बंगलादेशको नयाँ सरकारः नेपालका नेताहरूको अनुमान
बंगलादेशको २०२४ को जनविद्रोहपछि भएको चुनाव र चुनावले दिएको स्पष्ट बहुमतलाई नेपालको भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि अपदस्त भएका तथा फागुन २१ गते प्रतिनिधिसभा चुनावको संघारमा रहेका नेपालका राजनीतिक दलहरूले आशावादी भएर हेर्न थालेका छन् ।