२३ असोज २०८३, शुक्रबार

बाढीपछिको पुनर्स्थापना र मानव बेचबिखन नियन्त्रणमा नेपाल–अमेरिका सहकार्य बढाउने प्रतिबद्धता


अ
अ+
अ-

काठमाडौं, असोज २२ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्री सिता बादी र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेघन बोल्डिनबीच बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना तथा मानव बेचबिखन नियन्त्रणमा सहकार्य बढाउने विषयमा छलफल भएको छ।
भेटवार्तामा नेपाल–अमेरिका सम्बन्धका साथै रसुवा लगायत बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना तथा पुनर्निर्माण, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण र सामाजिक विकासका क्षेत्रमा सहकार्य थप सुदृढ गर्ने विषयमा छलफल भएको हो।
कार्यवाहक राजदूत बोल्डिनले रसुवामा आएको आकस्मिक बाढीमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रभावित परिवारप्रति समवेदना व्यक्त गरिन्। उनले बाढी प्रभावित समुदायको अवस्था र पुनर्स्थापनाका प्रयासबारे चासो राख्दै नेपालसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरिन्।
मन्त्री बादीले सन् २०२६ अगस्ट २६ मा नेपाल–तिब्बत सीमा क्षेत्रमा आएको बाढीबाट महिला, किशोरी तथा बालबालिकाको सुरक्षा, संरक्षण र शिक्षामा थप चुनौती सिर्जना भएको बताइन्। प्रभावित क्षेत्रको पुनर्स्थापना तथा पुनर्निर्माणमा अमेरिकी सहयोग र सहकार्यको अपेक्षा समेत उनले व्यक्त गरिन्।
उनले बाढी प्रभावित समुदायको उद्धार, राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि सरकारले स्रोत, साधन र जनशक्ति परिचालन गरिरहेको जानकारी दिइन्। जोखिममा रहेका महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अन्य सीमान्तकृत समुदायको संरक्षण र सामाजिक सुरक्षालाई मन्त्रालयले प्राथमिकतामा राखेको उनले बताइन्।
भेटमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका विषयमा पनि छलफल भएको थियो। अमेरिकी विदेश मन्त्रालयको मानव बेचबिखनसम्बन्धी प्रतिवेदनमा उठाइएका विषय तथा सुझावलाई सरकारले गम्भीरतापूर्वक लिएको बताउँदै मन्त्री बादीले मानव बेचबिखनविरुद्धको राष्ट्रिय नीति, २०८२ तथा राष्ट्रिय कार्ययोजना कार्यान्वयनमा रहेको जानकारी दिइन्।
पीडितको संरक्षण, अनुसन्धान तथा अभियोजन, पुनर्स्थापना र सहायता संयन्त्रलाई थप प्रभावकारी बनाउने काम भइरहेको उनले बताइन्। नेपालले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ संशोधन प्रक्रिया अघि बढाएको तथा सुरक्षित, व्यवस्थित र नियमित श्रम आप्रवासन प्रवर्द्धन गर्न राष्ट्रिय श्रम आप्रवासन नीति, २०८२ अपनाएको जानकारी पनि भेटमा दिइएको थियो।
कार्यवाहक राजदूत बोल्डिनले मानव बेचबिखन नियन्त्रण तथा पीडित संरक्षणका क्षेत्रमा नेपालसँग सहकार्य गर्ने अमेरिकी प्रतिबद्धता व्यक्त गरिन्। आगामी मानव बेचबिखनसम्बन्धी अमेरिकी प्रतिवेदनमा नेपालले गरेका सुधार तथा हासिल गरेको प्रगति वस्तुनिष्ठ र सन्तुलित रूपमा प्रतिबिम्बित हुने अपेक्षा पनि भेटमा व्यक्त गरिएको छ।
महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा अन्य सीमान्तकृत समुदायको संरक्षण, समावेशिता र सशक्तीकरणका क्षेत्रमा नेपाल–अमेरिका सहकार्यलाई थप परिणाममुखी बनाउने विषयमा समेत जोड दिइएको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
अपाङ्गतामैत्री  मतदान  प्रणाली माग्दै सर्वोच्चमा परेकाे रिट माथि कारण देखाऊ आदेश जारी

अपाङ्गतामैत्री मतदान प्रणाली माग्दै सर्वोच्चमा परेकाे रिट माथि कारण देखाऊ आदेश जारी

अपाङ्गता भएका मतदाताका लागि पहुँचयुक्त प्रणाली माग्दै सर्वोच्चमा परेकाे रिट माथि कारण देखाऊ आदेश जारी...

चाडपर्वमा स्वीकृत भाडाभन्दा सस्तोमा हवाई टिकट बेच्न वायुसेवा कम्पनी सहमत

चाडपर्वमा स्वीकृत भाडाभन्दा सस्तोमा हवाई टिकट बेच्न वायुसेवा कम्पनी सहमत

चाडपर्वमा स्वीकृत भाडाभन्दा सस्तोमा हवाई टिकट बेच्न वायुसेवा कम्पनी सहमत...

अध्यादेश ल्याउन राष्ट्रपतिसमक्ष सिफारिस, तीन उच्च अधिकारी बढुवा

अध्यादेश ल्याउन राष्ट्रपतिसमक्ष सिफारिस, तीन उच्च अधिकारी बढुवा

अध्यादेश ल्याउन राष्ट्रपतिसमक्ष सिफारिस, तीन उच्च अधिकारी बढुवा...

हरित हाइड्रोजनलाई रासायनिक मल उत्पादनसँग जोड्न मन्त्री चौधरीको जोड

हरित हाइड्रोजनलाई रासायनिक मल उत्पादनसँग जोड्न मन्त्री चौधरीको जोड

हरित हाइड्रोजनलाई रासायनिक मल उत्पादनसँग जोड्न मन्त्री चौधरीको जोड...

किसानको उत्पादनको बजार सुनिश्चित गर्न आयातमा कडाइदेखि न्यूनतम समर्थन मूल्य कार्यान्वयनसम्म

किसानको उत्पादनको बजार सुनिश्चित गर्न आयातमा कडाइदेखि न्यूनतम समर्थन मूल्य कार्यान्वयनसम्म

किसानको उत्पादनको बजार सुनिश्चित गर्न आयातमा कडाइदेखि न्यूनतम समर्थन मूल्य कार्यान्वयनसम्म...

फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो: लाखौं सडकमा

फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो: लाखौं सडकमा

फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो: लाखौं सडकमा...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्