काठमाडौं, चैत्र २३ । नेवार आन्दोलनका एक सशक्त व्यक्तित्व विष्णु चित्रकार साथीहरुसँग मुस्ताङ भ्रमणका क्रममा सोमबार निधन भएको छ । सोमबार विहान ओछ्यानमै हृदयघात भएपछि नजिकको अस्पतालमा लगिएको भएपनि अस्पतालमा मृत घोषित गरिएको थियो । यात्रा दलमा उहाँकी श्रीमति पनि सँगै थिए ।
७६ वर्षीय चित्रकार "२२ सालको आन्दोलन"देखि नेवार क्षेत्रमा सशक्त रुपमा संघर्षरत व्यक्तित्वका रुपमा चिनिन्छन् । २०२२ साल वैशाख १ गतेदेखि रेडियो नेपालबाट नेपालभाषामा समाचार प्रसारन बन्द गरेको विरुद्ध एक वर्षसम्म संचालित विरोध कार्यक्रमलाई २२ सालको आन्दोलन’ को नामबाट चर्चित छ । विभिन्न सहर तथा गाउँघरमा नेपालभाषाप्रति सरकारको रवैयाविरुद्ध साहित्यिक आन्दोलन भएको थियो । यस आन्दोलनमा अग्रपङ्ति मा रहेर काम गर्नेहरुमध्ये एक दिवंगत चित्रकार पनि हुन् ।
नेवार भाषा, जाति तथा संस्कृतिसम्बन्धि जुनै पनि गतिविधिमा सक्रिय रहने गरेका चित्रकार नेपालभाषाको व्याकरण क्षेत्रमा लेखन पनि गर्दछन् । भाषा–व्याकरण सम्बन्धी उनका कृतिहरु पनि प्रकाशित छन् ।
अन्य लेखहरू: नेवाः टाइम्स
सर्वोच्च अदालतको स्पष्टीकरण: गोला प्रक्रिया परिवर्तनको कुनै आधिकारिक छलफल छैन
सर्वोच्च अदालतको स्पष्टीकरण: गोला प्रक्रिया परिवर्तनको कुनै आधिकारिक छलफल छैन...
स्वास्थ्य बीमा बोर्डद्वारा निजी अस्पतालका केही सेवा स्थगित
स्वास्थ्य बीमा बोर्डद्वारा निजी अस्पतालका केही सेवा स्थगित...
विदेशमा रहेका नेपालीका लागि ‘मोफा मित्र’ मोबाइल एप सार्वजनिक
विदेशमा रहेका नेपालीका लागि ‘मोफा मित्र’ मोबाइल एप सार्वजनिक...
सहकारी विभागको रोहवरमा बुद्ध दर्शन सहकारीबाट ३४ जनाको वचत रकम फिर्ता
सहकारी विभागको रोहवरमा बुद्ध दर्शन सहकारीबाट ३४ जनाको वचत रकम फिर्ता...
विभिन्न जिल्लामा हावाहुरीको चेतावनी, सतर्कता अपनाउन आग्रह
विभिन्न जिल्लामा हावाहुरीको चेतावनी, सतर्कता अपनाउन आग्रह...
Comments (1)
Write a Comment