Skip to content
NewaTimes
Menu
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार
  • समाज
  • महिला
  • विपद
  • संस्कृति
  • पर्यटन
  • साहित्य
  • कला
  • स्वास्थ्य
  • विश्व
Menu

जाँचमा फेल होलान् भन्ने भन्दा धर्म नासिएला भन्ने डर

admin
July 20, 2021July 20, 2021
FacebookTweetLinkedIn

महिलामा हुने मासिक रजस्वला नेपालको सुदूरपश्चिम क्षेत्रका छात्राहरूका लागि शैक्षिक विकासमा समेत बाधक रहेको छ । रजस्वलाका बेला छात्राहरू विद्यालय नगई घरमै बस्न बाध्य हुन्छन् । राजधानीबाट करिब आठ सय किलोमिटर पश्चिममा रहेको डडेलधुरा जिल्लामा पर्ने नेपाल रेडक्रस सोसाइटी उपशाखा जोगबुढाअर्न्तर्गत समुदायको विकासमा कार्यरत लक्ष्मी जोशी पनि आफ्नो समयमा छुई (रजस्वला) हुँदा स्कूल कहिलै गइनन् तर उनी अहिले अरूलाई स्कूल जान प्रोत्साहित गर्छिन् । भन्छिन्- ‘छुई भएको बेलामा स्कूल जाँदा ‘सर’ हरूले केही नभने पनि घरसमाजबाट गाली पाइन्छ भन्ने डर हुन्थ्यो । त्यसैले छुई हुँदाको चार दिन पढाइ छुट्थ्यो र प्रत्येक महिना चार दिन पढाइ छुट्नु भनेको धेरै गम्भीर कुरा हो ।’

उमेर पुगेका किशोरीहरूमा रजस्वला हुनु स्वाभाविक र प्राकृतिक प्रक्रिया हो । तर, पश्चिम नेपालमा भने सामाजिक अन्धविश्वासका कारण यो महिलाका लागि अभिशाप नै भएको छ । स्थानीय भाषामा रजस्वला हुनुलाई छाउ वा छुई भनिन्छ र यस्तो बेला उनीहरूलाई अलग्गै राखिन्छ । यसलाई स्थानीय भाषामा ‘छाउपडी’ बस्ने भनिन्छ । छुई हुँदा महिलाले कसैलाई छुन हुन्न, छोएको खण्डमा देवता रिसाउँछन् र अनिष्ट हुन्छ भन्ने मान्यताले जरा गाडेको छ । यस्तो अवस्थामा महिलाहरू समाजबाट अपहेलित नै हुन्छन् भन्दा पनि हुन्छ । डडेलधुरामा जस्तै डोटीमा पनि पनि छुई हुँदाको अवस्था महिलाहरूका लागि निकै पीडादायी हुने गरेको उनीहरू बताउँछन् । त्यहाँ घरभन्दा अलि पर सानो छाप्रो बनाएर छुई भएकाहरूलाई राख्ने गरिन्छ । यसरी घरभन्दा टाढा राख्ने चलन डडेलधुरा, बैतडी, बझाङजस्ता क्षेत्रहरूमा कम हुँदै गइरहेको भए पनि डोटीबाट बसाइँ सरेर आएका डोटेलीहरूमा बढी रहेको स्थानीय बासिन्दाहरू बताउँछन् । पश्चिम नेपालका ती दर्गम जिल्लाहरूका प्रायः घरहरू दुईतल्ले हुन्छन् र माथिल्लो तलामा मानिसहरू र भुइँ तल्लामा गाईवस्तु बस्ने गर्दछन् । छुई भएको बेला महिलालाई गाईवस्तुसँगै भुइँ तल्लामा राख्ने चलन अद्यापि कायमै छ । पछिल्ला वर्षरूमा घरदेखि टाढा अलग्गै झुपडी नबनाई महिलाहरूलाई घरकै भुइँ तलामा बस्न दिइन्छ जसलाई स्थानीय बुद्धिजीवीहरू सामाजिक सुधार भन्न मन पराउँछन् । सामान्य अवस्थामा भन्दा विशेष हेरचाह गरिनुपर्ने अवस्थामा शारीरिक र मानसिक रूपमा स्वास्थ्यलाई प्रतिकूल प्रभाव पर्नेगरी वर्षादेखि चल्दै आएको छाउपडी प्रथा मूलतः सामाजिक तथा धार्मिक अन्धविश्वासमा आधारित छ । तर, यो प्रथाको मूल्य-मान्यता के हो र कुन देवता रिसाउँछन् भन्ने स्पष्ट जवाफ र वैज्ञानिक कारणहरू यसका अनुयायीहरूसँग पनि छैन । परम्परादेखि चल्दै आएको भन्दै त्यसलाई आज्ञाकारी भई निभाउँदै आइरहेको भन्नेबाहेक र्सवसाधारणसँग जवाफ पनि पाइँदैन ।

‘छुई हुँदा लाज हुन्छ, अनि कसरी स्कुल जाने त- ‘एउटी छात्रा अबोध प्रश्न गर्छिन् । सामाजिक परिचालिका लक्ष्मी जोशी भन्छिन्- ‘छुई हुँदा लाज हुने व्यक्तिगत कुरा हो । यद्यपि घरपरिवारका सदस्यहरूमा छात्राहरूलाई छुई भएको बेला स्कुल पठाउनु त कताकता किताबकापीहरूसम्म पनि छुन दिनुहुँदैन भन्ने मान्यता कायम नै छ । यही मान्यता नै छात्राहरूको शैक्षिक विकासका लागि तगारो बन्दै आएको छ ।’

बझाङ जिल्लाको सुनकुडास्थित उच्चमाध्यामिक विद्यालयका प्रधानाध्यापक इन्द्रबहादुर मल्ल छुई भएका बेलामा पनि छात्राहरू स्कुलमा निर्धक्क आउन सक्ने र विद्यालयबाट यसमा कुनै अवरोध नहुने बताउँछन् । ‘तर समस्या के हो भने उनीहरू स्कुल नै आइदिँदैनन् ।’ उनी भन्छन्- ‘यदि कुनै छात्रा चार दिनसम्म स्कुल आएनन् भने शिक्षकहरूले ती छात्रा छुई भएका कारणले स्कुल नआएको बुझ्छन् तर यससम्बन्धमा कोही केही भन्दैनन् । छुई हुँदा छुट्ने पढाइका कारण पनि अन्य विद्यार्थीहरूका तुलनामा छात्राहरूको पढाइ कमजोर हुने गरेको पाइन्छ ।’

छोरीलाई पनि स्कुल पठाउनुपर्छ भन्ने सन्देश सुदूरपश्चिममा पनि रामै्रसँग पुगेको छ । सुनकुडा उच्चमावि बझाङका ३ सय ७९ विद्यार्थीमध्ये छात्राको संख्या १ सय १३ रहेको छ । तर, सोही विद्यालयको उच्चशिक्षा हासिल गर्ने छात्राको संख्या भने निकै कम भएको तथ्यांकले देखाउँछ । कक्षा चढ्दै गएपछि छात्राको संख्यामा ओरालो लाग्ने अनुभव प्रधानाध्यापक मल्लको छ । उनका अनुसार वरिपरिका अन्य विद्यालयहरूमा पनि यही स्थिति रहेको छ ।

दुई-चार कक्षा भए पनि पढाएर छोरीको आँखा उघारिदिइहाल्यौं, यति भए भइहाल्यो नि त भन्ने सोचाइ अभिभावकहरूमा रहेको पाइन्छ । उनीहरूको यस सोचाइले पनि उच्चशिक्षामा महिलाहरूको पहुँच न्यून छ । आमाहरू शिक्षित नभएका कारण छात्रछात्रा छुई भएको बेला अनेकौं शारीरिक र मानसिक पीडा खेप्न बाध्य हुन्छन् । छाउपडी प्रथाकै कारण छात्राहरूको पढाइमा प्रतिकूल असर परेको सहजै अनुमान गर्न सकिन्छ ।

तुलनात्मक रूपमा शहरीकरण भएको ठाउँमा छाउपडीको समस्या छैन । जनयुद्धका नाममा सक्रिय भूमिगत राजनीतिक पार्ट नेकपा (माओवादी) का कारण पनि सुदूरपश्चिमका दुर्गम बस्तीहरूमा सुधार आएको दाबी माओवादी कार्यकर्ताहरूको छ । माओवादीका कार्यकर्ताहरूले सामाजिक अन्धविश्वास र महिलामाथि हुने गरेको भेदभावका विरुद्ध अभियान सञ्चालन गरेपछि यसमा विस्तारै सुधार हुँदै गएको बझाङ जिल्लाको इलाका नम्बर ५ की इन्चार्ज शारदा बताउँछिन् । उनका अनुसार महिला वर्गमा हुने गरेको छाउप्रथा, दाइजो प्रथा, जारी प्रथाहरूको उन्मूलनमा महिला मोर्चा सक्रिय रहेको छ । उनी भन्छिन्- ‘सदियौंदेखि समाजमा जरा गाडेको कुसंस्कारलाई एकैबाजी हटाउँछौं भन्दैमा हटाउन सकिने कुरा होइन, यस्ता कुरा जनताले विस्तारै बुझ्छन् तर छाउपडीका लागि घरबाट अलि टाढा अलग्गै झुपडी बनाएर राख्ने मान्यतालाई हामीले कडाइका साथ रोकिरहेका छौं, यसरी नै छात्राहरूलाई छुई भएको बेलामा पनि स्कुल पठाउनका लागि छात्रा तथा अभिभावकहरूलाई प्रोत्साहन गर्दै आएका छौं ।’

तर र्छर्ुइ भएको बेला कसैलाई छुन नहुने, छोइयो भने अनिष्ट हुनेजस्तो कुराहरू सामाजिक अन्धविश्वास भएको र यसमा वैज्ञानिकता कत्ति पनि नभएको सर्न्दर्भ गाउँमा बूढाबूढीहरूलाई बोध हुन सकेको देखिँदैन । उनीहरूमा अन्धविश्वास कतिसम्म छ भन्ने प्रसंगमा समुदाय परिचालक लक्ष्मी जोशीको कुरा घतलाग्दो छ । उनी भन्छिन्- “छुई भएको बेलामा छोरीलाई स्कुल नपठाउँदा जाँचमा फेल होलान् भन्नेभन्दा पनि धर्म नासिएला र पाप लाग्ने कुराको बढी डर अभिभावकमा हुन्छ । यही डर नै सुदूरपश्चिमका छात्राहरूका लागि अभिशाप बनेको छ ।”

(सञ्चारिका लेखमाला/सञ्चारिका समूहका लागि बसन्त महर्जन र कृष्ण अधिकारी द्वारा स्थलगत भ्रमण गरी तयार पारिएकाे अालेख)

FacebookTweetLinkedIn

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पछिल्ला पाेस्टहरू

  • खाना पकाउने ग्यासमा अत्यधिक मूल्यवृद्धि
  • कुमारी रथयात्रा गरी येँयाः पुन्हिकाे तेस्राे दिन मनाउँदै
  • पूर्णिमा विना अक्सिजन मनास्लु हिमाल आराेहण गर्न सफल
  • सुरू भयाे येँयाः (फाेटाे फीचर)
  • सहरी विकास र व्यवस्थापन विषयमा चिनियाँ नेताहरूसँग उपमेयर सुनिताकाे कुराकानी
  • आमाको नामबाट नागरिकता लिँदा बुवाको नाम नभए पनि हुने सर्वाेच्चकाे परमादेश
  • येँयाः (इन्द्रजात्रा) काे पूर्वसन्ध्या- फाेटाे फीचर
  • बालेन शाहले नदेखेको काठमाडौं
  • आन्दोलनरत शिक्षक र सरकारबीच के के सहमति भए ? 
  • मुगुकाे गमगढी बजारमा आगलागी
  • विद्यालय शिक्षककाे अनिश्चितकालीन आन्दोलन
  • काठमाडौंका प्रअहरुद्वारा बालेनलाई टेरेनन् , विद्यालय बन्द गरी आन्दोलनमा जाने निर्णय
  • रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म द्रुत बस सेवा सञ्चालन
  • सरकार र चिकित्सक संघबीच सहमति
  • भयानक आँधीले तहस नहस बनायाे लिबिया: ११ हजारभन्दा बढीकाे मृत्युु
  • विद्यार्थीलाई भ्रष्टाचार न्यूनीकरण अभिमुखिकरण तालिम
  • बाैद्ध धर्मकाे विस्तारमा अवराेधकाे कारण खाेज्दै
  • सुर्तीजन्य पदार्थको नियन्त्रणमा सुर्ती उद्योगको हस्तक्षेप
  • माेरक्काेमा शक्तिशाली भूकम्प
  • क्रिश्चियन गाउँमा चेपाङकाे नुवाङ्गी (फाेटाे फीचर)

सम्पर्क
इन्साइट पब्लिकेशन प्रा.लि.
कीर्तिपुर, काठमाडाैं,
इमेलः newatimes@yahoo.com

सम्पादक : अमिका राजथला / 9841225039
प्रकाशक : बी. एम. महर्जन

सूचना विभाग दर्ता नं. ३९७७-२०७९/८०

©2023 NewaTimes NewaTimes