Skip to content
NewaTimes
Menu
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार
  • समाज
  • महिला
  • विपद
  • संस्कृति
  • पर्यटन
  • साहित्य
  • कला
  • स्वास्थ्य
  • विश्व
Menu

सत्यसम्म पुग्ने कुनै बाटो छैन

बसन्त महर्जन
July 22, 2021July 22, 2021
FacebookTweetLinkedIn
जे. कृष्णमूर्ति

‘ट्रूथ इज अ पथलेस ल्याण्ड’ अर्थात् सत्यसम्म पुग्ने कुनै बाटो छैन । सत्यसम्म पुग्ने भनिएका विभिन्न नाउँका बाटोहरुलाई एउटा नकारात्मक जवाफ हो यो स्टेटमेन्ट । यही स्टेटमेन्टका कारण आध्यात्मिक बजारका खुँखार व्यापारीहरुले भन्न थाले– जे.कृष्णमूर्ति भन्ने त एउटा खतरनाक मान्छे हो ।

जे. कृष्णमूर्ति !

उनी एउटा हलचल हुन्, खलबल हुन् । उनका शिक्षा र सम्वन्धमा विश्वका विभिन्न प्रतिष्ठित र विशिष्टतम पत्रपत्रिकाहरुमा बेलाबेखत प्रकाशित भइराख्छन् । विशिष्ट साहित्यकार, पत्रकार, कलाकार, डाक्टर, इन्जिनियर वैज्ञानिकहरुदेखि साधारणभन्दा साधारण व्यक्तिहरुले पनि उनलाई पढिराखेका छन् । आफ्ना पुस्तक पढेर पाठकले बुझेपछि त्यो पुस्तक च्यातेर फालिदिए पनि हुन्छ भनेकाले नै होला, उनको पुस्तकका पछाडि नलाग्नेहरू यहाँ पाइन थालेका छन् ।

‘‘क्षमा गर्नु होला सज्जनवृन्द, मेरो पासपोर्ट भारतीय भए पनि म भारतीय होइन ।’’, उनले एकपल्ट भनेका थिए । प्रचलित भाषाले जे. कृष्णमूर्ति भारतको एक नागरिक हुन् । उनको जन्म भारतको मद्रास शहरमा एउटा ब्राम्हणको घरमा भएको थियो । तर उनी कुनै राष्टको नागरिकको रुपमा बाँचेनन् । उनका अनुसार राष्ट्र–राष्ट्रियता भन्ने कुरालाई मान्छेको स्वतन्त्रतामा तरागो भनिंदा केही फरक पर्दैन ।

हामी एउटा नीति, आचार, सिद्धान्त र निर्देशनमा अभ्यष्त छौं । कुनै एउटा आस्थालाई आफ्नो आधार बनाएर अर्को आस्थाप्रति अनास्थामा बृद्धि गर्नुलाई नै बुद्धिमान ठान्छौं । राम जन्मभूमि, बावरी मस्जिद भड्काउने अथावा पुनः निर्माण गर्नुमा नै गौरव मानिराखेका हामीले बुझ्नै सकिराखेका छैंनौं– यी सबै कुरा के कारणले भइराखेका हुन् ? बाबरी मस्जीद भड्काउनै पर्ने अथवा यथास्थितिमै राख्नु पर्ने किन ? यी सबै एउटा एउटा आस्थाको उपज हो । अनि आस्थाको उपज भन्ने कुरा अर्थहीन छ । यो अर्थहीन कुरा हामी देख्दैनौं । जाति, भाषा, धर्म, राष्ट्र, राष्ट्रियता, इर्ष्या, द्वेष मोह सबै अर्थहीन कुरा हो । यी कुराहरु विचार नगरी पूर्वाग्रही नभई हेर्दा अर्थहीन देखिनु र एकै पल्ट हामी परिवर्तन हुने कुरा नै उनका पुस्तकहरुको निचोड अथवा सारसंक्षेप पो हो कि भन्ने लाग्छ । उनी एक सत्यान्वेषक हुन् । सत्यान्वेषकको योग्यता बारे उनी भन्छन्– सत्यान्वेषणको निम्ति ती सबै कुराहरु अस्वीकार गर्नु पर्दछ जुन कुरा अरुले पहिल्यै भनिसकेका हुन्छन् ।

जे. कृष्णमूर्ति र तत्कालीन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धी

एउटा पापी मान्छे सन्त हुन गए ऊ एउटा भ्रमबाट अर्को भ्रममा स्थानान्रण मात्र भएको हो भन्ने जे. कृष्णमूर्तिको आँखामा चर्च, विहार, मन्दिर, मस्जिदजस्ता संगठनहरु मनोरञ्जन र सुरक्षाका अखडा मात्र हुन् । उनका अनुसार सबै ईश्वर, सबै विचारधारा आन्तरिक सुरक्षाका खोजका उपजहरु हुन् । सुरक्षाको कारण भय हो भनेर हामी सबै बुझ्छौं । त्यसैले जे कृष्णमूर्ति भन्छन्– भय एउटा आदत हो, यसबाट मुक्त हुनुपर्छ ।

प्रेमको परिभाषा धेरै भइसक्यो । सबैभन्दा बढी परिभाषित शब्द संभवतः प्रेम नै होला । यो स्वाभाविक पनि छ किनभने जानीनजानी मान्छेहरु प्रेमका निम्ति बाँचिरहेका छन् । कसैलाई प्रेमको अनुभव भएको भए उसको जीवन स्वर्णिम हुन्छ होइन भने व्याकुलता र रुघ्णतामात्रै । प्रेमका निम्ति हामी बाँचिरहेका हौं । हिजो यो प्राप्त भएन, त्यसैले आज बाँचिरह्यौं, एउटा आशा लिई । आज पनि प्राप्त भएन, तर प्राप्त हुने आशा छ, एउटा झलकको उपस्थिति छ । आज प्राप्त नभए भोलि होला कि भन्ने आशाले पनि हामीलाई जीवित राखेको हो । होइन भने कुनै जमानामा नै हामीले सामूहिक आत्महत्या गरिसक्थ्यौं होला । प्रेमका निम्ति हामीले श्रीमान श्रीमतीको साइनो बनाएका छौं । यस्तै साइनोहरुको सम्वन्ध स्थापित गरेर हामी सम्वन्धका कैदी भइराखेका छांै. । तर जे कृष्णमूर्ति भने विना स्वतन्त्रता प्रेम गर्न नसकिने कुरा गर्छन् । उनी भन्छन्– कसैले कसैलाई प्रेम दिन सक्दैन । स्वतन्त्रता एउटा त्यस्तो कुरा हो जुन त्यति बेला मात्रै उपलब्ध हुन्छ जुन बेला तपाई त्यसलाई खोजिराखेको हुन्न । त्यो त्यति बेला प्रकट हुन्छ जति बेला थाहा पाउँछ कि आफू एक बन्दी हुँ ।

बाँच्नलाई नबोली बोल्नलाई बाँच्ने जे. कृष्णमूर्तिको मृत्यु सन् १९८६ मा भएको थियो ।

लेखकका बारेमा जानकारीका लागि basantamaharjan.com.np

FacebookTweetLinkedIn

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पछिल्ला पाेस्टहरू

  • खाना पकाउने ग्यासमा अत्यधिक मूल्यवृद्धि
  • कुमारी रथयात्रा गरी येँयाः पुन्हिकाे तेस्राे दिन मनाउँदै
  • पूर्णिमा विना अक्सिजन मनास्लु हिमाल आराेहण गर्न सफल
  • सुरू भयाे येँयाः (फाेटाे फीचर)
  • सहरी विकास र व्यवस्थापन विषयमा चिनियाँ नेताहरूसँग उपमेयर सुनिताकाे कुराकानी
  • आमाको नामबाट नागरिकता लिँदा बुवाको नाम नभए पनि हुने सर्वाेच्चकाे परमादेश
  • येँयाः (इन्द्रजात्रा) काे पूर्वसन्ध्या- फाेटाे फीचर
  • बालेन शाहले नदेखेको काठमाडौं
  • आन्दोलनरत शिक्षक र सरकारबीच के के सहमति भए ? 
  • मुगुकाे गमगढी बजारमा आगलागी
  • विद्यालय शिक्षककाे अनिश्चितकालीन आन्दोलन
  • काठमाडौंका प्रअहरुद्वारा बालेनलाई टेरेनन् , विद्यालय बन्द गरी आन्दोलनमा जाने निर्णय
  • रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म द्रुत बस सेवा सञ्चालन
  • सरकार र चिकित्सक संघबीच सहमति
  • भयानक आँधीले तहस नहस बनायाे लिबिया: ११ हजारभन्दा बढीकाे मृत्युु
  • विद्यार्थीलाई भ्रष्टाचार न्यूनीकरण अभिमुखिकरण तालिम
  • बाैद्ध धर्मकाे विस्तारमा अवराेधकाे कारण खाेज्दै
  • सुर्तीजन्य पदार्थको नियन्त्रणमा सुर्ती उद्योगको हस्तक्षेप
  • माेरक्काेमा शक्तिशाली भूकम्प
  • क्रिश्चियन गाउँमा चेपाङकाे नुवाङ्गी (फाेटाे फीचर)

सम्पर्क
इन्साइट पब्लिकेशन प्रा.लि.
कीर्तिपुर, काठमाडाैं,
इमेलः newatimes@yahoo.com

सम्पादक : अमिका राजथला / 9841225039
प्रकाशक : बी. एम. महर्जन

सूचना विभाग दर्ता नं. ३९७७-२०७९/८०

©2023 NewaTimes NewaTimes