Skip to content
Menu
  • गृहपृष्ठ
  • समाचार
  • विचार
  • विपद
  • पर्यटन
  • संस्कृति
  • समाज
  • महिला
  • साहित्य
Menu

काठमाडौं महानगरपालिकामा खाेप लगाइदै

नेवाः टाइम्स
July 29, 2021July 29, 2021
FacebookTweetLinkedIn

काठमाडौं, १४ साउन । काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा आज पुनः भेरोसेल खोप लगाइएकाे छ । चीनबाट ल्याइएकाे भेराेसेल खाेप ५० वर्ष र ५० वर्षभन्दा माथि उमेर भएका तर  पहिलो मात्रा खोप लगाउन छुटेकाहरुलाई आज खोप लगाउने व्यवस्था मिलाइएको काठमाडौं महानगरपालिकाले जनाएको छ । 

काठमाडौँ महानगरपालिकाका सबै ३२ वटै वडाअन्तरगतका खोप केन्द्रहरुमा भेरोसेल खोप लगाउन विहान १० बजेदेखि नै शुरू गरिएकाे थियाे । खाेप साँझ ५ बजेसम्म लगाइनेछ। यसका लागि केही खोपकेन्द्रहरुमा खोप लाउनेहरुको लामो लाइन बिहानैदेखि सुरु भइसकेको थियाे ।

विदेश जाने युवालगायत अन्य उमेर समूहका महत्वपूर्ण पेशाका व्यक्तिहरूले पनि प्राथमकिताका अाधारमा खोप पाउनेछन् । खोप लाउनका लागि नागरिकताको प्रमाणपत्र, पासपोर्ट, सवारी चालक अनुमति पत्रमध्ये जुनसुकै परिचय खुल्ने कागजपत्र लिएर जानुपर्नेछ । ती कागजात साथमा नहुनेले वडाको सिफारिश लिएर अाउन महानगरपालिकाले जनाएको छ ।

काठमाडाैं महानगरपालिकाका खाेप केन्द्रहरू ।
FacebookTweetLinkedIn

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पछिल्ला सामग्री

  • किन राेकिएन बालविवाह ?
  • मानवअधिकार रक्षाको लडाइँ र गौतम बुद्धको शिक्षा
  • गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र ‘मुंगेरीलाल की हसीन सपनेँ’
  • नेवार समाजमा छोरी
  • हानिकारक प्रशोधित खानाको लतमा नेपाली
  • एकै हैनन् नेपाल संवत् र म्हपूजा 
  • वातावरण मैत्री भनिएको वायो इनर्जीको प्रभाव नकारात्मकः प्रतिवेदन
  • सत्यमोहन जोशीसँगका सम्झना
  • रहेनन् शताब्दी पुरूष सत्यमाेहन जाेशी
  • दसैंमा पशुबलि

सम्पादक : अमिका राजथला
प्रकाशक : इन्साइट पब्लिकेशन प्रा.लि., काठमाडाैं, नेपाल
इमेलः newatimes@yahoo.com

©2023 NewaTimes