२९ असोज २०८३, बिहिबार

नापजाँच सकिएको ११ वर्षपछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा


अ
अ+
अ-

धनुषा, भदौ २९ । धनुषाको हंसपुर नगरपालिका–५, साविक सुगा निकास गाउँ विकास समिति क्षेत्रका ३६५ परिवारले नापजाँच सम्पन्न भएको करिब ११ वर्षपछि जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्।
नापी कार्यालय धनुषाले आवश्यक प्रक्रिया पूरा गरी लामो समयदेखि लालपुर्जाको प्रतीक्षामा रहेका स्थानीयलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरेको हो। लालपुर्जा पाएपछि वर्षौंदेखि जग्गाको स्वामित्वसम्बन्धी कागजातको प्रतीक्षामा रहेका परिवारलाई आफ्नो जग्गाको कानुनी स्वामित्व स्थापित गर्न सहज भएको छ।
यसअघि धनुषाका विभिन्न क्षेत्रमा ३ हजार ६०१ परिवारलाई लालपुर्जा वितरण गरिएको थियो। बाँकी रहेका परिवारको हकमा पनि आवश्यक प्रक्रिया पूरा गरी जग्गाधनी प्रमाण पुर्जा उपलब्ध गराउने काम अघि बढाइएको भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको सचिवालयले जनाएको छ।
लामो समयदेखि नापजाँच भएर पनि लालपुर्जा पाउन नसकेका परिवारलाई पुर्जा वितरण भएपछि जग्गाको स्वामित्व हस्तान्तरण, बैंक तथा वित्तीय संस्थाबाट ऋण लिनेलगायतका काममा समेत सहज हुने अपेक्षा गरिएको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
उङ्दिलुङ खोलामा हिमपहिरो र ठूलो पहिरो जाँदा बुढीगण्डकीमा पटक–पटक बाढी

उङ्दिलुङ खोलामा हिमपहिरो र ठूलो पहिरो जाँदा बुढीगण्डकीमा पटक–पटक बाढी

उङ्दिलुङ खोलामा हिमपहिरो र ठूलो पहिरो जाँदा बुढीगण्डकीमा पटक–पटक बाढी...

विपद् सम्मेलनको निष्कर्ष कार्यान्वयनमा लैजान एनडिआरआरएमएका कार्यकारी प्रमुख उप्रेतीको जोड

विपद् सम्मेलनको निष्कर्ष कार्यान्वयनमा लैजान एनडिआरआरएमएका कार्यकारी प्रमुख उप्रेतीको जोड

विपद् सम्मेलनको निष्कर्ष कार्यान्वयनमा लैजान एनडिआरआरएमएका कार्यकारी प्रमुख उप्रेतीको जोड...

बाढी प्रभावितको गुनासोः ५० दिन भयो, राहत आएन

बाढी प्रभावितको गुनासोः ५० दिन भयो, राहत आएन

बाढी प्रभावितको गुनासोः ५० दिन भयो, राहत आएन...

विपद् प्रतिकार्यमा महिला, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिको आवश्यकता पहिचानमा जोड

विपद् प्रतिकार्यमा महिला, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिको आवश्यकता पहिचानमा जोड

विपद् प्रतिकार्यमा महिला, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिको आवश्यकता पहिचानमा जोड...

बिसे नगर्ची र बाङ्गे सार्कीको सम्मानमा हुलाक टिकट प्रकाशन

बिसे नगर्ची र बाङ्गे सार्कीको सम्मानमा हुलाक टिकट प्रकाशन

बिसे नगर्ची र बाङ्गे सार्कीको सम्मानमा हुलाक टिकट प्रकाशन...

विपद् जोखिम न्यूनीकरणका कानुन र विकासको मोडल पुनरावलोकन गर्नुपर्नेमा जोड

विपद् जोखिम न्यूनीकरणका कानुन र विकासको मोडल पुनरावलोकन गर्नुपर्नेमा जोड

विपद् जोखिम न्यूनीकरणका कानुन र विकासको मोडल पुनरावलोकन गर्नुपर्नेमा जोड...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्