८ बैशाख २०८३, मंगलबार

"अभिनव-छ्योर्तेन-मुसुरी बौद्धदर्शन तथा साहित्य सम्मान २०८२" बाट बसन्त महर्जन सम्मानित


अ+
अ-

काठमाडौं, चैत्र २८ । बुद्ध र बौद्ध दर्शनसम्बन्धी निरन्तर अध्ययन, अनुसन्धान तथा लेखनबापत आज बसन्त महर्जन "अभिनव-छ्योर्तेन-मुसुरी बौद्धदर्शन तथा साहित्य सम्मान २०८२" बाट नगद रुपैयाँ पच्चीस हजार सहित सम्मानित भएका छन् । 

छ्योर्तेन लामा र मुसुरी लामाको नामबाट अभिनव साहित्य समाज, जोरपाटीद्वारा स्थापित यो सम्मान बौद्ध धर्मदर्शनमा योगदान दिने एक साधकलाई प्रत्येक वर्ष प्रदान गर्ने गरिन्छ । यसअघि दुई जना साधक सम्मानित भइसकेका छन् । 

सम्मानित हुन पाएकोमा आभार व्यक्त गर्दै लेखक बसन्त महर्जनले यस प्रकारका सम्मानहरुबाट साधक थप प्रोत्साहित हुने र समाजमा अन्य साधकहरुलाई सकारात्मक उर्जा प्राप्त हुने विचार व्यक्त गरे । उनले मन्तव्यका क्रममा नेपाली भाषा र बौद्धधर्मबीच गहिरो सम्बन्ध भएको चर्चा गर्दै नेपाली भाषाका सुरुका अभिलेखहरु बौद्ध विषयवस्तुसँग सम्बन्धित हुने गरेको र नेपालीभाषाको उद्गम थलो मानिएको कर्णाली क्षेत्र एक समय बौद्ध राज्यको रुपमा रहेको बताए । बौद्ध धर्मदर्शनसम्बन्धी उनका एघार वटा कृतिमध्ये खश साम्राज्यमा बौद्ध धर्मको उत्थान र पतन पनि एउटा हो । 

कार्यक्रममा संस्कृतिविद् एवं लेखक शितल गिरीले सम्मानित व्यक्तित्वको परिचय दिने क्रममा आफूले उनलाई पचासको दशकदेखि पढ्न थालेको र अनुसन्धान तथा लेखनको क्षेत्रमा क्रमशः विकास गर्दै आज यस सम्मानबाट सम्मानित हुन सफल भएको बताए । 

प्रमुख अतिथी जापानका लागि पूर्व नेपाली राजदूत गणेश योञ्जनले बुद्ध र बौद्ध धर्मका लागि हामीले अझै धेरै काम गर्न बाँकी रहेको काम गर्नेहरुलाई सम्मान तथा प्रोत्साहन दिँदै जानुपर्नेमा जोड दिए । 

नेपाली साहित्य क्षेत्रको अभिवृद्धिमा समर्पित अभिनव साहित्य समाजले नियमित रुपमा साहित्य गोष्ठी गर्ने गर्दछ । यसै क्रममा आज विशेष कवि गोष्ठी गरिएको थियो । समाजका उपाध्यक्ष विमल अर्यालको सभापतित्वमा सम्पन्न भएको थियो । 

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
आज देशमा "लु"देखि हिमपातसम्मकाे प्रक्षेपण

आज देशमा "लु"देखि हिमपातसम्मकाे प्रक्षेपण

आज देशका विभिन्न भू-भागमा मौसम आंशिकदेखि बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज "लु" लाग्नेदेखि हिमपातसम्मका...

नयाँ स्मार्ट सवारीचालक अनुमति पत्रमा ३९ सुरक्षा विशेषताहरू, आई–क्यूआर प्रविधि प्रयोग

नयाँ स्मार्ट सवारीचालक अनुमति पत्रमा ३९ सुरक्षा विशेषताहरू, आई–क्यूआर प्रविधि प्रयोग

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नयाँ स्मार्ट सवारीचालक अनुमति पत्रमा ३९ वटा भिन्न–भिन्न सुरक्षा विशेषताहरू समावेश ग...

जापानको उत्तरी क्षेत्रमा ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्प, टोकियोसम्म धक्का महसुस; सुनामी चेतावनी जारी

जापानको उत्तरी क्षेत्रमा ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्प, टोकियोसम्म धक्का महसुस; सुनामी चेतावनी जारी

जापानको उत्तरी क्षेत्रमा सोमबार ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। स्थानीय समयअनुसार बिहान गएको उक्त भूकम्पले ...

तराई क्षेत्रमा तातो दिन र गर्मीको लहरको चेतावनी, तापक्रम ४० डिग्री माथि पुग्ने सम्भावना

तराई क्षेत्रमा तातो दिन र गर्मीको लहरको चेतावनी, तापक्रम ४० डिग्री माथि पुग्ने सम्भावना

विभागले जोखिमका आधारमा केही जिल्लालाई ‘सतर्क रहनु’ र केहीलाई ‘अद्यावधिक रहनु’ समूहमा राखेको छ। कञ्चनपुर, कैलाली, डडेल्धु...

आर्थिक कूटनीति र डिजिटल सेवा प्रवाहमा जोड दिन नियोगहरूलाई निर्देशन

आर्थिक कूटनीति र डिजिटल सेवा प्रवाहमा जोड दिन नियोगहरूलाई निर्देशन

परराष्ट्र मन्त्रालय ले युरोप र अमेरिकास्थित नेपाली कूटनीतिक नियोगहरूलाई आर्थिक कूटनीति सुदृढ पार्न र सेवा प्रवाहलाई डिजि...

पश्चिम एसियाका अधिकांश देशमा श्रम स्वीकृति पुनः खुला, इराकमा यथावत रोक

पश्चिम एसियाका अधिकांश देशमा श्रम स्वीकृति पुनः खुला, इराकमा यथावत रोक

परराष्ट्र मन्त्री शिशिर खनालका अनुसार परराष्ट्र मन्त्रालयको सिफारिसमा साउदी अरेबिया, यूएई, कतार, कुवेत, बहराइन, ओमान, यम...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्