३० असार २०८३, मंगलबार

आज पनि देशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह


अ+
अ-

काठमाडौं, असार २९ । जल तथा मौसम विज्ञान विभागले आज (सोमबार) देशका विभिन्न क्षेत्रमा मेघगर्जन तथा चट्याङसहित वर्षा हुने र केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ भने मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भूभाग नजिक रहेको छ। हाल कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश स्थानमा बादल लागेको छ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रहेको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले जनाएको छ।
महाशाखाका अनुसार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराईका धेरै स्थान, मधेश प्रदेश तथा लुम्बिनी प्रदेशका पहाडी र तराई क्षेत्र, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा मधेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्र र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
रातिको समयमा पनि वर्षाको क्रम जारी रहने विभागले जनाएको छ। विशेषगरी कोशी प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको छ भने बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने बताइएको छ।
त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका धेरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका केही स्थानमा वर्षासँगै हिमपातको समेत सम्भावना रहेको विभागले जनाएको छ।
विभागले भारी वर्षाका कारण पहिरो, भूक्षय, आकस्मिक बाढी, नदी तथा खोलामा पानीको सतह बढ्ने र सहरी क्षेत्रमा डुबान हुन सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा नजान, नदी तथा खोलानालाको सतहबारे जानकारी राख्न र मौसमसम्बन्धी अद्यावधिक सूचना पालना गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
आज राति कोशी–बागमतीका धेरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको चेतावनी, सतर्क रहन आग्रह

आज राति कोशी–बागमतीका धेरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको चेतावनी, सतर्क रहन आग्रह

आज राति कोशी–बागमतीका धेरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको चेतावनी, सतर्क रहन आग्रह...

नयाँ राहदानी प्रणाली सञ्चालनमा, प्रारम्भिक चरणमा अत्यावश्यक परेकाले मात्र आवेदन दिन विभागको आग्रह

नयाँ राहदानी प्रणाली सञ्चालनमा, प्रारम्भिक चरणमा अत्यावश्यक परेकाले मात्र आवेदन दिन विभागको आग्रह

नयाँ राहदानी प्रणाली सञ्चालनमा, प्रारम्भिक चरणमा अत्यावश्यक परेकाले मात्र आवेदन दिन विभागको आग्रह...

विपद् सूचना तथा गुनासोका लागि अब १२३४ नम्बर सञ्चालनमा

विपद् सूचना तथा गुनासोका लागि अब १२३४ नम्बर सञ्चालनमा

विपद् सूचना तथा गुनासोका लागि अब १२३४ नम्बर सञ्चालनमा...

झ्याप्प–झ्याप्प बत्ती जाने समस्याको जरो कहाँ छ ?

झ्याप्प–झ्याप्प बत्ती जाने समस्याको जरो कहाँ छ ?

झ्याप्प–झ्याप्प बत्ती जाने समस्याको जरो कहाँ छ ?...

झ्याप्प–झ्याप्प बत्ती जानु नेतृत्व अभावको परिणाम, प्राविधिक समस्या मात्र होइन : कुलमान घिसिङ

झ्याप्प–झ्याप्प बत्ती जानु नेतृत्व अभावको परिणाम, प्राविधिक समस्या मात्र होइन : कुलमान घिसिङ

झ्याप्प–झ्याप्प बत्ती जानु नेतृत्व अभावको परिणाम, प्राविधिक समस्या मात्र होइन : कुलमान घिसिङ...

नवनियुक्त मुख्यसचिव गोविन्दबहादुर कार्कीलाई स्वागत

नवनियुक्त मुख्यसचिव गोविन्दबहादुर कार्कीलाई स्वागत

नवनियुक्त मुख्यसचिव गोविन्दबहादुर कार्कीलाई स्वागत...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्