Skip to content
Menu
  • गृहपृष्ठ
  • समाचार
  • विचार
  • विपद
  • पर्यटन
  • संस्कृति
  • समाज
  • महिला
  • साहित्य
Menu

सबै नेपालीलाइ खाेप उपलब्ध गराइने

नेवाः टाइम्स
July 23, 2021July 23, 2021
FacebookTweetLinkedIn

प्रधानमन्त्री शेरबहादुर देउवाले ऋण वा सापट लिएर भए पनि सबै नेपालीलाइ खाेप उपलब्ध गराउने प्रतिवद्दता व्यक्त गरे । प्रतिनिधि सभामा दलका नेताबाट बधाइ तथा शुभकामना दिने क्रममा उठाइएकाे जिज्ञासाकाे जवाफ दिने क्रममा प्रधानमन्त्रीले उक्त प्रतिवद्दता व्यक्त गरेका हुन्र । प्रधानमन्त्री देउवाले भने, “ऋण लगाएर वा सापट लिएर भए पनि जहाँ जहाँबाट पाइन्छ, जति महँगो भए पनि किनेर नेपाली जनतालाई खोप पुर्‍याउने प्रतिबद्धता गरेका छौं।” प्रधानमन्त्री देउवाले पहिलाे प्रतिनिधिसभा बैठकमा पनि अाफ्नाे पहिलाे, दाेस्राे र तेस्राे प्रतिवद्दता खाेप, खाेप, खाेप भएकाे बताएका थिए ।

बैठकमा उनले समृद्धिको राष्ट्रिय आकांक्षा पूरा गर्ने विश्वास दिलाउँदै सबै राजनीतिक दलको साथ र सहयोगबाट मुलुकको हितमा देखिने गरी काम गरिने बताए । उनले राष्ट्रपतिले बहुमत सदस्यको हस्ताक्षर बुझाउँदा पनि प्रधानमन्त्री नियुक्त नगरेको स्मरण गरे। देउवाले भने, “राष्ट्रपतिको आह्वान अनुसार, हामीले सरकार गठनका लागि बहुमत सदस्यको हस्ताक्षरसहित निवेदन दिएका थियौँ, सोही अनुसार राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गरेको भए त्यस वेला नै संसद्‌मा विश्वासको मत लिन सकिन्थ्यो, तर राष्ट्रपतिबाट त्यो भएन।”

संविधान सभाका तत्कालीन अध्यक्ष सुवासचन्द्र नेम्वाङले अदालतको फैसलाबाट दलको चुनाव चिह्न र टिकटबाट उम्मेदवार भई जितेका सांसदलाई ह्वीप नलाग्ने अवस्था आएको जिकिर गरेका थिए। उनले ‘जनादेश’ बाट नभई ‘परमादेश’ बाट प्रधानमन्त्री भएको भन्दै देउवालाई प्रश्न गरेका थिए। त्यसको जवाफ दिँदै प्रधानमन्त्री देउवाले भने, “यो संविधानमा ७६ (५) किन लेख्नुभयो भनेर सोध्नेवाला थिएँ, हिँडिसक्नुभयो।” पूर्वसभामुख समेत रहेका नेम्वाङ आफूले सोधेको जिज्ञासाको जवाफ नसुनी बैठक हलबाट निस्केर गएका थिए ।

FacebookTweetLinkedIn

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पछिल्ला सामग्री

  • किन राेकिएन बालविवाह ?
  • मानवअधिकार रक्षाको लडाइँ र गौतम बुद्धको शिक्षा
  • गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र ‘मुंगेरीलाल की हसीन सपनेँ’
  • नेवार समाजमा छोरी
  • हानिकारक प्रशोधित खानाको लतमा नेपाली
  • एकै हैनन् नेपाल संवत् र म्हपूजा 
  • वातावरण मैत्री भनिएको वायो इनर्जीको प्रभाव नकारात्मकः प्रतिवेदन
  • सत्यमोहन जोशीसँगका सम्झना
  • रहेनन् शताब्दी पुरूष सत्यमाेहन जाेशी
  • दसैंमा पशुबलि

सम्पादक : अमिका राजथला
प्रकाशक : इन्साइट पब्लिकेशन प्रा.लि., काठमाडाैं, नेपाल
इमेलः newatimes@yahoo.com

©2023 NewaTimes