काठमाडाैं, २१ साउन । मेलम्चीमा अाएकाे बाढी तथा त्यसकाे प्रभावका कारण भएकाे जनधनकाे क्षतिका बारेमा इसिमाेडले गरेकाे अध्ययनले थुप्रै कारणहरूमध्ये हिमताल विष्फाेटलगायत कारण हुन सक्ने अाैल्याएकाे छ । द मेलम्ची फ्लड डिजास्टरः क्यास्केडिङ हजार्ड एण्ड निड फर मल्टिहजार्ड रिस्क म्यानेजमेन्ट शिर्षककाे अध्ययन प्रतिवेदनले उक्त कुरा जनाएकाे हाे ।
रिपाेर्टअनुसार मेलम्ची बाढीका कारण१ नाेभेम्बर २००० काे भूउपग्रहबाट लिइएकाे तस्वीरमा पेमदाङ खाेलाकाे उपल्लाे भागमा दुइ हजार ७६१ वर्गमीटरकाे हिमताल देखिएकाे छ । याे समुद्र सतहबाट चार हजार ७७० मीटर उचाइमा छ । याे तालकाे निकास क्षेत्रमा ठूलाे पहिराे देखिएकाे छ । घटनाभन्दा अघि मे १२ काे तस्वीरमा याे तालकाे सतह हिउँले भरिएकाे थियाे भने केही भाग हिउँ पग्लिएकाे थियाे । तर मेलम्ची बाढीकाे घटना पश्चात २३ जुनकाे तस्वीरमा याे ताल नै देखिँदैन । यसले याे हिमताल विष्फाेट भएकाे प्रमाणित गर्छ ।
याे ताल विष्फाेटनका संभावित कारणहरूका बारेमा पनि इसिमाेडकाे अध्ययन टाेलीले केही उल्लेख गरेकाे छ । जस अनुसार त्याे क्षेत्रमा भएकाे भारी वर्षा र तापक्रममा अाएकाे फेरबदल जिम्मेवार छन् । यी दुवै जलवायु परिवर्तनका सूचक हुन् । तर याे बाढी सिंगाे यही तालका कारण मात्र हैन, यसमा धेरै फ्याक्टरहरू छन् ।
याे ठाउँमा ९ जुनबाट वर्षा भएकाे छ । उपलब्ध वेदर स्टेसनकाे तथ्यांकले १४ र १५ जुनमा प्रतिघन्टा १० मिलीमिटर वर्षा रेकर्ड गरेकाे छ । ६ दिनकाे अन्तरालमा शेर्माथाङकाे स्टेशनले २०० मिमी वर्षा रेकर्ड गरेकाे छ । याे यहाँ प्रिमनसुन अवधिमा हुने वर्षा भन्दा १२९ प्रतिशत बढी हाे । याङ्ग्रीकाे उत्तरमा रहेकाे इसिमाेडकाे अटाेमेटिक वेदर स्टेशनले घटनाकाे ४ दिन अगाडि देखाएकाे रेकर्ड अनुसार त्यहाँकाे तापक्रम अस्वभाविक रूपमा बढेकाे थियाे जसले हिमगलान प्रक्रिया तीब्र पार्न सक्छ ।
हिमालयकाे मध्य दुइ सक्रिय प्लेटमाथि अवस्थित नेपालमा २०७२ सालमा गाेरखाकाे वारपाक केन्द्र विन्दुभइ गएकाे भूकम्प तथा त्यसपछि समय समयमा गएकाे थुप्रै भूकम्प तथा पराकम्पनहरू पनि महत्वपूर्ण कारणा हुन सक्ने रिपाेर्टले अाैंल्याएकाे छ । अध्ययनअनुसार भूकम्पपछि अत्यधिक पहिराे जाने गरेकाे छ । यस्तै, वातवरणमा अाएकाे परिवर्रतन, भू क्षयिकरण, नदिकाे किनार कटान अादिजस्ता पक्षले पनि जाेखिम बढाएकाे थियाे ।