काठमाडौं, भदौ २७ । रसुवासहित बाढीका कारण विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएका पाँच जिल्लाका प्रभावित परिवारलाई बसोबास र जीविकोपार्जनका लागि सरकारले तत्काल राहत उपलब्ध गराउने भएको छ।
नेपाल सरकार, मन्त्रिपरिषद्को भदौ २५ गतेको निर्णयअनुसार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई राहत उपलब्ध गराउन पत्राचार गरेको हो।
रसुवा, नुवाकोट, धादिङ, तनहुँ र गोरखाका १५ स्थानीय तहमा पूर्ण रूपमा क्षति भई बसोवास अयोग्य भएका निजी आवासका प्रभावित परिवारले वैकल्पिक बसोवासको व्यवस्था नहुन्जेल यस्तो राहत पाउनेछन्। होल्डिङ सेन्टरमा नबसी निजी ढङ्गले अस्थायी बसोवास व्यवस्थापन गर्न चाहने परिवारलाई ६ महिनासम्म राहत उपलब्ध गराइनेछ।
चार जनासम्म सदस्य भएको परिवारलाई प्रति परिवार प्रतिमहिना १५ हजार रुपैयाँ उपलब्ध गराइनेछ। चार जनाभन्दा बढी सदस्य भएको परिवारका लागि चार जनाभन्दा बढी प्रत्येक सदस्यबापत प्रतिमहिना थप दुई हजार रुपैयाँ उपलब्ध गराउने व्यवस्था गरिएको छ।
प्राधिकरणका अनुसार मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनका लागि आज सम्बन्धित सबै जिल्ला प्रशासन कार्यालयमा पत्राचार गरिएको हो।
अन्य लेखहरू: नेवाः टाइम्स
उङ्दिलुङ खोलामा हिमपहिरो र ठूलो पहिरो जाँदा बुढीगण्डकीमा पटक–पटक बाढी
उङ्दिलुङ खोलामा हिमपहिरो र ठूलो पहिरो जाँदा बुढीगण्डकीमा पटक–पटक बाढी...
विपद् सम्मेलनको निष्कर्ष कार्यान्वयनमा लैजान एनडिआरआरएमएका कार्यकारी प्रमुख उप्रेतीको जोड
विपद् सम्मेलनको निष्कर्ष कार्यान्वयनमा लैजान एनडिआरआरएमएका कार्यकारी प्रमुख उप्रेतीको जोड...
बाढी प्रभावितको गुनासोः ५० दिन भयो, राहत आएन
बाढी प्रभावितको गुनासोः ५० दिन भयो, राहत आएन...
विपद् प्रतिकार्यमा महिला, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिको आवश्यकता पहिचानमा जोड
विपद् प्रतिकार्यमा महिला, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिको आवश्यकता पहिचानमा जोड...
बिसे नगर्ची र बाङ्गे सार्कीको सम्मानमा हुलाक टिकट प्रकाशन
बिसे नगर्ची र बाङ्गे सार्कीको सम्मानमा हुलाक टिकट प्रकाशन...
विपद् जोखिम न्यूनीकरणका कानुन र विकासको मोडल पुनरावलोकन गर्नुपर्नेमा जोड
विपद् जोखिम न्यूनीकरणका कानुन र विकासको मोडल पुनरावलोकन गर्नुपर्नेमा जोड...
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment