१ असार २०८३, सोमबार

शिक्षामा सिप: ‘स्केचिङ एन्ड स्कल्प्चर प्रदर्शनी २०२६’ सुरु


अ+
अ-

काठमाडौं, वैशाख १७ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र काठमाडौं महानगरपालिकाको सहकार्यमा सार्वजनिक विद्यालयका विद्यार्थीका सिर्जनालाई एकै थलोमा ल्याउँदै ‘शिक्षामा सिप: स्केचिङ एन्ड स्कल्प्चर प्रदर्शनी २०२६’ बुधबारदेखि सुरु भएको छ। शिक्षामा सिप कार्यक्रमअन्तर्गत सञ्चालन गरिएको ‘स्केचिङ एन्ड स्कल्प्चर’ मोड्युलमा सहभागी विद्यार्थीले तयार पारेका कलाकृतिहरू प्रदर्शनीमा समेटिएका छन्।
प्रदर्शनीको उद्घाटन प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली र महानगर शिक्षा विभाग प्रमुख नमराज ढकालले संयुक्त रूपमा गरे। कार्यक्रममा बोल्दै कुलपति हार्तम्छालीले नवप्रतिभाको सिर्जनात्मक अभिव्यक्ति प्रत्यक्ष देख्न पाउनु सुखद भएको बताए। उनका अनुसार शिक्षालाई सिपसँग जोड्ने अवधारणाले विद्यार्थीमा सिर्जनशीलता विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ। उनले अघिल्लो नगर नेतृत्वका क्रममा सुरु गरिएको यस्तो अवधारणालाई निरन्तरता दिइनु सकारात्मक कदम भएको पनि उल्लेख गरे।
कार्यक्रम संयोजक तथा प्रतिष्ठानको बहुआयामिक तथा अन्य सिर्जनात्मक कला विभाग प्रमुख सौरगंगा दर्शनधारीले ‘शिक्षामा सिप’ कार्यक्रम प्रत्येक वर्ष परिष्कृत हुँदै गएको बताए। एउटै पाठ्यक्रम भए पनि विद्यार्थीको सिर्जनात्मक क्षमता फरक–फरक रूपमा उजागर हुने उनले बताए। “यस कार्यक्रमले विद्यार्थीलाई आफ्नो सोच र भावनालाई कलामार्फत अभिव्यक्त गर्न सिकाउँछ,” उनले भने।
महानगर शिक्षा विभाग प्रमुख ढकालले प्रतिष्ठान–महानगर सहकार्यको यो पहलले विद्यार्थीभित्रको प्रतिभा पहिचान र प्रवर्द्धनमा सहयोग पुगेको बताए। उनले सिकेका सिपलाई भविष्यमा पेशाका रूपमा समेत विकास गर्न सकिने भन्दै कार्यक्रमलाई अझ व्यवस्थित र प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता जनाए।
कार्यक्रममा प्रतिष्ठानका विभिन्न विभाग प्रमुख, महानगरका अधिकारी, शिक्षक, विद्यार्थी, कलाकार तथा सञ्चारकर्मीको सहभागिता थियो।
प्रदर्शनीमा काठमाडौं महानगरका विभिन्न सार्वजनिक विद्यालयका विद्यार्थीले तयार पारेका स्केच र मूर्तिकलाका कामहरू राखिएका छन्। उत्कृष्ट कृतिका सर्जक विद्यार्थीहरूलाई जनही ३ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ।
प्रदर्शनी वैशाख १८ गतेसम्म जारी रहनेछ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
प्रहरीको नक्कली परिचयपत्र, लागूऔषध र नगदसहित एक युवक पक्राउ

प्रहरीको नक्कली परिचयपत्र, लागूऔषध र नगदसहित एक युवक पक्राउ

प्रहरीको नक्कली परिचयपत्र, लागूऔषध र नगदसहित एक युवक पक्राउ...

अमेरिका–इरान युद्ध अन्त्यतर्फ : प्रारम्भिक सम्झौतापछि तेलको मूल्य चार प्रतिशतभन्दा बढी घट्यो

अमेरिका–इरान युद्ध अन्त्यतर्फ : प्रारम्भिक सम्झौतापछि तेलको मूल्य चार प्रतिशतभन्दा बढी घट्यो

अमेरिका–इरान युद्ध अन्त्यतर्फ : प्रारम्भिक सम्झौतापछि तेलको मूल्य चार प्रतिशतभन्दा बढी घट्यो...

काठमाडौं महानगरपालिकाभित्र १२८ ठाउँमा डुवानको जोखिम पहिचान

काठमाडौं महानगरपालिकाभित्र १२८ ठाउँमा डुवानको जोखिम पहिचान

काठमाडौं महानगरपालिकाभित्र १२८ ठाउँमा डुवानको जोखिम पहिचान...

बुद्धकाे अस्तिधातु र यसकाे महत्व

बुद्धकाे अस्तिधातु र यसकाे महत्व

बुद्धका धातु, रामग्राम र श्रद्धाको दर्शन...

एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक

एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक

एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक...

मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८  बालबालिकाको उद्धार गरी पुनःस्थापना

मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८ बालबालिकाको उद्धार गरी पुनःस्थापना

मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८ बालबालिकाको उद्धार गरी पुनःस्थापना...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्