Skip to content
NewaTimes
Menu
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार
  • समाज
  • महिला
  • विपद
  • संस्कृति
  • पर्यटन
  • साहित्य
  • कला
  • स्वास्थ्य
  • विश्व
Menu

नेपाल वातावरण पत्रकार समूह र काठमाडौं विश्वविद्यालयबीच सहकार्य गर्ने समझदारी

नेवाः टाइम्स
July 30, 2021July 30, 2021
FacebookTweetLinkedIn

धुलिखेल, १५ साउन । । नेपाल वातावरण पत्रकार समूह (नेवापस) र काठमाडौं विश्वविद्यालयबीच आज विश्वविद्यालयमा आयोजित समारोहमा सहकार्यसम्बन्धी सात बुॅदे समझदारी पत्रमा हस्ताक्षर भयो । समझदारी पत्रमा समूहका तर्फबाट अध्यक्ष कसमस बिश्वकर्मा र विश्वविद्यालयका तर्फबाट रजिष्ट्रार प्रा. डा. सुबोध शर्माबाट हस्ताक्षर भएको थियो ।

काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा. डा. भोला थापाको उपस्थितिमा भएको हस्ताक्षर कार्यक्रममा जानकारी गराइएअनु्सार विश्वविद्यालय र यसअन्तर्गतका संकायमा कार्यरत प्राध्यापक, विद्यार्थी तथा अनुसन्धानकर्ताहरुले गर्दै आएका अध्ययन, अनुसन्धान तथा खोजलाई सञ्चार माध्यममार्फत् आम नागरिक र नीति निर्मातासम्म पुर्याउने मुख्य लक्ष्यका साथ समझदारी भएको हो ।

समझदारी पत्रअनुसार ती अनुसन्धान तथा अध्ययनका निचोड तथा सुझावलाई व्यवहारमा कार्यान्वयन गर्ने वातावरण सिर्जना गर्न समूहले आफ्ना सञ्चार माध्यम (श्रव्यदृश्य, रेडियो, अनलाइन र छापा) मार्फत आफ्नो भूमिका निर्वाह गर्नेछ । र, विश्वविद्यालयले पनि आफुले गरिरहेका अध्ययन, अनुसन्धान तथा खोजहरु समूहलाई उपलब्ध गराउनेछ । ती सामग्रीहरु सार्वजनिक गर्दा लाग्ने आर्थिक स्रोत उपलब्ध भएसम्म विश्वविद्यालयले समूहलाई उपलब्ध गराउने छ । अन्य स्रोतहरुको पहिचान र परिचालनमा पनि सहकार्य गर्ने समझदारी भएको छ । यसैगरी वातावरण र दिगो विकासका मुद्दाहरुमा दुई संस्थाले संयुक्त रुपमा राष्ट्रिय बहसका कार्यक्रमहरु पनि गर्नेछन् ।

हस्ताक्षर कार्यक्रममा उपस्थित काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा. डा. भोला थापाले समझदारीले दुई संस्थाबीचको सहकार्यको बाटो खोलेको बताए ।

कार्यक्रममा मानविकी संकायका डिन प्रा. डा. सागरराज शर्मा, डा. सुधांसु दाहाललगायत उपस्थित पदाधिकारीहरुले सहकार्यका संभावना धेरै रहेको र समझदारी कार्यान्वयनमा आफुहरु उत्सुक रहेको बताएका थिए ।

FacebookTweetLinkedIn

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पछिल्ला पाेस्टहरू

  • बालेन शाहले नदेखेको काठमाडौं
  • आन्दोलनरत शिक्षक र सरकारबीच के के सहमति भए ? 
  • मुगुकाे गमगढी बजारमा आगलागी
  • विद्यालय शिक्षककाे अनिश्चितकालीन आन्दोलन
  • काठमाडौंका प्रअहरुद्वारा बालेनलाई टेरेनन् , विद्यालय बन्द गरी आन्दोलनमा जाने निर्णय
  • रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म द्रुत बस सेवा सञ्चालन
  • सरकार र चिकित्सक संघबीच सहमति
  • भयानक आँधीले तहस नहस बनायाे लिबिया: ११ हजारभन्दा बढीकाे मृत्युु
  • विद्यार्थीलाई भ्रष्टाचार न्यूनीकरण अभिमुखिकरण तालिम
  • बाैद्ध धर्मकाे विस्तारमा अवराेधकाे कारण खाेज्दै
  • सुर्तीजन्य पदार्थको नियन्त्रणमा सुर्ती उद्योगको हस्तक्षेप
  • माेरक्काेमा शक्तिशाली भूकम्प
  • क्रिश्चियन गाउँमा चेपाङकाे नुवाङ्गी (फाेटाे फीचर)
  • नुवाङ्गी घरमै मनाउनुपर्छ
  • नेपाल पञ्चाङ्ग निर्णायक समितिकाे प्रष्टाेक्ति
  • नेपाल वायु प्रदुषणकाे उच्च जाेखिममा
  • पैसा र पदको लागि राजनीति गरेको होइन: स्नेहलता ओनं श्रेष्ठ
  • सहभागितामूलक पुनर्लाभ दिग्दर्शनका लागि छलफल
  • चन्द्रमा बारे १० रोचक तथ्य
  • सप्तकोशी नदी चतरामा सतर्कता तह नजिक

सम्पर्क
इन्साइट पब्लिकेशन प्रा.लि.
कीर्तिपुर, काठमाडाैं,
इमेलः newatimes@yahoo.com

सम्पादक : अमिका राजथला / 9841225039
प्रकाशक : बी. एम. महर्जन

सूचना विभाग दर्ता नं. ३९७७-२०७९/८०

©2023 NewaTimes NewaTimes