१९ भदौ २०८३, शनिबार

रसुवा बाढी : मृतकको संख्या १,२८७, अझै ५,०८३ जना सम्पर्कविहीन


अ+
अ-

काठमाडौं, भदाै १९ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि खोज, उद्धार तथा राहत कार्य जारी रहँदा मानवीय क्षतिको संख्या १ हजार २८७ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार भदौ १९ गते मध्यान्ह १२ः३० बजेसम्म प्राप्त विवरणअनुसार अझै ५ हजार ८३ जना सम्पर्कविहीन छन्।
प्राधिकरणका अनुसार बाढीबाट प्रभावित विभिन्न जिल्लामा फेला परेका शवमध्ये हालसम्म ९६ जनाको मात्र सनाखत भई परिवारलाई बुझाइएको छ। शव फेला परेको स्थानका आधारमा रसुवामा १४०, नुवाकोटमा १८४, धादिङमा ६३, गोरखामा ७२, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१९, नवलपरासी पश्चिममा २१२ र चितवनमा ३५९ जनाको मानवीय क्षति भएको विवरण सार्वजनिक गरिएको छ।

त्रिशूली–३ ‘ए’ को सुरुङबाट दुई जनाको जीवित उद्धार
बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका दुई जनालाई भदौ १९ गते जीवितै उद्धार गरिएको छ। उद्धार टोलीले लामो प्रयासपछि सुरुङबाट दुई जनालाई बाहिर निकाल्न सफल भएको हो। यस घटनाले सुरुङभित्र अझै फसेका व्यक्तिहरूको जीवित उद्धारको आशा बढाएको छ। जिवित उद्दार गरिएका व्यक्तिहरूले भित्र अझै मानिस हुन सक्ने बताएका छन् ।

१३ हजारभन्दा बढीको उद्धार
प्राधिकरणका अनुसार हालसम्म १३ हजार ९३ जनाको उद्धार गरिएको छ। यसमध्ये नेपाली सेनाले ४ हजार १५५, नेपाल प्रहरीले ४ हजार ६८ र सशस्त्र प्रहरी बलले ४ हजार ८७० जनाको उद्धार गरेका छन्।
नेपाली सेनाले हालसम्म हवाई माध्यमबाट ५३० पटक उडान गरेको छ। त्यसमध्ये भदौ १९ गते मात्रै ४५ उडान गरिएको छ। काठमाडौंका निजी क्षेत्रबाट समेत १२९ पटक उडान भएको विवरणमा उल्लेख छ। उद्धार गरिएका विदेशी नागरिकको संख्या ३०३ पुगेको छ।

५ हजार ३९७ घाइतेको उपचार
बाढीमा घाइते भएका ५ हजार ३९७ जनाको उपचार गरिएको छ। विभिन्न अस्पतालमा ३०४ जना, नेपाली सेनाबाट ३ हजार २१९ जना र सशस्त्र प्रहरी बलबाट १ हजार ८७४ जनाले स्वास्थ्य उपचार पाएका छन्।

खोज तथा उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल गरी २१ हजार ४२१ सुरक्षाकर्मी परिचालन गरिएको प्राधिकरणले जनाएको छ।

४ हजार ५२१ जना होल्डिङ सेन्टरमा
उद्धार गरिएका तथा प्रभावितमध्ये हाल ४ हजार ५२१ जना होल्डिङ सेन्टरमा रहेका छन्। नुवाकोटमा ३ हजार १८१, धादिङमा १९९ र रसुवामा १ हजार १४१ जना होल्डिङ सेन्टरमा रहेको विवरण छ।

भौतिक क्षति पनि व्यापक
प्रारम्भिक विवरणअनुसार बाढीबाट ७ हजार ५७० निजी घर प्रभावित भएका छन्। सरकारी संरचनातर्फ ४८, विद्यालय १८ र स्वास्थ्य संस्था ७ वटा क्षतिग्रस्त भएका छन्। त्यस्तै ५५ किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।
पुलतर्फ ३७ वटा मोटरेबल पुल प्रभावित भएका छन्, जसमा ३३ वटा पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। साथै ६८ वटा झोलुंगे पुल क्षतिग्रस्त भएको प्रारम्भिक विवरणमा उल्लेख छ।

३ खर्ब ८७ अर्बभन्दा बढी आर्थिक क्षतिको प्रारम्भिक अनुमान
बाढीबाट भएको कुल आर्थिक क्षति तथा नोक्सानी ३ खर्ब ८७ अर्ब ४५ करोड रुपैयाँ पुगेको प्रारम्भिक अनुमान गरिएको छ। प्रारम्भिक पुनर्लाभ तथा शीघ्र पुनःस्थापनाका लागि मात्रै ७ अर्ब १५ करोड रुपैयाँ आवश्यक पर्ने अनुमान छ।
सरकारले प्रभावित क्षेत्रमा नगद राहतसमेत वितरण गरिरहेको छ। रसुवा र नुवाकोटका लागि १–१ करोड, धादिङका लागि ५० लाख तथा प्रभावित १५ पालिकाका लागि १३ करोड ५० लाख रुपैयाँ नगद राहत उपलब्ध गराइएको विवरणमा उल्लेख छ।

राहत सामग्री ढुवानी जारी
काठमाडौंंँबाट हालसम्म ६१ ट्रक र ३८ बोलेरोमार्फत प्रभावित क्षेत्रमा खाद्य तथा गैरखाद्य सामग्री पठाइएको छ। हेलिकप्टरमार्फत समेत ९ पटक उडान गरी राहत सामग्री पठाइएको प्राधिकरणले जनाएको छ। सशस्त्र प्रहरी बलले नुवाकोट र रसुवामा १६३ हवाई उडानमार्फत राहत सामग्री ढुवानी गरेको छ।

सञ्चारतर्फ नेपाल टेलिकमका कुल १२० टावरमध्ये ११६ वटा प्रभावित क्षेत्रमा परेका छन् भने एनसेलका ७८ टावरमध्ये ७५ वटा सञ्चालनमा रहेको विवरणमा उल्लेख छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

मेगु पोस्त: नेवाः टाइम्स

छिं लेखकाः मेगु लेख
मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक : मन्त्री बादी

मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक : मन्त्री बादी

मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक : मन्त्री बादी...

भोटेकोशी बाढीमा ज्यान गुमाउने सुरक्षाकर्मीका परिवारलाई राहत र सुविधा

भोटेकोशी बाढीमा ज्यान गुमाउने सुरक्षाकर्मीका परिवारलाई राहत र सुविधा

भोटेकोशी बाढीमा ज्यान गुमाउने सुरक्षाकर्मीका परिवारलाई राहत र सुविधा...

नेपाललाई दुईवटा बेली ब्रिजसहित तिब्बतबाट आपत्कालीन सहायता

नेपाललाई दुईवटा बेली ब्रिजसहित तिब्बतबाट आपत्कालीन सहायता

नेपाललाई दुईवटा बेली ब्रिजसहित तिब्बतबाट आपत्कालीन सहायता...

त्रिशूली–३ ‘ए’ को सुरुङबाट दुई जनाको जीवितै उद्धार, एक शव निकालियो

त्रिशूली–३ ‘ए’ को सुरुङबाट दुई जनाको जीवितै उद्धार, एक शव निकालियो

त्रिशूली–३ ‘ए’ को सुरुङबाट दुई जनाको जीवितै उद्धार, एक शव निकालियो...

चीनले नेपाललाई आपत्कालीन जलविज्ञानसम्बन्धी सूचना निरन्तर उपलब्ध गराउने

चीनले नेपाललाई आपत्कालीन जलविज्ञानसम्बन्धी सूचना निरन्तर उपलब्ध गराउने

चीनले नेपाललाई आपत्कालीन जलविज्ञानसम्बन्धी सूचना निरन्तर उपलब्ध गराउने...

त्रिशूली–३ ‘ए’ को सुरुङबाट दुई कर्मचारीको जीवितै उद्धार

त्रिशूली–३ ‘ए’ को सुरुङबाट दुई कर्मचारीको जीवितै उद्धार

त्रिशूली–३ ‘ए’ को सुरुङबाट दुई कर्मचारीको जीवितै उद्धार...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्