१४ कार्तिक २०८३, शनिबार

चक्रवातको प्रभाव आज पनि, पश्चिम नेपालसहित पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना


अ
अ+
अ-

काठमाडौं, कात्तिक १४ । बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नव’को अवशेष न्यून चापीय क्षेत्रका रूपमा पश्चिम नेपाल नजिक रहेकाले आज पनि देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको छ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको विशेष मौसमी बुलेटिनअनुसार उक्त प्रणालीको प्रभावले बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै स्थानमा तथा कोशी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यमसम्मको वर्षा र हिमपात भइरहेको छ।
महाशाखाका अनुसार यस प्रणालीको प्रभावले आज अपराह्नसम्म मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्कादेखि मध्यमसम्मको हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।
अपराह्नपछि भने मौसम क्रमशः सुधार हुँदै जाने महाशाखाले जनाएको छ।
विभागले जारी गरेको मौसमसम्बन्धी चेतावनी तथा परामर्शअनुसार आज देशका अधिकांश पहाडी तथा हिमाली क्षेत्रमा सतर्कता अपनाउनुपर्ने अवस्था छ। विशेषगरी वर्षा, हिमपात र मेघगर्जन तथा चट्याङका कारण हुन सक्ने जोखिमप्रति सचेत रहन आग्रह गरिएको छ।
महाशाखाले मौसमी प्रणालीको निरन्तर अनुगमन गरिरहेको र आवश्यकताअनुसार सूचना अद्यावधिक गर्दै जाने जनाएको छ। मौसमसम्बन्धी आधिकारिक तथा अद्यावधिक जानकारीका लागि विभागबाट जारी हुने सूचना नियमित रूपमा हेर्न पनि आग्रह गरिएको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा, उच्च हिमाली क्षेत्रमा हिमपातको जोखिम

चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा, उच्च हिमाली क्षेत्रमा हिमपातको जोखिम

चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा, उच्च हिमाली क्षेत्रमा हिमपातको जोखिम...

COP31 मा पर्वतीय एजेन्डा उठाउँदै नेपाल, जलवायु पुनर्निर्माणका लागि ४.७ अर्ब डलर आवश्यक

COP31 मा पर्वतीय एजेन्डा उठाउँदै नेपाल, जलवायु पुनर्निर्माणका लागि ४.७ अर्ब डलर आवश्यक

COP31 मा पर्वतीय एजेन्डा उठाउँदै नेपाल, जलवायु पुनर्निर्माणका लागि ४.७ अर्ब डलर आवश्यक...

जलवायु न्यायका लागि चार प्राथमिकता अघि सार्दै परराष्ट्रमन्त्री खनाल

जलवायु न्यायका लागि चार प्राथमिकता अघि सार्दै परराष्ट्रमन्त्री खनाल

जलवायु न्यायका लागि चार प्राथमिकता अघि सार्दै परराष्ट्रमन्त्री खनाल...

फ्रान्समा विद्यार्थी आन्दोलन: सरकारद्वारा पाँच अर्ब युरोको शिक्षा सुधार योजना घोषणा

फ्रान्समा विद्यार्थी आन्दोलन: सरकारद्वारा पाँच अर्ब युरोको शिक्षा सुधार योजना घोषणा

फ्रान्समा विद्यार्थी आन्दोलन: सरकारद्वारा पाँच अर्ब युरोको शिक्षा सुधार योजना घोषणा...

‘अर्नब’ चक्रवात थप शक्तिशाली बन्ने सम्भावना:  उच्च सतर्कता अपनाउन विपद् प्राधिकरणको आग्रह

‘अर्नब’ चक्रवात थप शक्तिशाली बन्ने सम्भावना: उच्च सतर्कता अपनाउन विपद् प्राधिकरणको आग्रह

‘अर्नब’ चक्रवात थप शक्तिशाली बन्ने सम्भावना: उच्च सतर्कता अपनाउन विपद् प्राधिकरणको आग्रह...

तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ४६ घाइते

तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ४६ घाइते

तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ४६ घाइते...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्