Skip to content
Menu
  • गृहपृष्ठ
  • समाचार
  • विचार
  • विपद
  • पर्यटन
  • संस्कृति
  • समाज
  • महिला
  • साहित्य
Menu

जादू देखाउने बौद्ध भिक्षु

बसन्त महर्जन
August 22, 2021September 15, 2021
FacebookTweetLinkedIn

भारतमा एक बौद्ध भिक्षु आजभोलि जादू देखाउँदै हिड्छन् । उनको पहिचान बौद्ध भिक्षु त हो नै, तर जादू देखाउने भिक्षुका रुपमा ।

गौतम बुद्धले जादू वा इन्द्रजाललाई कुनै स्थान दिएका भने छैनन् । जादू देखाउने एक दम्पतीलाई प्रव्रज्या दिई भिक्षु र भिक्षुणी बनाएको घटना भने पाइन्छ । तर त्यसपछि तिनीहरुलाई जादू देखाउन दिएनन् । बुद्ध जादूलाइर् मनाेरञ्जनकाे रूपमा लिन्छन् र भिक्षुहरूलाइर् जादूलगायत अन्य मनाेरञ्जनका गतिविधिबाट टाढा नै बस्न भन्थे ।

जादूले जस्तै मान्छेलाई विस्मीत पार्ने ऋद्धिबल प्रदर्शनी बौद्ध जगतमा पाइन्छ । बुद्ध पनि ऋद्धिबल प्रदर्शनी गर्दथे । उनका अग्रश्रावक मौद्गल्यायण त  ऋद्धिबलमा माहिर नै थिए । हावामा हिड्नु, उड्नु, तुरुन्तै अन्तर्ध्यान हुनु तथा प्रकट हुनुजस्ता अनेकौं ऋद्धिबल ध्यानीहरुलाई स्वतः प्राप्त हुने गर्दछ । तर जहाँ पायो त्यहाँ ऋद्धि प्रदर्शनी गर्दै हिड्नमा पनि बुद्धले रोक लगाएका थिए । बुद्धले विभिन्न खेलमाथि कडा रुपमा प्रतिबन्ध लगाएका थिए, त्यही प्रकृतिको जादूमाथि मात्र सकारात्मक हुने त कुरा हुँदैन । तर जादू देखाउँदै हिड्ने भन्ते बुद्धप्रकाश भन्छन्– ‘‘जादूलाई प्रयोग गरेर म ‘अन्धविश्वास भगाओ– देश बचाओं अभियानमा लागिरहेको छु ।’’

अर्थात्, जादू देखाउँदै जादूकै विरूद्ध सामाजिक जागरणमा उनी लागिरहेका छन् । याे बुद्ध वचनकाे विपरित कर्म हाेइन ।

बुद्धले आफ्ना भिक्षुहरुलाई लोक कल्याणका लागि देशदेशावरको यात्रा गर्न उत्प्रेरित गर्थे । एकै ठाउँमा बसिराख्न दिंदैनथे । स्वयं बुद्ध पनि भ्रमण गर्दै गर्थे र धर्म उपदेश दिँदै हिड्थे । उही परम्परालाई भन्ते बुद्धप्रकाश थाम्दै आएका छन् । उनले जादू देखाउँदै भारतका १५ प्रदेश घुमिसकेका छन् । स्कूल, कलेज, जेल मात्रै होइन, घुम्दै जानेक्रममा उपयुक्त समय र स्थान पायो कि उनी जादू देखाउन तम्सी हाल्छन् । टेलिभिजनमा पनि जादूको प्रदर्शन गरिसकेका छन् । उनी भारतका विभिन्न ठाउँको भ्रमण गर्दै गरेको अवस्थामा  विहारस्थित नव नालन्दा विश्वविद्यालयको नजिकै एक विहारमा मेरो उनीसँग भेट भएको थियो ।

उनी जादू देखाएर मान्छेहरुलाई अचम्म मात्रै पार्दैनन्, जादू देखाउँदा लुकाइने ‘ट्रीक’ पनि खुलाइदिन्छन् । जादू, टुनामुनाजस्ता केही पनि कुरा छँदै छैनन् र तिनीहरु त हातको सफाइ मात्रै रहको सन्देश दिएर सर्वसाधारणलाई अन्धविश्वास तथा अन्य भ्रमबाट हटाउनु नै उनको मुख्य उद्देश्य हो ।  जादूको मद्दतबाट अन्धविश्वासलाई संस्थागत गर्नेहरुको आधार नै ध्वस्त पार्न उनले यसरी जादूको भेद पनि खोल्ने गरेका हुन् । जादू देखाउँदै हिडने क्रममा उनी सामाजिक अन्धविश्वासमाथि प्रहार गर्नुका साथै बुद्ध वचनहरु पनि सुनाउँछन् ।

भन्ते जादूको प्रशिक्षण लिई अब जादू देखाउँदै हिडेका हुन् । जादू मात्रै देखाउने कि सिकाउने पनि गर्नु हुन्छ ? उनी जवाफ दिन्छन्, मेरो उद्देश्यमा सहायक हुने हो भने तिनीहरुलाई सिकाउनमा कुनै आपत्ती छैन । भन्छन्– ‘‘म जादूगर होइन, भिक्षु हुँ । मान्छेलाई जागरुक बनाएर समाजलाई डो-याउन चाहन्छु ।’’

FacebookTweetLinkedIn

1 thought on “जादू देखाउने बौद्ध भिक्षु”

  1. जीवनकुमार शाक्य says:
    September 10, 2021 at 8:29 am

    बुद्धकाे बारेमा लेख्दा सम्मानजनक शव्दहरू प्रयाेग गर्दा राम्राे हुन्थ्याे । जस्तै बुद्धले उपदेश दिनुहुँदा उदाहरण दिएर कथा पनि सुनाउनुहुन्थ्याे ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पछिल्ला सामग्री

  • किन राेकिएन बालविवाह ?
  • मानवअधिकार रक्षाको लडाइँ र गौतम बुद्धको शिक्षा
  • गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र ‘मुंगेरीलाल की हसीन सपनेँ’
  • नेवार समाजमा छोरी
  • हानिकारक प्रशोधित खानाको लतमा नेपाली
  • एकै हैनन् नेपाल संवत् र म्हपूजा 
  • वातावरण मैत्री भनिएको वायो इनर्जीको प्रभाव नकारात्मकः प्रतिवेदन
  • सत्यमोहन जोशीसँगका सम्झना
  • रहेनन् शताब्दी पुरूष सत्यमाेहन जाेशी
  • दसैंमा पशुबलि

सम्पादक : अमिका राजथला
प्रकाशक : इन्साइट पब्लिकेशन प्रा.लि., काठमाडाैं, नेपाल
इमेलः newatimes@yahoo.com

©2023 NewaTimes