१४ श्रावण २०८३, बिहिबार

नासाको आर्टेमिस द्वितीयको ऐतिहासिक सफलता: मानवसहित चन्द्रमाको परिक्रमा गरी पृथ्वीमा सुरक्षित फिर्ता


अ+
अ-

काठमाडौं, चैत २८ । नासाको बहुप्रतिक्षित आर्टेमिस द्वितीय मिसनले मानवलाई चन्द्रमाको वरिपरि सफलतापूर्वक घुमाएर पृथ्वीमा सुरक्षित फर्काउँदै अन्तरिक्ष अन्वेषणमा नयाँ इतिहास रचेको छ। चारजना अन्तरिक्ष यात्रीहरू नेपाली समयअनुसार शनिबार बिहान ५:५८ मा प्रशान्त महासागरमा अवतरण गरेका हुन् । उनीहरू यानमा अवतरण गर्नेवित्तिकै उनीहरूलाई लिन जहाजहरू पुगेका थिए ।
मानवसहित चन्द्रमाको कक्षामा पुगेको यो पहिलो मिसन हो, जुन अवाेलाे १७ पछि करिब पाँच दशकपछि सम्पन्न भएको हो। आर्टेमिस कार्यक्रमअन्तर्गतको यो दोस्रो मिसनले चन्द्रमामा पुनः मानव पठाउने दीर्घकालीन योजनामा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ।
यो मिसनमा चार जना अन्तरिक्ष यात्री सहभागी थिए, जसले अत्याधुनिक ओरियन स्पेशक्राफ्टमार्फत चन्द्रमाको कक्ष परिक्रमा गरेका थिए। उनीहरूले पृथ्वीबाट हजारौं किलोमिटर टाढा पुगेर चन्द्रमाको सतह नजिकैबाट अध्ययन र अवलोकन गरेका थिए।
नासाका अधिकारीहरूका अनुसार, यो मिसनले भविष्यमा चन्द्रमामा मानव अवतरण गर्ने योजना — विशेषगरी आर्टेमिश तृतीयका लागि आवश्यक प्रविधि र प्रणालीहरूको सफल परीक्षण गरेको छ। यसले मानवलाई पुनः चन्द्रमामा लैजाने र त्यसपछि मंगल ग्रहसम्मको यात्राको आधार तयार गर्ने विश्वास गरिएको छ।
मिसनको क्रममा अन्तरिक्ष यात्रीहरूले पृथ्वीको गुरुत्वाकर्षण क्षेत्रबाट बाहिर गएर गहिरो अन्तरिक्षमा यात्रा गरेका थिए, जुन आधुनिक प्रविधिको दृष्टिले महत्वपूर्ण उपलब्धि मानिएको छ। उनीहरू सुरक्षित रूपमा पृथ्वीको वायुमण्डलमा प्रवेश गरी समुद्रमा अवतरण गरेका छन्।
विज्ञहरूका अनुसार, आर्टेमिस द्वितीयले अन्तरिक्ष अन्वेषणमा नयाँ युगको सुरुवात गरेको छ, जसले मानव जातिलाई चन्द्रमा र त्यसपछिका गन्तव्यतर्फ थप नजिक लगेकाे छ ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

अन्य लेखहरू: नेवाः टाइम्स

यस लेखकका अन्य रोचक लेखहरू
मन्त्रिपरिषद्को निर्णय : नौ विधेयक संघीय संसदमा दर्ता गरिने, प्राविधिक शिक्षा नियमावली स्वीकृत

मन्त्रिपरिषद्को निर्णय : नौ विधेयक संघीय संसदमा दर्ता गरिने, प्राविधिक शिक्षा नियमावली स्वीकृत

मन्त्रिपरिषद्को निर्णय : नौ विधेयक संघीय संसदमा दर्ता गरिने, प्राविधिक शिक्षा नियमावली स्वीकृत...

सरकार–चिकित्सक सम्झौताप्रति वरिष्ठ अधिवक्ता ज्याेति वानियाको आपत्ति, संविधान र उपभोक्ता अधिकारविपरीत भएको दाबी

सरकार–चिकित्सक सम्झौताप्रति वरिष्ठ अधिवक्ता ज्याेति वानियाको आपत्ति, संविधान र उपभोक्ता अधिकारविपरीत भएको दाबी

सरकार–चिकित्सक सम्झौताप्रति वरिष्ठ अधिवक्ता ज्याेति वानियाको आपत्ति, संविधान र उपभोक्ता अधिकारविपरीत भएको दाबी...

डिजिटल हिंसा नियन्त्रणका लागि कानुन बनाउन सरकारलाई राष्ट्रियसभाको निर्देशन

डिजिटल हिंसा नियन्त्रणका लागि कानुन बनाउन सरकारलाई राष्ट्रियसभाको निर्देशन

डिजिटल हिंसा नियन्त्रणका लागि कानुन बनाउन सरकारलाई राष्ट्रियसभाको निर्देशन...

सारनाथ विश्व सम्पदा सूचीमा सूचीकृत: नेपालका लागि के अर्थ राख्छ?

सारनाथ विश्व सम्पदा सूचीमा सूचीकृत: नेपालका लागि के अर्थ राख्छ?

सारनाथ विश्व सम्पदा सूचीमा सूचीकृत: नेपालका लागि के अर्थ राख्छ?...

बाल हेल्पलाइन १०९८ का कर्मचारीलाई सेवा नक्साङ्कन र सेवामा पठाउने संयन्त्रसम्बन्धी तालिम

बाल हेल्पलाइन १०९८ का कर्मचारीलाई सेवा नक्साङ्कन र सेवामा पठाउने संयन्त्रसम्बन्धी तालिम

बाल हेल्पलाइन १०९८ का कर्मचारीलाई सेवा नक्साङ्कन र सेवामा पठाउने संयन्त्रसम्बन्धी तालिम...

काठमाडौंमा अव्यवस्थित तार व्यवस्थापनको प्रगति अनुगमन, तोकिएकै समयभित्र काम सक्न निर्देशन

काठमाडौंमा अव्यवस्थित तार व्यवस्थापनको प्रगति अनुगमन, तोकिएकै समयभित्र काम सक्न निर्देशन

काठमाडौंमा अव्यवस्थित तार व्यवस्थापनको प्रगति अनुगमन, तोकिएकै समयभित्र काम सक्न निर्देशन...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्