३० भदौ २०८३, बुधबार

विपद् व्यवस्थापनमा नेपाल–युरोपेली युनियन सहकार्य थप विस्तार गर्ने प्रतिबद्धता


अ+
अ-

काठमाडौं, साउन २६ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेती र नेपालका लागि युरोपेली युनियनकी राजदूत भेरोनिक लरेञ्जबीच भेटवार्ता भएको छ।
भेटवार्ताका क्रममा युरोपेली युनियनको सहयोगमा नेपालमा सञ्चालन भइरहेका विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी परियोजनाहरूको समीक्षा गरिएको थियो। साथै नेपालको विपद् व्यवस्थापन, जलवायु परिवर्तनका प्रभाव न्यूनीकरण तथा विपद् जोखिम हस्तान्तरणका विषयमा छलफल भएको प्राधिकरणले जनाएको छ।
कार्यकारी प्रमुख डा. उप्रेतीले नेपालको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका क्षेत्रमा युरोपेली युनियनले पुर्‍याउँदै आएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा सहकार्य थप विस्तार हुने विश्वास व्यक्त गरे।
भेटमा राजदूत लरेञ्जले जलवायु परिवर्तनका कारण उच्च हिमाली क्षेत्रमा बढ्दै गएको हिमताल विस्फोटलगायतका जोखिमको आकलन, जोखिममा रहेका समुदायको सुरक्षाका लागि विज्ञान तथा प्रविधिको उपयोग र विपद् जोखिम न्यूनीकरणको संस्थागत क्षमता विकासमा युरोपेली युनियनको सहयोग निरन्तर रहने बताइन्।
नेपालमा जलवायु परिवर्तनका कारण हिमाली तथा उच्च पहाडी क्षेत्रमा नयाँ तथा जटिल प्रकृतिका विपद्का जोखिम बढिरहेका बेला जोखिमको वैज्ञानिक अध्ययन, पूर्वसूचना प्रणाली, समुदायको क्षमता विकास र जोखिम हस्तान्तरणका क्षेत्रमा अन्तर्राष्ट्रिय सहकार्यलाई महत्वपूर्ण मानिएको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिमै रमाना दिन निर्देशन

सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिमै रमाना दिन निर्देशन

सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिमै रमाना दिन निर्देशन...

जोमसोममा आजदेखि ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन’

जोमसोममा आजदेखि ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन’

जोमसोममा आजदेखि ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन’...

कृष्णभीरकाे नयाँ ट्र्याक असाेज १ बाटसंचालन हुने

कृष्णभीरकाे नयाँ ट्र्याक असाेज १ बाटसंचालन हुने

कृष्णभीरकाे नयाँ ट्र्याक असाेज १ बाटसंचालन हुने...

बेलायत विभाजनको राजनीतिक दबाब तीव्र

बेलायत विभाजनको राजनीतिक दबाब तीव्र

बेलायत विभाजनको राजनीतिक दबाब तीव्र...

जोखिमयुक्त तटीय क्षेत्रमा पुनःबस्ती बसाउँदैनौँ : प्रधानमन्त्री शाह

जोखिमयुक्त तटीय क्षेत्रमा पुनःबस्ती बसाउँदैनौँ : प्रधानमन्त्री शाह

जोखिमयुक्त तटीय क्षेत्रमा पुनःबस्ती बसाउँदैनौँ : प्रधानमन्त्री शाह...

बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल

बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल

बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्