३१ जेठ २०८३, आइतबार

तीन दिनको भारी वर्षा पछि मौसम सुधार, तर सप्तकोशीमा अझै खतरा तहको बहाव


अ+
अ-

काठमाडौं, असोज १९ । बंगालको खाडीबाट विकसित न्यून चापीय प्रणालीको प्रभावले तीन दिनदेखि देशका पूर्वी र दक्षिणी भूभागमा व्यापक वर्षा गराएपछि आइतबार बिहानदेखि मौसम क्रमशः सुधार हुँदै गएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार असोज १७ गतेदेखि १९ गते बिहानसम्म मनसुन सक्रिय रहँदा मधेश र बागमती प्रदेशका अधिकांश स्थानमा भारीदेखि अति भारी वर्षा, र कोशी प्रदेशमा मध्यमदेखि अति भारी वर्षा मापन भएको छ।

गत २४ घण्टामा (असोज १८ बिहान ४:३० देखि असोज १९ बिहान ४:३० सम्म) सबैभन्दा धेरै वर्षा रौतहटको महेशपुर केन्द्रमा ३५८ मिमी मापन भएको विभागले जनाएको छ।

असोज १९ गते बिहान ८:४५ बजेसम्म २९५ वर्षा मापन केन्द्रहरूमध्ये १८६ वटामा वर्षा मापन गरिएको थियो। तीमध्ये १०५ केन्द्रमा ५० मिमी भन्दा बढी, ६८ केन्द्रमा १०० मिमी भन्दा बढी, २१ केन्द्रमा २०० मिमी भन्दा बढी र ५ केन्द्रमा ३०० मिमीभन्दा बढी वर्षा भएको छ।

३०० मिमीभन्दा बढी वर्षा भएका केन्द्रहरूमा इलामको हिमाली गाउँ (३३२.६ मिमी), कन्याम टी स्टेट (३१४.२ मिमी), पर्साको मुडली (३२८.६ मिमी), रौतहटको महेशपुर (३२८.० मिमी) र गौर (३१५.० मिमी) रहेका छन्।

विभागका अनुसार लगातारको वर्षाका कारण असोज १८ गते अपरान्हदेखि बागमती, विशुती, पूर्वी राप्ती, लालबकैया, कमला लगायतका नदीहरूले सतर्कता तह पार गरेका थिए, तर हाल ती नदीहरूको बहाव क्रमशः घट्दै गएको छ।

तर, सप्तकोशी नदीले शनिबार बिहान खतरा तह पार गरेको र यसका सहायक नदीहरू — तमोर, सुनकोशी र अरुण — मा समेत बहाव उच्च रहेर अहिले घट्दो क्रममा रहेको विभागले जनाएको छ।

त्यस्तै, चुरे र महाभारत क्षेत्रबाट उद्गम हुने कन्काई, बुडीखोला, लोहन्दा, खेरालैया र विरिङजस्ता नदीहरूमा पनि खतरा तह पार गरी हाल घट्दो अवस्था देखिएको छ।

कोशी नदीको चतरा केन्द्रमा बहाव हाल स्थिर तर खतरा तह नजिक रहेको जनाउँदै विभागले असोज २० गते मध्यान्हसम्म नदी तटीय क्षेत्र र डुबान जोखिम भएका स्थानहरूमा सतर्कता अपनाउन आग्रह गरेको छ।

विभागका मौसम विज्ञहरूका अनुसार वर्षा गराउने न्यून चापीय प्रणाली अहिले नेपालबाट बहिसक्दा मनसुन कमजोर भइसकेको र मौसममा सुधार आएको छ। तथापि, मनसुन अझै समाप्त भइसकेको छैन, त्यसैले सतर्कता जारी राख्न सुझाव दिइएको छ।

जल तथा मौसम विज्ञान विभागका महानिर्देशक विभूति पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “विभागले मौसम र बाढीको अवस्थाको नियमित अनुगमन गर्दैछ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
काठमाडौं महानगरपालिकाभित्र १२८ ठाउँमा डुवानको जोखिम पहिचान

काठमाडौं महानगरपालिकाभित्र १२८ ठाउँमा डुवानको जोखिम पहिचान

काठमाडौं महानगरपालिकाभित्र १२८ ठाउँमा डुवानको जोखिम पहिचान...

बुद्धकाे अस्तिधातु र यसकाे महत्व

बुद्धकाे अस्तिधातु र यसकाे महत्व

बुद्धका धातु, रामग्राम र श्रद्धाको दर्शन...

एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक

एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक

एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक...

मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८  बालबालिकाको उद्धार गरी पुनःस्थापना

मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८ बालबालिकाको उद्धार गरी पुनःस्थापना

मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८ बालबालिकाको उद्धार गरी पुनःस्थापना...

आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, कोशीका केही स्थानमा भारी वर्षा हुन सक्ने

आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, कोशीका केही स्थानमा भारी वर्षा हुन सक्ने

आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, कोशीका केही स्थानमा भारी वर्षा हुन सक्ने...

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्