६ असोज २०८३, मंगलबार

सर्पदंशबाट चार महिनामै ५६ जनाको मृत्यु, जनचेतना बढाउन विज्ञहरूको जोड


अ+
अ-

काठमाडौं, साउन २१ — राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) ले सर्पदंशबाट हुने मानवीय क्षति न्यूनीकरणका उपायबारे सरोकारवाला निकायका प्रतिनिधिसँग छलफल गरेको छ।
छलफलमा सर्पदंशबाट भइरहेको मानवीय क्षति, मनसुनका बेला सर्पदंशका घटना बढ्नुका कारण, टोकाइ कम गर्ने उपाय, सर्पले टोकेपछि तत्काल अपनाउनुपर्ने सावधानी तथा सर्पदंश न्यूनीकरणका रणनीतिबारे विस्तृत छलफल भएको थियो।
कार्यक्रममा सहभागी विज्ञहरूले सर्पदंशका घटनालाई कम गर्न समुदायस्तरमा व्यापक जनचेतना अभियान सञ्चालन गर्नुपर्ने, स्वास्थ्यकर्मीलाई नियमित तालिम दिनुपर्ने तथा उपचार उपलब्ध हुने स्वास्थ्य संस्थाबारे सर्वसाधारणलाई पर्याप्त जानकारी गराउनुपर्नेमा जोड दिएका थिए।
प्राधिकरणका अनुसार २०८३ वैशाख १ गतेदेखि साउन २१ गतेसम्म देशका ६४ जिल्लामा सर्पदंशका ७६८ घटना दर्ता भएका छन्। ती घटनामा ५६ जनाको मृत्यु भएको छ भने ७१९ जना घाइते भएका छन्।
तथ्यांकअनुसार सर्पदंशका घटनाको संख्या सबैभन्दा बढी कञ्चनपुर जिल्लामा रहेको प्राधिकरणले जनाएको छ।
प्राधिकरणले मनसुनको समयमा सर्पदंशको जोखिम बढ्ने भएकाले स्थानीय तह, स्वास्थ्य संस्था र समुदायबीच समन्वय बढाएर जनचेतना तथा समयमै उपचार सेवामा पहुँच विस्तार गर्नुपर्ने आवश्यकता औँल्याएको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
पाउलिन हेन्सनविरुद्ध अस्ट्रेलियामा आन्दोलन जारी, विद्यार्थी सडकमा

पाउलिन हेन्सनविरुद्ध अस्ट्रेलियामा आन्दोलन जारी, विद्यार्थी सडकमा

पाउलिन हेन्सनविरुद्ध अस्ट्रेलियामा आन्दोलन जारी, विद्यार्थी सडकमा...

बस आगलागीपछि राहदानी विभागमा सेवा अवरुद्ध

बस आगलागीपछि राहदानी विभागमा सेवा अवरुद्ध

बस आगलागीपछि राहदानी विभागमा सेवा अवरुद्ध...

देशभर भारी वर्षाको चेतावनी, ११ गतेसम्मै सतर्कता तह कायम रहने

देशभर भारी वर्षाको चेतावनी, ११ गतेसम्मै सतर्कता तह कायम रहने

देशभर भारी वर्षाको चेतावनी, ११ गतेसम्मै रातो र सतर्कता तह कायम रहने...

सम्मानजनक प्रसूति सेवा तथा प्रसूति हिंसा सम्बोधन गर्न कानुन आवश्यक

सम्मानजनक प्रसूति सेवा तथा प्रसूति हिंसा सम्बोधन गर्न कानुन आवश्यक

सम्मानजनक प्रसूति सेवा तथा प्रसूति हिंसा सम्बोधन गर्न कानुन आवश्यक...

बाढी, पहिरोका कारण चार जिल्लाका मुख्य राजमार्गमा अवरोध

बाढी, पहिरोका कारण चार जिल्लाका मुख्य राजमार्गमा अवरोध

बाढी, पहिरोका कारण चार जिल्लाका मुख्य राजमार्गमा अवरोध...

विपद् प्रभावित बालबालिकाको संरक्षणका लागि ‘स्याहार योजना’ कार्यान्वयनमा, ठेचोमा अस्थायी संरक्षण सेवा केन्द्र सञ्चालन

विपद् प्रभावित बालबालिकाको संरक्षणका लागि ‘स्याहार योजना’ कार्यान्वयनमा, ठेचोमा अस्थायी संरक्षण सेवा केन्द्र सञ्चालन

विपद् प्रभावित बालबालिकाको संरक्षणका लागि ‘स्याहार योजना’ कार्यान्वयनमा, ठेचोमा अस्थायी संरक्षण सेवा केन्द्र सञ्चालन...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्