२७ असोज २०८३, मंगलबार

संकल्प नेपाललाई आर्थिक संकटबीच अघि बढाउने शोभा हमाल बस्नेतको प्रतिबद्धता


अ
अ+
अ-

ललितपुर, असोज २६ । संकल्प नेपालकी नवनिर्वाचित अध्यक्ष शोभा हमाल बस्नेतले आर्थिक स्रोतको अभावबीच पनि संस्थालाई सक्रिय बनाउँदै लैङ्गिक न्याय, विपद् र सामाजिक मुद्दामा प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएकी छन्।
संस्थाको सातौं अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएपछि बस्नेतले स्थानीय र प्रदेश तहको निर्वाचनमा लैङ्गिक दृष्टिकोणबाट अनुगमन गर्ने, विपद् तथा सामाजिक आन्दोलनका मुद्दामा सक्रिय हुने र संस्थाको सदस्यता विस्तार गरी मधेसका महिलाको प्रतिनिधित्व बढाउने योजना सार्वजनिक गरेकी हुन्।
उनले संस्थाहरूलाई आर्थिक स्रोत जुटाउन कठिन भइरहेको वर्तमान अवस्थामा थोरै बजेटबाट पनि प्रभावकारी काम गरेर देखाउनु आफ्नो कार्यसमितिका लागि चुनौती भएको बताइन्। सबैको सहयोग र सहभागिताबाट उक्त चुनौती सामना गर्ने उनको भनाइ छ।
बस्नेतले आफ्नो कार्यकालका तीन प्रमुख प्राथमिकता अघि सारेकी छन्। पहिलो, आगामी स्थानीय र प्रदेश तहको निर्वाचनमा लैङ्गिक दृष्टिकोणबाट प्रभावकारी अनुगमन गर्ने। विगतमा संकल्पले सदस्यहरूलाई तालिम दिएर परिचालन गर्दै निर्वाचन अनुगमन गर्दै आएको स्मरण गर्दै उनले बजेटको सीमितताबीच पनि फरक र प्रभावकारी ढङ्गले अनुगमन गर्ने प्रयास गर्ने बताइन्।
दोस्रो, विपद् तथा सामाजिक आन्दोलनका विषयमा संस्थालाई थप सक्रिय बनाउने उनको प्रतिबद्धता छ। विगत चार–पाँच वर्षमा विपद् र विभिन्न सामाजिक मुद्दामा संस्थाले अपेक्षित भूमिका निर्वाह गर्न नसकेको स्वीकार गर्दै उनले आगामी दिनमा यस्ता विषयमा आवश्यक पहल गर्ने बताइन्। यसका लागि संस्थाका सल्लाहकारहरूको सुझाव र सहयोग लिएर अघि बढ्ने उनको योजना छ।
तेस्रो, संस्थाको आफ्नै भवन र संस्थागत पहिचानलाई व्यवस्थित तथा सुरक्षित बनाउने उनको योजना छ। संस्थाको भवन रहेको क्षेत्रमा बाटो, ढल निकास र छिमेकीसँगको समस्याले काम गर्न कठिनाइ भएको उल्लेख गर्दै उनले टोल सुधार समितिसँग समन्वय गरेर समस्या समाधानको प्रयास गर्ने बताइन्।
बस्नेतले संस्थाका सदस्यहरूको सहभागिता बढाउने र नयाँ सदस्य थप्ने योजनालाई पनि प्राथमिकतामा राखेकी छन्। विशेषगरी मधेसका महिलाको प्रतिनिधित्व संकल्पमा कम रहेको उल्लेख गर्दै उनले त्यहाँका महिला तथा संस्थाहरूलाई समेटेर सदस्यता विस्तार गर्ने बताइन्।
उनले संस्थाको उद्देश्य र कार्यक्षेत्रसँग मेल खाने कुनै पनि सामाजिक मुद्दा वा समस्या देखिएमा सदस्यहरूले आफूलाई जानकारी गराउन आग्रह गरिन्। आर्थिक स्रोत उपलब्ध हुँदा मात्र नभई सीमित स्रोतका अवस्थामा पनि सामूहिक सहभागिता र स्वैच्छिक सहयोगबाट काम गर्नुपर्ने उनको भनाइ छ।
सन् २००६ मा महिला सशक्तीकरण र समावेशितासम्बन्धी कामका क्रममा संकल्पको यात्रा सुरु भएको स्मरण गर्दै बस्नेतले विगतमा नर्वेजियन दूतावासको सहयोगमा संस्थाले वार्षिक १७ करोड रुपैयाँसम्मका परियोजना सञ्चालन गरेको अनुभव सुनाइन्। अहिलेको आर्थिक अवस्थालाई विगतसँग तुलना गर्दै उनले सीमित स्रोतबाट पनि उपलब्धिमूलक काम गर्न सकिने प्रमाणित गर्नुपर्ने बताइन्।
उनले निवर्तमान अध्यक्ष संगीता लामा तथा अघिल्लो कार्यसमितिका सदस्यहरूले संस्थालाई कठिन परिस्थितिमा पनि अघि बढाएको भन्दै धन्यवाद दिइन्। नयाँ कार्यसमितिमा अनुभवी र नयाँ सदस्यको सहभागिताले संस्थालाई थप ऊर्जा मिल्ने विश्वास पनि व्यक्त गरिन्।
संकल्प नेपालको सातौं अधिवेशनले बस्नेतको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। समितिको वरिष्ठ उपाध्यक्षमा सुनी लामा, उपाध्यक्षमा मैमुना सिद्दिकी, महासचिवमा उषा राउत, कोषाध्यक्षमा कला स्वर्णकार र सचिवमा चन्द्रिका भट्टराई राणा चयन भएका छन्। संगीता लामा पदेन सदस्य रहेकी छन्।
त्यस्तै, सदस्यमा वेणु राणा, रोशनी कर्माचार्य, देवकुमारी पराजुली, भक्तकुमारी भुजेल र रामकला खड्का चयन भएका छन्। कार्यसमितिमा एक जना सदस्य मनोनयन गर्न बाँकी छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
विपद्मा बेपत्ता भएकालाई सरकारले मृत घोषणा गर्न सक्ने, मृत्यु दर्ता निःशुल्क हुने

विपद्मा बेपत्ता भएकालाई सरकारले मृत घोषणा गर्न सक्ने, मृत्यु दर्ता निःशुल्क हुने

विपद्मा बेपत्ता भएकालाई सरकारले मृत घोषणा गर्न सक्ने, मृत्यु दर्ता निःशुल्क हुने...

वीणा जोशीलाई मदन पुरस्कार, किरण खरेललाई जगदम्बा–श्री सम्मान प्रदान

वीणा जोशीलाई मदन पुरस्कार, किरण खरेललाई जगदम्बा–श्री सम्मान प्रदान

वीणा जोशीलाई मदन पुरस्कार, किरण खरेललाई जगदम्बा–श्री सम्मान प्रदान...

बुढीगण्डकी बाढीबाट ९५ जनाको उद्धार, ३५ जनालाई काठमाडौं ल्याइयो

बुढीगण्डकी बाढीबाट ९५ जनाको उद्धार, ३५ जनालाई काठमाडौं ल्याइयो

बुढीगण्डकी बाढीबाट ९५ जनाको उद्धार, ३५ जनालाई काठमाडौं ल्याइयो...

बुढीगण्डकी बाढीले दुई झोलुङ्गे पुलसहित घर र सडकमा क्षति, पाँच जना सम्पर्कविहीन

बुढीगण्डकी बाढीले दुई झोलुङ्गे पुलसहित घर र सडकमा क्षति, पाँच जना सम्पर्कविहीन

बुढीगण्डकी बाढीले दुई झोलुङ्गे पुलसहित घर र सडकमा क्षति, पाँच जना सम्पर्कविहीन...

बेत्रावतीको फलाकु खोलामा ४० टन क्षमताको बेलिब्रिज जडान

बेत्रावतीको फलाकु खोलामा ४० टन क्षमताको बेलिब्रिज जडान

बेत्रावतीको फलाकु खोलामा ४० टन क्षमताको बेलिब्रिज जडान...

बूढीगण्डकीमा एक करोड घनमिटरभन्दा बढी पानी बगेको अनुमान

बूढीगण्डकीमा एक करोड घनमिटरभन्दा बढी पानी बगेको अनुमान

बूढीगण्डकीमा एक करोड घनमिटरभन्दा बढी पानी बगेको अनुमान...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्