१४ श्रावण २०८३, बिहिबार

चुनावी व्यस्तताबीच मोदीले खाए सडक किनारको ‘झालमुरी’

अ+
अ-

नयाँदिल्ली, वैशाख ६ । भारतका प्रधानमन्त्री नरेन्द्र माेदीले अत्यन्त व्यस्त चुनावी कार्यक्रमबीच पश्चिम बंगालमा सडक किनारको सामान्य पसलमा पुगेर ‘झालमुरी’ खाएको प्रसंगले रमाइलो राैनक सार्वजनिक भएकाे छ। आइतबार चार वटा चुनावी सभालाई सम्बोधन गर्ने क्रममा पश्चिम बंगालको झारग्राम पुगेका उनले स्थानीय स्वाद चाखेका हुन्।
मोदीले आफ्नो सामाजिक सञ्जालमार्फत उक्त अनुभव साझा गर्दै लेखेका छन्, “In between four rallies across West Bengal on a packed Sunday, had some delicious Jhalmuri in Jhargram.” उनले पोस्टमा स्थानीय परिकारको स्वादको प्रशंसा गरेका छन्।
सञ्जालमा सार्वजनिक भएकाे भिडियोमा मोदी सामान्य पसलमा पुगेर झालमुरी किनेर खाएका थिए। पैसा तिर्न खोज्दा पसलेले केही असहज महसुस गरेको देखिएको थियो, जसले उक्त क्षणलाई अझ रोचक बनाएको महसुस गर्न सकिन्छ ।
झालमुरी पश्चिम बंगाल तथा पूर्वी भारतमा लोकप्रिय एक सडक परिकार हो, जसमा मुरई, मसला, तरकारी र तेल मिसाएर बनाइन्छ। चुनावी माहोलबीच सर्वसाधारणसँग नजिकिन खोजेको सन्देश दिन मोदीको यो गतिविधिलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
हाल भारतमा लोकसभा चुनावको माहोल तातेको छ, र नेताहरू मतदातासँग प्रत्यक्ष सम्पर्क बढाउने रणनीतिमा सक्रिय देखिएका छन्। मोदीको यो कदम पनि त्यही सन्दर्भमा जोडेर हेरिएको छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
मन्त्रिपरिषद्को निर्णय : नौ विधेयक संघीय संसदमा दर्ता गरिने, प्राविधिक शिक्षा नियमावली स्वीकृत

मन्त्रिपरिषद्को निर्णय : नौ विधेयक संघीय संसदमा दर्ता गरिने, प्राविधिक शिक्षा नियमावली स्वीकृत

मन्त्रिपरिषद्को निर्णय : नौ विधेयक संघीय संसदमा दर्ता गरिने, प्राविधिक शिक्षा नियमावली स्वीकृत...

सरकार–चिकित्सक सम्झौताप्रति वरिष्ठ अधिवक्ता ज्याेति वानियाको आपत्ति, संविधान र उपभोक्ता अधिकारविपरीत भएको दाबी

सरकार–चिकित्सक सम्झौताप्रति वरिष्ठ अधिवक्ता ज्याेति वानियाको आपत्ति, संविधान र उपभोक्ता अधिकारविपरीत भएको दाबी

सरकार–चिकित्सक सम्झौताप्रति वरिष्ठ अधिवक्ता ज्याेति वानियाको आपत्ति, संविधान र उपभोक्ता अधिकारविपरीत भएको दाबी...

डिजिटल हिंसा नियन्त्रणका लागि कानुन बनाउन सरकारलाई राष्ट्रियसभाको निर्देशन

डिजिटल हिंसा नियन्त्रणका लागि कानुन बनाउन सरकारलाई राष्ट्रियसभाको निर्देशन

डिजिटल हिंसा नियन्त्रणका लागि कानुन बनाउन सरकारलाई राष्ट्रियसभाको निर्देशन...

सारनाथ विश्व सम्पदा सूचीमा सूचीकृत: नेपालका लागि के अर्थ राख्छ?

सारनाथ विश्व सम्पदा सूचीमा सूचीकृत: नेपालका लागि के अर्थ राख्छ?

सारनाथ विश्व सम्पदा सूचीमा सूचीकृत: नेपालका लागि के अर्थ राख्छ?...

बाल हेल्पलाइन १०९८ का कर्मचारीलाई सेवा नक्साङ्कन र सेवामा पठाउने संयन्त्रसम्बन्धी तालिम

बाल हेल्पलाइन १०९८ का कर्मचारीलाई सेवा नक्साङ्कन र सेवामा पठाउने संयन्त्रसम्बन्धी तालिम

बाल हेल्पलाइन १०९८ का कर्मचारीलाई सेवा नक्साङ्कन र सेवामा पठाउने संयन्त्रसम्बन्धी तालिम...

काठमाडौंमा अव्यवस्थित तार व्यवस्थापनको प्रगति अनुगमन, तोकिएकै समयभित्र काम सक्न निर्देशन

काठमाडौंमा अव्यवस्थित तार व्यवस्थापनको प्रगति अनुगमन, तोकिएकै समयभित्र काम सक्न निर्देशन

काठमाडौंमा अव्यवस्थित तार व्यवस्थापनको प्रगति अनुगमन, तोकिएकै समयभित्र काम सक्न निर्देशन...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्