४ श्रावण २०८३, सोमबार

भारी वर्षापछि देशभर सडक प्रभावित, बिपी र अरनिको राजमार्गसहित दर्जनौँ सडक अवरुद्ध


अ+
अ-

काठमाडौं, साउन ३ । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज दिनभर र आज राति पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागले जारी गरेको मौसम पूर्वानुमानअनुसार हिमाली, पहाडी तथा तराईका विभिन्न क्षेत्रमा मेघगर्जन, चट्याङसहित मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ।
आज दिउँसो देशका हिमाली भूभागका धेरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातसमेत हुन सक्ने सम्भावना रहेको छ। पहाडी भूभागका अधिकांश स्थान तथा तराईका धेरै स्थानमा पनि मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
विभागका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थान, साथै बागमती र गण्डकी प्रदेशका तराई तथा मधेश प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने भएकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
त्यसैगरी आज राति पनि हिमाली भूभागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको छ। कोशी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका अधिकांश स्थान तथा बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका धेरै स्थान र तराईका अधिकांश क्षेत्रमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ।
रातिको अवधिमा कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका धेरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्नेछ। साथै बागमती प्रदेशका हिमाली, पहाडी र तराई क्षेत्र तथा मधेश प्रदेशका एक–दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेकाले नदी, खोला तथा पहिरोको जोखिम भएका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।

यसैबीच, अविरल वर्षासँगै आएको पहिरो, लेदो र बाढीका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन्। नेपाल प्रहरीले आइतबार बिहान ७ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै बिपी राजमार्ग, कान्ति लोकपथ, अरनिको राजमार्ग, मेची राजमार्ग, कालीगण्डकी करिडोरलगायतका सडकखण्ड पूर्ण रूपमा अवरुद्ध रहेको जनाएको छ।
प्रहरीका अनुसार काभ्रेको रोशी गाउँपालिका–७ घुमाउने, वडा नं. ८ गिम्दी तथा वडा नं. ९ बिरुवाडाँडा र पिनथली क्षेत्रमा सडकमाथिबाट पहिरो खसेपछि बिपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। यसअघि नै सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा राति ६ बजेदेखि बिहान ४ बजेसम्म सवारी सञ्चालन रोक्ने व्यवस्था लागू गरिएको थियो।
यस्तै, ललितपुरको बागमती गाउँपालिका–३ पाङदुर क्षेत्रमा पहिरो जाँदा कान्ति लोकपथ पूर्ण रूपमा बन्द भएको छ। मकवानपुर खण्डमा भने रातिको समयमा सवारी सञ्चालनमा रोक लगाउने व्यवस्था यथावत् राखिएको छ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका अन्तर्गत जिरोकिलो र कोदारी क्षेत्रमा पहिरो र लेदो खसेपछि अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। इलामको राजदुवालीस्थित मेची राजमार्ग, अर्घाखाँचीको सालझण्डी–ढोरपाटन सडकखण्ड तथा बागलुङको जैमिनी नगरपालिका–८ बेलबगरस्थित कालीगण्डकी करिडोर पनि पहिरोका कारण बन्द छन्।
मनसुनी विपद्को जोखिमलाई ध्यानमा राख्दै नेपाल प्रहरीले विभिन्न जिल्लामा रात्रिकालीन सवारी आवागमनमा समेत रोक लगाएको छ। कोशी प्रदेशका इलाम, तेह्रथुम, सङ्खुवासभा, भोजपुर, धनकुटा, पाँचथर, खोटाङ र सोलुखुम्बुका मुख्य सडकमा रातिको समयमा सवारी सञ्चालन रोकिएको छ।
बागमती प्रदेशमा काभ्रे, नुवाकोट, धादिङ, सिन्धुपाल्चोक, मकवानपुर, चितवन र सिन्धुलीका विभिन्न सडकखण्डमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ। नारायणगढ–मुग्लिन–काठमाडौं सडकखण्डमा पनि अर्को सूचना जारी नभएसम्म रातिको सवारी सञ्चालन बन्द गरिएको प्रहरीले जनाएको छ।
त्यसैगरी गण्डकी प्रदेशका कास्की, गोरखा, स्याङ्जा, लमजुङ, बागलुङ र म्याग्दीबाट छुट्ने लामो दूरीका रात्रिकालीन सार्वजनिक सवारी साधन सञ्चालनमा समेत रोक लगाइएको छ भने अन्य जिल्लाबाट पनि रातिको लामो दूरीका सवारी नछोड्न निर्देशन दिइएको छ।
नेपाल प्रहरीले वर्षाका कारण सडकको अवस्था निरन्तर परिवर्तन भइरहेकाले यात्रा अघि सम्बन्धित निकायबाट सडक अवस्थाबारे जानकारी लिन, मौसमको पूर्वसूचना पालना गर्न तथा अनावश्यक रूपमा जोखिमपूर्ण यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
उच्च जोखिमयुक्त जिल्लामा रातिको सवारी आवागमन रोक्न गृह मन्त्रालयको निर्देशन

उच्च जोखिमयुक्त जिल्लामा रातिको सवारी आवागमन रोक्न गृह मन्त्रालयको निर्देशन

उच्च जोखिमयुक्त जिल्लामा रातिको सवारी आवागमन रोक्न गृह मन्त्रालयको निर्देशन...

मनसुन थप सक्रिय, दुई दिन देशका धेरै स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना

मनसुन थप सक्रिय, दुई दिन देशका धेरै स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना

मनसुन थप सक्रिय, दुई दिन देशका धेरै स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना...

एआई विकास र विश्व सुशासनका लागि खुलापन, सुरक्षा र सहकार्यमा जोड : राष्ट्रपति सी चिनफिङ

एआई विकास र विश्व सुशासनका लागि खुलापन, सुरक्षा र सहकार्यमा जोड : राष्ट्रपति सी चिनफिङ

एआई विकास र विश्व सुशासनका लागि खुलापन, सुरक्षा र सहकार्यमा जोड : राष्ट्रपति सी चिनफिङ...

स्वीकृत दरबन्दीमा करार कर्मचारी व्यवस्थापन गर्न सरकारको नयाँ निर्देशिका

स्वीकृत दरबन्दीमा करार कर्मचारी व्यवस्थापन गर्न सरकारको नयाँ निर्देशिका

स्वीकृत दरबन्दीमा करार कर्मचारी व्यवस्थापन गर्न सरकारको नयाँ निर्देशिका...

अष्टलक्ष्मी शाक्यलाई हृदयघात, अहिले अवस्था सामान्य

अष्टलक्ष्मी शाक्यलाई हृदयघात, अहिले अवस्था सामान्य

अष्टलक्ष्मी शाक्यलाई हृदयघात, अहिले अवस्था सामान्य...

२७ लाख पुराना चालक अनुमति पत्र छपाइ सम्पन्न

२७ लाख पुराना चालक अनुमति पत्र छपाइ सम्पन्न

२७ लाख पुराना चालक अनुमति पत्र छपाइ सम्पन्न...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्