असनको मौलिकता पुनरुत्थान अभियान शुभारम्भ, हरेक शनिबार सांस्कृतिक क्रियाकलाप हुने
काठमाडौं, वैशाख ५ । काठमाडौं महानगरपालिकाले प्राचीन व्यापारिक तथा सांस्कृतिक केन्द्र असनको मौलिकता पुनर्जीवित गर्न ‘मौलिकता पुनरुत्थान अभियान’ शुभारम्भ गरेको छ। असन डवलीमा आयोजित एक विशेष समारोहका बीच काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले उक्त अभियानको उद्घाटन गरेकी हुन्।
अभियानको शुभारम्भसँगै आजैदेखि सांस्कृतिक, सामाजिक तथा रैथाने क्रियाकलापहरू सञ्चालनमा ल्याइएको छ। यो कार्यक्रम हरेक शनिबार नियमित रूपमा सञ्चालन हुने जनाइएको छ। साथै, आगामी दिनमा कार्यक्रमलाई विस्तार गरी वडा नं. २५ मा पनि लैजाने योजना रहेको महानगरले जनाएको छ।
उद्घाटन समारोहअघि कःमिलाछी (दरबार हाइस्कूल नजिकै) देखि असन, भोटाहिटी, महावौद्ध स्तुप हुँदै क्यलःत्वाः (केलटोल) सम्म सांस्कृतिक बाजागाजासहित भव्य पदयात्रा गरिएको थियो। पदयात्रामा यस क्षेत्रका १३ वटा गुठि तथा परम्परागत बादन र गायन समूहका सदस्यहरूले विभिन्न सांस्कृतिक झाँकी तथा परम्परागत वाद्यवादन प्रस्तुत गरेका थिए।
क्यलःत्वाः पुगेपछि अभियानको निरन्तरता सुनिश्चित गर्नका लागि औपचारिक रूपमा उक्त कार्यक्रम वडा नं. २५ का अध्यक्ष राजेश डंगोललाई हस्तान्तरण गरिएको थियो।
अन्य लेखहरू: नेवाः टाइम्स
१३औँ शताब्दीको महागौरीको मूर्ति आफ्नै आसनमा फिर्ता
विश्व सम्पदा दिवसको अवसरमा काठमाडौँ महानगरपालिकाले राष्ट्रिय संग्रहालयमा राखिएको १३औँ शताब्दीको दुर्लभ प्रस्तर मूर्ति आफ...
नागार्जुनको जामाचोमा पदयात्राको क्रममा लडेर बेहोस भएकी महिलाको सेनाले गर्यो उद्धार
काठमाडौं जिल्लाको नागार्जुन नगरपालिका–१ जामाचोमा क्षेत्रमा पदयात्रा (हाइकिङ) गर्ने क्रममा खुट्टा अल्झिएर करिब ५० मिटर तल...
सर्वोच्चको फैसलापछि कांग्रेसमा एकताको आह्वान, थापा नेतृत्वलाई पूर्ण वैधानिकता
गगन थापा नेतृत्वको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिलाई सर्वोच्च अदालतले मान्यता दिएपछि पार्टीभित्र नयाँ ढंगले एकता र...
परराष्ट्र मन्त्रालयद्वारा कूटनीतिक नियोगसँग भर्चुअल अन्तरक्रिया, आर्थिक कूटनीति र सुशासनमा जोड
काठमाडौं, वैशाख ४ । परराष्ट्र मन्त्रालयले दक्षिण एशिया, उत्तर–पूर्वी......
हर्मुज जलमार्ग पुनः सञ्चालनमा, विश्व इन्धन बजारमा अस्थायी राहत
विश्व ऊर्जा आपूर्तिको प्रमुख नाकामध्ये एक मानिने हर्मुज जलमार्ग पुनः पूर्ण रूपमा सञ्चालनमा आएको छ। इरानका विदेशमन्त्री अ...
संग्रहालयमा राखिएका मूर्ति घर फिर्ता गराउने निर्णय
काठमाडौँ महानगरपालिकाभित्र विभिन्न स्थानबाट संग्रहालय पुगेका मूर्तिहरुलाई कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गरेर घर फि...
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment