Skip to content
NewaTimes
Menu
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार
  • समाज
  • महिला
  • विपद
  • संस्कृति
  • पर्यटन
  • साहित्य
  • कला
  • स्वास्थ्य
  • विश्व
Menu

प्रधानमन्त्री देउवालाइ विश्वासकाे मत प्राप्त

नेवाः टाइम्स
July 18, 2021July 18, 2021
FacebookTweetLinkedIn

काठमाडाैं, ३ साउन । प्रधानमन्त्री शेर बहादुर देउवाले प्रतिनिधि सभामा भएका सांसदकाे बहुमतबाट विश्वासको मत प्राप्त गरेका छन् । बैठकमा प्रधानमन्त्री देउवाकाे पक्षमा १६५ मत र विपक्षमा ८३ मत परेकाे थियाे भने दिन्न भन्नेमा एक मत परेकाे थियाे । अाज बैठकमा उपस्थित हुने जम्मा सांसदहरूकाे संख्या दुइ सय ४९ जना थिए ।

प्रधानमन्त्री शेर बहादुर देउवाले प्रतिनिधि सभामा नेपालकाे संविधानकाे धारा ७६काे उपधारा ६ बमाेजिम विश्वासकाे मत दिन अाब्हान गरेका थिए । प्रधानमन्त्री देउवाले संसदबाट एक महिनाभित्र विश्वासकाे मत लिइसक्नु् पर्ने भए पनि अवस्था सकारात्मक देखिएपछि आजै प्रकृयामा गएकाे थियाे ।

प्रधानमन्त्री शेर बहादुर देउवालाइ नेकपा माआेवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमाेर्चा पार्टीबाट विश्वासथाकाे मत प्राप्त भएकाे थियाे । विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी अाेली पक्षीय अाठ जनासहित माधव नेपाल पक्षधर गरी २२ सांसदले पनि बिश्वासकाे मत दीएकाे थियाे । पार्टी निर्णयविपरित यसरी बिश्वासकाे मत दिने सांसदहरूमा
माधवकुमार नेपाल, विरोध खतिवडा, कल्याणी खड्का, जीवनराम श्रेष्ठ, पार्वती विशुंखे, मेटमणि चौधरी, भवानी खापुङ, निरादेवी जैरु, मुकुन्द न्यौपाने, कलिला खातुन, हिरा केसी, कृष्णकुमार श्रेष्ठ किसान, गोपाल बम, सविना हुसेन, कृष्णलाल महर्जन, प्रेमबहादुर आले, धनबहादुर बुढा, विना बुढाथोकी, सरला यादव, पुष्पाकुमारी कर्ण, लक्ष्मी चौधरी र रामकुमारी झाँक्री हुन् ।

सर्वोच्च अदालतको आदेशबाट दोस्रो पटक संसद पुनःस्थापना भएपछि प्रतिनिधिसभाको आठौं अधिवेशनकाे बैठक अाज बसेकाे थियाे । बैठक दिउँसो ४ बजेपछि संसद् भवन नयाँ बानेश्वरमा सुरु भएको थियाे । 

संसद विघटनविरुद्धको रिटमा सर्वोच्च अदालतले असार २८ गते प्रतिनिधिसभा पुनःस्थापना गरेको थियाे । अदालतको परमादेशअनुसार असार २९ गते प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरबहादुर देउवा नियुक्त भएका थिए ।

FacebookTweetLinkedIn

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पछिल्ला पाेस्टहरू

  • खाना पकाउने ग्यासमा अत्यधिक मूल्यवृद्धि
  • कुमारी रथयात्रा गरी येँयाः पुन्हिकाे तेस्राे दिन मनाउँदै
  • पूर्णिमा विना अक्सिजन मनास्लु हिमाल आराेहण गर्न सफल
  • सुरू भयाे येँयाः (फाेटाे फीचर)
  • सहरी विकास र व्यवस्थापन विषयमा चिनियाँ नेताहरूसँग उपमेयर सुनिताकाे कुराकानी
  • आमाको नामबाट नागरिकता लिँदा बुवाको नाम नभए पनि हुने सर्वाेच्चकाे परमादेश
  • येँयाः (इन्द्रजात्रा) काे पूर्वसन्ध्या- फाेटाे फीचर
  • बालेन शाहले नदेखेको काठमाडौं
  • आन्दोलनरत शिक्षक र सरकारबीच के के सहमति भए ? 
  • मुगुकाे गमगढी बजारमा आगलागी
  • विद्यालय शिक्षककाे अनिश्चितकालीन आन्दोलन
  • काठमाडौंका प्रअहरुद्वारा बालेनलाई टेरेनन् , विद्यालय बन्द गरी आन्दोलनमा जाने निर्णय
  • रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म द्रुत बस सेवा सञ्चालन
  • सरकार र चिकित्सक संघबीच सहमति
  • भयानक आँधीले तहस नहस बनायाे लिबिया: ११ हजारभन्दा बढीकाे मृत्युु
  • विद्यार्थीलाई भ्रष्टाचार न्यूनीकरण अभिमुखिकरण तालिम
  • बाैद्ध धर्मकाे विस्तारमा अवराेधकाे कारण खाेज्दै
  • सुर्तीजन्य पदार्थको नियन्त्रणमा सुर्ती उद्योगको हस्तक्षेप
  • माेरक्काेमा शक्तिशाली भूकम्प
  • क्रिश्चियन गाउँमा चेपाङकाे नुवाङ्गी (फाेटाे फीचर)

सम्पर्क
इन्साइट पब्लिकेशन प्रा.लि.
कीर्तिपुर, काठमाडाैं,
इमेलः newatimes@yahoo.com

सम्पादक : अमिका राजथला / 9841225039
प्रकाशक : बी. एम. महर्जन

सूचना विभाग दर्ता नं. ३९७७-२०७९/८०

©2023 NewaTimes NewaTimes