१० भदौ २०८३, बिहिबार

रसुवामा ११६ जनाको सकुशल उद्धार, थप हेलिकोप्टर तयारी अवस्थामा


अ+
अ-

काठमाडौं, भदाै ११ । रसुवाको टिमुरेमा बाढी तथा पहिरोका कारण प्रभावित क्षेत्रमा नेपाली सेनाले उद्धार अभियान तीव्र बनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत दिएको जानकारीअनुसार बिहीबार बिहान ६ः३० बजेदेखि उद्धारका लागि हवाई उडान सुरु गरिएको हो।
प्रधानमन्त्री शाहका अनुसार बिहानदेखि हालसम्म १५ भन्दा बढी उद्धार उडान भइसकेका छन् भने थप हेलिकोप्टरसमेत उडानका लागि तयारी अवस्थामा राखिएका छन्।
नेपाली सेनाले बिहीबार बिहान सञ्चालन गरेको उद्धार अभियानमार्फत रसुवाको टिमुरेबाट ११६ जनालाई सकुशल उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये ९५ जना नेपाली र २१ जना भारतीय नागरिक रहेका छन्। यसै क्रममा टनेलबाट सात जना नेपाली नागरिकलाई समेत सफलतापूर्वक उद्धार गरिएको शाहले बताएका छन्।
विपद् प्रभावित क्षेत्रमा अत्यावश्यक सहयोग सामग्री द्रुत रूपमा पुर्‍याउने काम भइरहेको छ। प्रभावित स्थानमा जेनेरेटर, पोर्टेबल मोबाइल टावर, मेडिकल सामग्री, टेन्ट तथा फलाम र ढुंगा काट्ने मेसिनलगायत सामग्री पठाइँदैछ।
मोबाइल नेटवर्क तथा मोबाइल चार्जिङको अस्थायी व्यवस्था पनि छिट्टै सञ्चालनमा ल्याउने तयारी गरिएको छ। यसबाट विपद् प्रभावित क्षेत्रमा सम्पर्क स्थापित गर्न सहज हुने अपेक्षा गरिएको छ।
नुवाकोटमा अस्थायी शिविर तयार पारिसकिएको र त्यहाँ खाना तथा पानीको व्यवस्था गरिएको प्रधानमन्त्री शाहले बताएका छन्।
त्यस्तै, ड्रोनमार्फत प्रभावित क्षेत्रको सर्वेक्षण गरी सबै स्थानको जानकारी सङ्कलन गर्ने काम अन्तिम चरणमा पुगेको छ। प्राप्त विवरणका आधारमा उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाइने जनाइएको छ।
उद्धारका क्रममा हेलिकोप्टरबाट सुरुमा सिकिस्त बिरामी, वृद्धवृद्धा, महिला तथा बालबालिकालाई प्राथमिकता दिइने शाहले बताएका छन्।
उनले विपद् प्रभावित तथा उद्धारको प्रतीक्षामा रहेका नागरिकलाई धैर्य र संयम कायम राख्न आग्रह गर्दै यथाशीघ्र उद्धारका लागि राज्यका सम्पूर्ण संयन्त्र परिचालन गरिएको बताएका छन्।
प्रधानमन्त्री शाहले विपद्को सामना गर्न सरकार, नेपाली नागरिक, विश्वभर रहेका नेपाली तथा अन्तर्राष्ट्रिय समुदायको सहयोग र सहकार्य आवश्यक रहेको उल्लेख गर्दै सबैलाई एक भएर विपद्को सामना गर्न आह्वान गरेका छन्।

फाेटाे: नेपाली सेना

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

मेगु पोस्त: नेवाः टाइम्स

छिं लेखकाः मेगु लेख
भोटेकोशी बाढी : १६५ शव फेला, ८२६ सम्पर्कविहीन, २३९ को उद्धार

भोटेकोशी बाढी : १६५ शव फेला, ८२६ सम्पर्कविहीन, २३९ को उद्धार

भोटेकोशी बाढी : १६५ शव फेला, ८२६ सम्पर्कविहीन, २३९ को उद्धार...

रसुवामा बाढी प्रभावित क्षेत्रमा आठ टन राहत सामग्री पठाइयो

रसुवामा बाढी प्रभावित क्षेत्रमा आठ टन राहत सामग्री पठाइयो

रसुवामा बाढी प्रभावित क्षेत्रमा आठ टन राहत सामग्री पठाइयो...

बाढी प्रभावित नेपालका लागि भारतले १० टन मानवीय सहायता र औषधि पठायो

बाढी प्रभावित नेपालका लागि भारतले १० टन मानवीय सहायता र औषधि पठायो

बाढी प्रभावित नेपालका लागि भारतले १० टन मानवीय सहायता र औषधि पठायो...

भोटेकोशी बाढीले नुवाकोट र रसुवामा ९६७ घर बगेको रेडक्रसकाे प्रारम्भिक विवरण

भोटेकोशी बाढीले नुवाकोट र रसुवामा ९६७ घर बगेको रेडक्रसकाे प्रारम्भिक विवरण

भोटेकोशी बाढीले नुवाकोट र रसुवामा ९६७ घर बगेको रेडक्रसकाे प्रारम्भिक विवरण...

रसुवा बाढी : उद्धार र उपचारलाई तीव्र बनाइएको प्रधानमन्त्री शाहको भनाइ

रसुवा बाढी : उद्धार र उपचारलाई तीव्र बनाइएको प्रधानमन्त्री शाहको भनाइ

रसुवा बाढी : उद्धार र उपचारलाई तीव्र बनाइएको प्रधानमन्त्री शाहको भनाइ...

रसुवाको भोटेकोशी बाढी : ३६ जनाको शव फेला, २४५ जना सम्पर्कविहीन

रसुवाको भोटेकोशी बाढी : ३६ जनाको शव फेला, २४५ जना सम्पर्कविहीन

रसुवाको भोटेकोशी बाढी : ३६ जनाको शव फेला, २४५ जना सम्पर्कविहीन...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्