Skip to content
NewaTimes
Menu
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार
  • समाज
  • महिला
  • विपद
  • संस्कृति
  • पर्यटन
  • साहित्य
  • कला
  • स्वास्थ्य
  • विश्व
Menu

रुकुमको कमल दह

बसन्त महर्जन
July 20, 2021May 24, 2023
FacebookTweetLinkedIn
बसन्त महर्जन

रुकुमलाई ‘बाउन्न पोखरी त्रिपन्न टाकुराको जिल्ला’ पनि भनिन्छ । तर कुन हिसावले त्यसो भनिएको बुझिन्न । जिल्लामा पोखरीको सङ्ख्या बाउन्नभन्दा बढी नै होला र टाकुरा पनि त्रिपन्नभन्दा बढी नै । ताललाई पोखरी भनेको हो कि ? कमल दह, छिम्पी दह, स्यार्पु ताल, सम्पे ताल, गुप्ता दह, पुपाल दह तथा सुन दह आदि प्रख्यात छ । त्यसमा पनि कमल दह अग्रपंक्तिमा पर्दछ ।

जिल्ला सदरमुकाम मुसिकोट खलङ्गादेखि १८ कोस टाढा बाउनठाडा भन्ने ठाउँमा रहेको कमल दह अति मनोरम्य र सुन्दर शान्त ठाउँ हो । दहको बीचैमा एउटा सानो मन्दिरको पनि निर्माण गरिएको छ । कमल दह रहेको क्षेत्रलाई रुकुमकोट पनि भनिन्छ । सदरमुकाम मुसिकोटमा सारिनु अघि रुकुमकोट नै सदरमुकाम थियो र गुलजार पनि । जसै सदरमुकाम सारियो, रुकुमकोट स्याप्पै सुक्यो । उति बेलाका सम्झना दिलाउने संरचनाहरू अझै पनि नभएका होइनन् तर ‘बिहे पछिको मण्डप’ जस्तै भएको छ, अथवा भनौं, एकादेशको एउटा शहरमा अचानक राक्षसहरूले भताभुङ्ग पारेर छाडेको जस्तो ।

तर कमल दहको प्राकृतिक सुन्दरताले भने यो ठाउँलाई ज्युँत्युँ ज्यान जोगाइराखेको जस्तो महसूस हुन्छ । हाल १.९५ वर्ग किलोमीटर क्षेत्रफलमा फैलिएको कमल दह कुनै बेला आजको भन्दाबढी क्षेत्रफलमा रहेको बताइन्छ । दहको भू–सतह हेर्दा त्यस्तो नहोला भन्न पनि सकिन्न । दह कति गहिरो छ भन्ने सम्बन्धमा भने नाप्ने काम भएको छैन । एक पल्ट यसको गहिराई नाप्ने काम गर्दा अनिष्ट भएको थियो रे । त्यसपछि नाप्ने हिम्मत कसैले नगरेको बुझिन्छ । दहको पानी घट्दा माथि उठेको केही भाग जमीन अहिले चौरमा परिणत भएको छ ।

रुकुमकोट पर्यटकहरूका लागि एउटा गन्तव्य पनि हो । यही दह हेर्न र मनोरञ्जन लिनकै लागि पनि मान्छेहरू यहाँ पुग्ने गर्दछन् ।

पूर्व पश्चिम लाम्चिएको र उत्तरमा पाखा रहेको यो दृश्य हेर्दै एकान्तताको अनुभूति गर्न पाइन्छ । यस क्षेत्रमा यो एउटै मात्र आकर्षणको थलो होइन । कमल दहबाट केही तल जाने हो भने छिम्पि दह आउँछ तर यो अलि सानो दह हो । दहको किनारैमा एउटा बजारकै विकास भएको छ । यस्तै वरिपरि अनेकौं ऐतिहासिक तथा साँस्कृतिक सम्पदाहरू पनि त्यहाँ रहेका छन् ।

मगर समुदायको बाहुल्य रहेको यस जिल्लामा रुकुमकाटे त अनेकौं जातजातिको संगमस्थल नै भन्दा हुन्छ । खाम मगरहरूको सामाजिक तथा साँस्कृतिक जीवन हेर्न उपयुक्त स्थलहरू यस रुकुमकोटभन्दा नजिक नजिकका गाउँहरू हुन् । रुकुमकोट र यस वरिपरिका अनेक स्थलहरूलाई समेटेर यात्रा गर्ने हो भने यात्राका अनेकौं गन्तव्यहरूमा एउटा यो पनि हुनेमा शंका छैन ।

दहमा नुहाउँदा पाप पनि पखालिन्छ भन्ने विश्वासले डोल्पा, जाजरकोट, बाग्लुङ, पर्वत, दाङ, सल्यानलगायतका जिल्लाबाट पनि मान्छेहरू आउने गरेका छन् । माघे संक्रान्तीमा त तीर्थयात्रीहरूको भीड नै लाग्ने गर्दछ । यस पोखरीमा नुहाए कुष्ट रोगको पनि निदान हुन सक्ने कुरामा विश्वास र आस्था मात्र नभई वैज्ञानिकता पनि निहित हुनसक्ने आधारहरू नभएका चाहिं होइनन् तर कुष्ट रोगबाट को कति मुक्त भए त भन्ने सम्वन्धमा ठोस जवाफ पाइन्न । सुन्दर र अनुपम यस दहसँग किम्बदन्तीहरू पनि जोडिएका छन् ।

दहको नामै कमल दह, यहाँ प्रसस्त मात्रामा कमल फुल्दछन् । नेपाल भरमा सबैभन्दा राम्रो कमलको फूल यहीं पाइन्छ भन्ने धारणा यस क्षेत्रका वासिन्दाहरूको छ । कमलको जरा स्थानीय वासिन्दाले अचारको रुपमा प्रयोग गर्ने गर्छन् भने गेडा कमलपित्तका लागि औषधिका रुपमा प्रयोग हुने गरेको पाइन्छ । आयुर्वेदीय महत्वले पनि पोखरी महत्वपूर्ण छ ।

लेखकका बारेमा जानकारीका लागि : basantamaharjan.com.np

FacebookTweetLinkedIn

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पछिल्ला पाेस्टहरू

  • बालेन शाहले नदेखेको काठमाडौं
  • आन्दोलनरत शिक्षक र सरकारबीच के के सहमति भए ? 
  • मुगुकाे गमगढी बजारमा आगलागी
  • विद्यालय शिक्षककाे अनिश्चितकालीन आन्दोलन
  • काठमाडौंका प्रअहरुद्वारा बालेनलाई टेरेनन् , विद्यालय बन्द गरी आन्दोलनमा जाने निर्णय
  • रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म द्रुत बस सेवा सञ्चालन
  • सरकार र चिकित्सक संघबीच सहमति
  • भयानक आँधीले तहस नहस बनायाे लिबिया: ११ हजारभन्दा बढीकाे मृत्युु
  • विद्यार्थीलाई भ्रष्टाचार न्यूनीकरण अभिमुखिकरण तालिम
  • बाैद्ध धर्मकाे विस्तारमा अवराेधकाे कारण खाेज्दै
  • सुर्तीजन्य पदार्थको नियन्त्रणमा सुर्ती उद्योगको हस्तक्षेप
  • माेरक्काेमा शक्तिशाली भूकम्प
  • क्रिश्चियन गाउँमा चेपाङकाे नुवाङ्गी (फाेटाे फीचर)
  • नुवाङ्गी घरमै मनाउनुपर्छ
  • नेपाल पञ्चाङ्ग निर्णायक समितिकाे प्रष्टाेक्ति
  • नेपाल वायु प्रदुषणकाे उच्च जाेखिममा
  • पैसा र पदको लागि राजनीति गरेको होइन: स्नेहलता ओनं श्रेष्ठ
  • सहभागितामूलक पुनर्लाभ दिग्दर्शनका लागि छलफल
  • चन्द्रमा बारे १० रोचक तथ्य
  • सप्तकोशी नदी चतरामा सतर्कता तह नजिक

सम्पर्क
इन्साइट पब्लिकेशन प्रा.लि.
कीर्तिपुर, काठमाडाैं,
इमेलः newatimes@yahoo.com

सम्पादक : अमिका राजथला / 9841225039
प्रकाशक : बी. एम. महर्जन

सूचना विभाग दर्ता नं. ३९७७-२०७९/८०

©2023 NewaTimes NewaTimes