ समुद्री आँधी सक्रिय छन्। अरब सागर तर्फको चक्रवातले आज गण्डकी र कर्णाली प्रदेशका धेरै स्थानमा भारी वर्षा र हिमपात गराइरहेको छ।

“मुगु, डोल्पा, हुम्ला, जुम्ला, मनाङ र मुस्ताङसहितका हिमाली क्षेत्रमा अहिले लगातार भारी हिमपात भइरहेको छ,” न्यौपानेले बताए, “यसको प्रभाव काठमाडौं लगायत तराई र पूर्वी क्षेत्रमा पनि परेको छ, तर आज रातिसम्म यो प्रणाली कमजोर हुँदै जाने र भोली (बुधबार) देखि मौसम सुधार हुने देखिन्छ।”

न्यौपानेका अनुसार बुधबारदेखि मौसममा सुधार आउँदै जानेछ र काठमाडौंसहित धेरै भागमा घाम लाग्ने भएकाले न्यानोपन अनुभव हुनेछ। बिहिबार बिहान पनि मौसम खुला रहने अनुमान गरिएको छ।

तर, उनले अर्को संभावित जोखिमको चेतावनी पनि दिएका छन्। उनका अनुसार भारतको कर्नाटक र उडिसा तर्फ सक्रिय रहेको ‘मोन्था’ नामक नयाँ चक्रवातीय आँधी बिहिबार साँझतिर नेपाल प्रवेश गर्ने देखिएको छ।

यो चक्रवात पर्सा, बारा, रौतहट र सर्लाही हुँदै प्रवेश गर्ने सम्भावना रहेको छ, जसले ती जिल्लासहित बागमती र गण्डकी प्रदेशमा पनि मध्यमदेखि भारी वर्षा गराउने सम्भावना छ।

“पर्सादेखि सुन्सरीसम्मको तराई क्षेत्र, र त्यसको उत्तरी पहाडी भागमा समेत भारी वर्षा र हिमपात हुनसक्छ,” न्यौपानेले चेतावनी दिए।

उनका अनुसार रोल्वालिङ, सगरमाथा र मकालु–बरुण क्षेत्रमा बिहिबार र शुक्रबारसम्म पदयात्रा स्थगित गर्नु उपयुक्त हुनेछ। त्यस्तै, बिहिबार मध्यान्हदेखि शुक्रबार मध्यान्हसम्म बीपी राजमार्ग, पृथ्वी राजमार्ग र काठमाडौं–हेटौंडा जोड्ने सडकमार्गहरूमा यात्रा नगर्न उनले आग्रह गरेका छन्।

मौसमविद्हरूका अनुसार उक्त चक्रवातीय प्रभाव शनिबारसम्म क्रमशः कमजोर हुँदै जाने र त्यसपछि देशभर घमाइलो तथा स्थिर मौसम कायम हुने अनुमान गरिएको छ।

बिहिबारदेखि शुक्रबारसम्म उच्च पहाडी यात्रा, पदयात्रा तथा लामो दूरीका सडकयात्रामा सचेत रहनु विभागले आग्रह गरेको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

मेगु पोस्त: नेवाः टाइम्स

छिं लेखकाः मेगु लेख
मुख्य राजमार्गका विभिन्न खण्डमा यातायात अवरुद्ध, रसुवा र धादिङमा बढी समस्या

मुख्य राजमार्गका विभिन्न खण्डमा यातायात अवरुद्ध, रसुवा र धादिङमा बढी समस्या

मुख्य राजमार्गका विभिन्न खण्डमा यातायात अवरुद्ध, रसुवा र धादिङमा बढी समस्या...

रसुवाको टिमुरेमा रियल–टाइम बाढी निगरानी सुरु हुँदै

रसुवाको टिमुरेमा रियल–टाइम बाढी निगरानी सुरु हुँदै

रसुवाको टिमुरेमा रियल–टाइम बाढी निगरानी सुरु हुँदै...

टनेल उद्धारमा तीव्रता, एक शव फेला; आज १०९ जनाको हवाई उद्धार

टनेल उद्धारमा तीव्रता, एक शव फेला; आज १०९ जनाको हवाई उद्धार

टनेल उद्धारमा तीव्रता, एक शव फेला; आज १०९ जनाको हवाई उद्धार...

भोटेकोशी बाढीको छैटौँ दिन : ११ हजार ३७९ जनाको उद्धार, ३९२५ अझै सम्पर्कविहीन

भोटेकोशी बाढीको छैटौँ दिन : ११ हजार ३७९ जनाको उद्धार, ३९२५ अझै सम्पर्कविहीन

भोटेकोशी बाढीको छैटौँ दिन : ११ हजार ३७९ जनाको उद्धार, ३९२५ अझै सम्पर्कविहीन...

रसुवा बाढीमा ७८१ जनाको शव फेला, ९ हजार ४३५ जनाको उद्धार : प्रधानमन्त्री शाह

रसुवा बाढीमा ७८१ जनाको शव फेला, ९ हजार ४३५ जनाको उद्धार : प्रधानमन्त्री शाह

रसुवा बाढीमा ७८१ जनाको शव फेला, ९ हजार ४३५ जनाको उद्धार : प्रधानमन्त्री शाह...

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङमा उद्धार प्रयास तीव्र, ब्लास्टिङको तयारी

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङमा उद्धार प्रयास तीव्र, ब्लास्टिङको तयारी

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङमा उद्धार प्रयास तीव्र, ब्लास्टिङको तयारी...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्