काठमाडाैं, १७ साउन । आज फेरि मेलम्चीमा आएको बाढीले २ घर बगाएको छ । बाढीले बिहान हेलम्बु र मेलम्ची जोड्ने चनौटेको रातो पुलसमेत बगाएको छ।
मेलम्ची नगरपालिकाका उपमेयर भगवती नेपालका अनुसार मेलम्चीबाट हेलम्बु जाने बाटाे अबरूद्द भएकाे छ, खाेला अत्यधिक बढेकाे छ । असार १ गते अाएकाे बाढीले गरेकाे नाेक्सानीबाट तंग्रिन नपाउँदै अाएकाे याे बाढीले हेलम्बु तथा मेलम्चीवासीलाइ निकै पीडा दिएकाे छ । उपमेयर नेपालले भनिन्, असार १ गतेकाे बाढीकाे गेग्रानले डुबाएकाे घर केहीले सफा मात्रै गरेका थिए, बाढीले फेरि घर पुर्याे, उस्तै बनायाे, धेरै जाेखिम भयाे । हेलम्बुमा धेरै क्षाति भयाे भन्ने खबर अायाे तर के कति नाेक्सान भयाे, थाहा हुन सकेकाे छैन ।
बाढीले थप २ वटा झोलुंगे पुल र ३ वटा घर डुबानमा पारेको छ। रेडियो मेलम्चीको भवनसमेत बाढीले बगाएको छ। बाढीले धान खेत कटान गरेको छ भने स्थानीय घर छाडेर सुरक्षित स्थान तर्फ जादैछन । मेलम्चीमा अाएकाे बाढीकाे मेलम्ची तथा हेलम्बु भिमाथाङकाे केही दृश्यहरूः




