८ भदौ २०८३, मंगलबार

ग्वलः देमा ‘नासः द्यः छेँ’ पुनःनिर्माण सम्पन्न


अ+
अ-

काठमाडौँ, भदाै ७ । काठमाडौँको ग्वलः दे नवाली टोलमा रहेको लिच्छविकालीन ‘नासः द्यः छेँ’ अर्थात् नित्यनाथ मन्दिरको पुनःनिर्माण सम्पन्न भएको छ। पुनःनिर्माण सम्पन्न मन्दिरको आज एक समारोहबीच काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले उद्घाटन गरिन्।
उद्घाटन समारोहमा काठमाडौँ महानगरपालिका–वडाध्यक्ष एवं महानगरपालिकाको सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत, जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा स्थानीयवासीको उपस्थिति थियो।
मन्दिरको पुनःनिर्माणमा करबाहेक करिब २ करोड २७ लाख रुपैयाँ खर्च भएको महानगरपालिकाले जनाएको छ। तीनतले मन्दिरको प्रत्येक तलाको क्षेत्रफल ८१३.०६ वर्गफिट रहेको छ।
पुनःनिर्माणपछि मन्दिरको पहिलो तलामा ‘सन्ध्या पुस्तकालय’ सञ्चालन गरिनेछ। दोस्रो तलालाई सामाजिक कार्य, बाजागाजा प्रशिक्षण तथा भोजलगायतका सामुदायिक गतिविधिका लागि उपयोग गरिनेछ। तेस्रो तला अर्थात् वुइँगलमा नित्यनाथको मन्दिर रहनेछ।
उद्घाटन कार्यक्रममा कार्यवाहक प्रमुख डंगोलले काठमाडौँका ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणलाई महानगरपालिकाले प्राथमिकतामा राखेर काम गरिरहेको बताइन्।
उनले भौतिक तथा अभौतिक सम्पदा जोगाउन नीति, योजना, बजेट र कार्यान्वयनलाई प्राथमिकताका साथ अघि बढाइरहेको बताइन्। स्थानीय समुदायको सहभागितामा सम्पदा संरक्षण र त्यसको जीवन्त प्रयोगलाई जोड दिनुपर्ने उनको भनाइ थियो।
नासः द्यः छेँको पुनःनिर्माणसँगै ऐतिहासिक सम्पदाको संरक्षण मात्र नभई स्थानीय समुदायका सामाजिक तथा सांस्कृतिक गतिविधिका लागि थप सार्वजनिक स्थलसमेत उपलब्ध भएको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले औपचारिक काम थाल्यो

जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले औपचारिक काम थाल्यो

जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले औपचारिक काम थाल्यो...

भूमि प्रयोग र भूमि अधिकारमा गम्भीर बहस आवश्यक : नाफान

भूमि प्रयोग र भूमि अधिकारमा गम्भीर बहस आवश्यक : नाफान

भूमि प्रयोग र भूमि अधिकारमा गम्भीर बहस आवश्यक : नाफान...

सामाजिक परीक्षणको निष्कर्ष: छोटो अवधिमा लक्ष्य हासिल गर्न कठिन

सामाजिक परीक्षणको निष्कर्ष: छोटो अवधिमा लक्ष्य हासिल गर्न कठिन

सामाजिक परीक्षणको निष्कर्ष: छोटो अवधिमा लक्ष्य हासिल गर्न कठिन...

वर्षाका कारण बाँसबारीमा गेष्ट हाउस भासियो

वर्षाका कारण बाँसबारीमा गेष्ट हाउस भासियो

वर्षाका कारण बाँसबारीमा गेष्ट हाउस भासियो...

विपद्पछिको गैर-आर्थिक क्षति मापन गर्न जियो-एआई र नीतिगत सुधारमा जोड

विपद्पछिको गैर-आर्थिक क्षति मापन गर्न जियो-एआई र नीतिगत सुधारमा जोड

विपद्पछिको गैर-आर्थिक क्षति मापन गर्न जियो-एआई र नीतिगत सुधारमा जोड...

सरकारी निकायलाई स्वदेशी उत्पादन र सेवा प्रयोग गर्न प्रधानमन्त्री कार्यालयको अनुरोध

सरकारी निकायलाई स्वदेशी उत्पादन र सेवा प्रयोग गर्न प्रधानमन्त्री कार्यालयको अनुरोध

सरकारी निकायलाई स्वदेशी उत्पादन र सेवा प्रयोग गर्न प्रधानमन्त्री कार्यालयको अनुरोध...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्