१० भदौ २०८३, बिहिबार
वीरगन्जमा संयुक्त गस्ती टोलीद्वारा तीन जना नियन्त्रण

वीरगन्जमा संयुक्त गस्ती टोलीद्वारा तीन जना नियन्त्रण

आज बिहान करिब २ बजे नेपाली सेना सहितको संयुक्त गस्ती टोलीले वीरगन्ज महानगरपालिका–१६ इनर्वा क्षेत्रबाट शंकास्पद सामग्रीसहित तीन जनालाई नियन्त्रणमा लिएको छ।

डोल्पामा निर्वाचन कर्मचारी तथा प्रहरीको उद्धार

डोल्पामा निर्वाचन कर्मचारी तथा प्रहरीको उद्धार

प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ को क्रममा डोल्पा जिल्ला, शे–फोक्सुण्डो गाउँपालिका–६, फोतगाउँस्थित निर्वाचन केन्द्रमा खटिएका निर्वाचन कर्मचारी तथा प्रहरीलाई लेक लागेको कारण स्वास्थ्य समस्या उत्पन्न भएको नेपाली सेनाले जनाएको छ।

पश्चिम एसियाको अवस्थाबारे सरकार सतर्क: ‘इमर्जेन्सी रेस्पोन्स टिम’ गठन

पश्चिम एसियाको अवस्थाबारे सरकार सतर्क: ‘इमर्जेन्सी रेस्पोन्स टिम’ गठन

पश्चिम एसियामा विकसित पछिल्ला घटनाक्रमलाई ध्यानमा राख्दै नेपाल सरकारले त्यहाँ रहेका नेपाली नागरिकहरूको सुरक्षालाई उच्च प्राथमिकतामा राखेको जनाएको छ। साथै, पश्चिम एसियामा करिब १८ लाख नेपाली कार्यरत रहेको उल्लेख गर्दै सरकारले परराष्ट्र सचिवको संयोजकत्वमा ‘इमर्जेन्सी रेस्पोन्स टिम’ गठन गरिसकेको जनाएको छ ।

यूएईमा समस्यामा परेका नेपालीका लागि पोर्टल सञ्चालन

संयुक्त अरब इमिरेट्स (यूएई) मा समस्यामा परेका नेपाली नागरिकको विवरण संकलन गर्न तथा आवश्यक समन्वयका लागि अबुधाबीस्थित नेपाली राजदूतावासले अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ।

डेनमार्कस्थित नेपाली दूतावासद्वारा कोपनहेगनमा उद्यमशीलता सम्बन्धी कार्यशाला

डेनमार्कस्थित नेपाली दूतावासद्वारा कोपनहेगनमा उद्यमशीलता सम्बन्धी कार्यशाला

कार्यक्रममा डेनमार्कका लागि नेपाली राजदूत सुम्निमा तुलाधरले उद्यमशीलतालाई समावेशी, जिम्मेवार र दूरदर्शी बनाउनुपर्नेमा जोड दिएकी थिइन्। उनले तीव्र गतिमा परिवर्तन भइरहेको भू–राजनीतिक र प्रविधि परिवेशमा प्रविधि र लगानीमा समान पहुँच सुनिश्चित गर्नु, लैङ्गिक समानता तथा जलवायु न्याय प्रवर्द्धन गर्नु र युवाको सक्रिय सहभागिता सुनिश्चित गर्नु आवश्यक रहेको निष्कर्ष निकालिएको बताईन्।

इरानद्वारा चौतर्फी आक्रमण, अमेरिकाले १४ देशबाट नागरिक फिर्ता गर्न आदेश

इरानद्वारा चौतर्फी आक्रमण, अमेरिकाले १४ देशबाट नागरिक फिर्ता गर्न आदेश

इरानले इजरायल र अमेरिकी सेना लक्षित चौतर्फी आक्रमण तीव्र पारेपछि अमेरिकाले मध्यपूर्वका १४ देशमा रहेका आफ्ना नागरिकलाई तत्काल स्वदेश फर्किन आदेश दिएको छ। अमेरिकी विदेश मन्त्रालयले ‘गम्भीर सुरक्षा जोखिम’लाई उद्धृत गर्दै व्यावसायिक उडानमार्फत तुरुन्तै मध्यपूर्व छाड्न आग्रह गरेको हो ।

मतदाताले विवेकको निर्णय लिन मौन अवधि महत्त्वपूर्ण : निर्वाचन आयुक्त तुलाधर

मतदाताले विवेकको निर्णय लिन मौन अवधि महत्त्वपूर्ण : निर्वाचन आयुक्त तुलाधर

फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रचारप्रसार निषेध अवधि (मौन अवधि) आज राति १२ बजेदेखि सुरु हुँदैछ।

रामेछापमा निर्वाचन कर्मचारी बोकेको जिप दुर्घटना, घाइते ७ जनालाई काठमाडौँ ल्याइयो

रामेछापमा निर्वाचन कर्मचारी बोकेको जिप दुर्घटना, घाइते ७ जनालाई काठमाडौँ ल्याइयो

रामेछाप नगरपालिका–२ सिरुबारीमा निर्वाचन सामाग्री तथा निर्वाचनमा खटिएका कर्मचारी बोकेको जिप दुर्घटनामा परेको छ।

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्