१५ भदौ २०८३, मंगलबार

चिकित्सा शिक्षामा अतिरिक्त सिट, करिब साढे तीन अर्ब रुपैयाँ देशमै रोकिने


अ+
अ-

काठमाडौं, साउन ३० । प्रधानमन्त्री के.पी. शर्मा ओलीले नेपालमै चिकित्सा शिक्षा अध्ययनका अवसर विस्तार गर्न सरकारले ऐतिहासिक निर्णय गरेको बताएका छन्।

आफ्नाे फेसबुक स्टाटसमा गत वर्ष मात्र स्नातक तहको चिकित्सा शिक्षा अध्ययनका लागि एक हजार छ सय ५५ नेपाली विद्यार्थीले विदेश जाने अनुमति पत्र लिएको तथ्याङ्क प्रस्तुत गर्दै उनले लेखेका छन्, “यो केवल आर्थिक नोक्सानी मात्र होइन, युवाशक्ति र भविष्यको सम्भावना पनि देशबाहिर पलायन हुने दुःखद चित्र हो।” अरु विषयका लागि विदेश जाने विद्यार्थीको संख्या दशौं हजारमा पुग्ने उनले उल्लेख गरे।

ओलीका अनुसार, हिजो चिकित्सा शिक्षा आयोगको निर्णयअनुसार एमबीबीएस, बीडीएस, बी फर्मा, डीएम, एमसीएच लगायत तहमा एक हजार तीन सय ५९ अतिरिक्त सिट थप्ने अनुमति दिइएको छ। यस कदमले मात्र शुल्कमा करिब ३ अर्ब १२ करोड रुपैयाँ विदेशिनबाट रोक्ने र वार्षिक साढे तीन अर्ब रुपैयाँसम्म देशभित्रै रहने अनुमान गरिएको छ।

उनका अनुसार, यस निर्णयले अभिभावकको आँखा रसाउने परदेश यात्रा कम गर्ने, विदेशिने लामो ‘एयरपोर्ट लाइन’ घटाउने र नेपालमै सक्षम चिकित्सक तयार गर्ने बाटो खोल्नेछ।

तर, प्रधानमन्त्री ओलीले यस निर्णयलाई समेत गलत अर्थ लगाउने प्रवृत्ति देखिएको टिप्पणी गरेका छन्। “अस्ति संसदमा पनि यस्तै पेशेवर ‘मास म्यानुपुलेसन’ को कुरा उठाएको थिएँ,” उनले लेखेका छन्, “पेशेवर ‘मिडिया म्यानुपुलेटर’ लाई आफ्नो द्रव्यदाता रिझाउन परेको अप्ठेरोप्रति सहानुभूति छ।”

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
मुख्य राजमार्गका विभिन्न खण्डमा यातायात अवरुद्ध, रसुवा र धादिङमा बढी समस्या

मुख्य राजमार्गका विभिन्न खण्डमा यातायात अवरुद्ध, रसुवा र धादिङमा बढी समस्या

मुख्य राजमार्गका विभिन्न खण्डमा यातायात अवरुद्ध, रसुवा र धादिङमा बढी समस्या...

रसुवाको टिमुरेमा रियल–टाइम बाढी निगरानी सुरु हुँदै

रसुवाको टिमुरेमा रियल–टाइम बाढी निगरानी सुरु हुँदै

रसुवाको टिमुरेमा रियल–टाइम बाढी निगरानी सुरु हुँदै...

टनेल उद्धारमा तीव्रता, एक शव फेला; आज १०९ जनाको हवाई उद्धार

टनेल उद्धारमा तीव्रता, एक शव फेला; आज १०९ जनाको हवाई उद्धार

टनेल उद्धारमा तीव्रता, एक शव फेला; आज १०९ जनाको हवाई उद्धार...

भोटेकोशी बाढीको छैटौँ दिन : ११ हजार ३७९ जनाको उद्धार, ३९२५ अझै सम्पर्कविहीन

भोटेकोशी बाढीको छैटौँ दिन : ११ हजार ३७९ जनाको उद्धार, ३९२५ अझै सम्पर्कविहीन

भोटेकोशी बाढीको छैटौँ दिन : ११ हजार ३७९ जनाको उद्धार, ३९२५ अझै सम्पर्कविहीन...

रसुवा बाढीमा ७८१ जनाको शव फेला, ९ हजार ४३५ जनाको उद्धार : प्रधानमन्त्री शाह

रसुवा बाढीमा ७८१ जनाको शव फेला, ९ हजार ४३५ जनाको उद्धार : प्रधानमन्त्री शाह

रसुवा बाढीमा ७८१ जनाको शव फेला, ९ हजार ४३५ जनाको उद्धार : प्रधानमन्त्री शाह...

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङमा उद्धार प्रयास तीव्र, ब्लास्टिङको तयारी

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङमा उद्धार प्रयास तीव्र, ब्लास्टिङको तयारी

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङमा उद्धार प्रयास तीव्र, ब्लास्टिङको तयारी...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्