१६ भदौ २०८३, बुधबार

बाढी पहिराे पीडितकाे खाेजी तथा उद्दारकाे लागि कूटनीतिक पहलकाे माग


अ+
अ-

काठमाडौं, साउन २४ । भारतको उत्तराखण्ड प्रदेश उत्तरकाशी जिल्लाको धरालीमा ५ अगस्टमा गएको बाढी पहिरोपश्चात् हराएका नेपाली समुदायकाे खाेजी तथा उद्दारका लागि सरकारले कूटनीतिक पहल गर्न राष्ट्रिय सभाका सदस्य गरिमा शाहले माग गरेकी छन् ।

हिजोको राष्ट्रिय सभाकाे बैठकमा बाेल्दै सदस्य शाहले उक्त माग गरेकी हुन् ।

स्मरणीय छ, धरालीमा ५ अगस्टमा गएको बाढी पहिरोपश्चात् ५ जना नेपालीहरू हराइरहेका तथा घाइते भएका ४ जना नेपालीहरूमध्ये उपचारपछि ३ जना घर फर्केको र १ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको उत्तराखण्ड प्रहरीले जनाएको छ।

साेही घटनालाई लिएर भारतस्थित नेपाली दुतावासले जारी गरेकाे विज्ञप्तिअनुसार जिवित उद्धार गरिएका तथा मृतकको सूचिमा कुनै पनि नेपाली नागरिक रहेका छैनन् ।

भारतको उत्तराखण्ड प्रदेश उत्तरकाशी जिल्लाको धरालीमा गए‌को भिषण बाढी पहिरोका कारण भएको धनजनको क्षतिवारे उत्तराखण्ड प्रहरीले राजदूतावासलाई उपलब्ध गराएको जानकारी अनुसार हालसम्म ३७२ जनाको सकुशल उद्धार गरिएको र घटनास्थलबाट २ जनाको शव प्राप्त भएको थियाे।

साथै, उक्त बाढी पहिरोपश्चात् त्यस क्षेत्रमा रहेका नेपालीहरूको अवस्था, हराइरहेका नेपालीहरूको खोजी तथा उद्धार, घाइतेहरूको उपचार एवं अन्य आवश्यक सहयोगका लागि राजदूतावासले निरन्तर रुपमा उत्तराखण्ड सरकारका सम्बन्धित निकायहरू तथा भारत सरकारको विदेश मन्त्रालयसँग समन्वय गरिरहेको विज्ञप्तिमा उल्लेख छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

मेगु पोस्त: नेवाः टाइम्स

छिं लेखकाः मेगु लेख
मुख्य राजमार्गका विभिन्न खण्डमा यातायात अवरुद्ध, रसुवा र धादिङमा बढी समस्या

मुख्य राजमार्गका विभिन्न खण्डमा यातायात अवरुद्ध, रसुवा र धादिङमा बढी समस्या

मुख्य राजमार्गका विभिन्न खण्डमा यातायात अवरुद्ध, रसुवा र धादिङमा बढी समस्या...

रसुवाको टिमुरेमा रियल–टाइम बाढी निगरानी सुरु हुँदै

रसुवाको टिमुरेमा रियल–टाइम बाढी निगरानी सुरु हुँदै

रसुवाको टिमुरेमा रियल–टाइम बाढी निगरानी सुरु हुँदै...

टनेल उद्धारमा तीव्रता, एक शव फेला; आज १०९ जनाको हवाई उद्धार

टनेल उद्धारमा तीव्रता, एक शव फेला; आज १०९ जनाको हवाई उद्धार

टनेल उद्धारमा तीव्रता, एक शव फेला; आज १०९ जनाको हवाई उद्धार...

भोटेकोशी बाढीको छैटौँ दिन : ११ हजार ३७९ जनाको उद्धार, ३९२५ अझै सम्पर्कविहीन

भोटेकोशी बाढीको छैटौँ दिन : ११ हजार ३७९ जनाको उद्धार, ३९२५ अझै सम्पर्कविहीन

भोटेकोशी बाढीको छैटौँ दिन : ११ हजार ३७९ जनाको उद्धार, ३९२५ अझै सम्पर्कविहीन...

रसुवा बाढीमा ७८१ जनाको शव फेला, ९ हजार ४३५ जनाको उद्धार : प्रधानमन्त्री शाह

रसुवा बाढीमा ७८१ जनाको शव फेला, ९ हजार ४३५ जनाको उद्धार : प्रधानमन्त्री शाह

रसुवा बाढीमा ७८१ जनाको शव फेला, ९ हजार ४३५ जनाको उद्धार : प्रधानमन्त्री शाह...

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङमा उद्धार प्रयास तीव्र, ब्लास्टिङको तयारी

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङमा उद्धार प्रयास तीव्र, ब्लास्टिङको तयारी

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङमा उद्धार प्रयास तीव्र, ब्लास्टिङको तयारी...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्